अर्थ

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौ, २८ भदौ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । आज शेयर कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । […]

२०७५ भाद्र २८ गते, बिहीबार

जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृतसहित ९ जना समातिए

काठमाडौं,२७ भदौ । प्रहरीले बूढानीलकन्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित ९ जनालाई मंगलबार पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जनाकारी दिए […]

२०७५ भाद्र २७ गते, बुधबार

चिया कारखानाका मजदुर आन्दोलनमा

काठमाडौं , २४ भदौ । सरकारले निर्धारण गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग राख्दै धनकुटामा चिया मजदुर आन्दोलित भएका छन् । उनीहरु निस्कासित मजदुरको पुनर्वहाली, श्रम ऐन कार्यान्वयन तथा सरकारले निर्धारण गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् । चिया बगानमा ठेक्का प्रणालीबाट चिया टिप्ने कामको जिम्मेवारी दिएपछि टि स्टेट संचालकले ७० मजदूर कटौति गरेको थियो […]

२०७५ भाद्र २४ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

काठमाडौं , २१ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा घाटा चुलिंदै गएको भन्दै नियमले मूल्य वृद्धि गरेको हो । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ । मूल्य […]

२०७५ भाद्र २१ गते, बिहीबार

नापीका कर्मचारी घुससहित पक्राउ

काठमाडौं, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ गरेको छ । लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताए […]

२०७५ भाद्र १९ गते, मंगलवार

राँके बजारमा आगलागी, २ करोड बराबरको क्षति

काठमाडौं , १८ भदौ । इलामको राँके बजारमा गएराति भएको आगलागीमा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा देउमाई नगरपालिका–१ का ठालुमान श्रेष्ठको ३ तल्ले घर पूर्ण रूपमा नष्ट हुँदा करिब १ करोड ९८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राति ९ बजेतिर लागेको आगोले श्रेष्ठको घर, घरमा राखिएका सामानसहित […]

२०७५ भाद्र १८ गते, सोमबार

शेयर बजार तीन अङ्कले घट्यो

काठमाडौं, १० भदौ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार आज पनि घटेको छ । निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक आज २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु छ […]

२०७५ भाद्र १० गते, आईतवार

वाइडबडी बिमान खरिद प्रकरणमा छानविन

काठमाडौँ , ७ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी खरिद प्रकरणमा भएको आर्थिक अनियमितताको छानविन सुरु गरेको छ । आयोगले निगमले खरिद गरेको जहाजको सम्पूर्ण विवरण उल्लेख गरेको फाइल झिकाएर अनुसन्धान सुरु गरेको हो । जहाज खरिदमा बिचौलियासँगको मिलिभगतमा एकलौटी सम्झौता गरिएको बारे निरन्तर प्रश्न उठेपछि अख्तियार आफैले जहाज […]

२०७५ भाद्र ७ गते, बिहीबार

हवाई दुर्घटना बिमा रकम आठ गुणाले बढ्दै

काठमाडौं , ६ भदौ । पछिल्लो समय विमान दुर्घटन बढ्दै गएकाले हवाई दुर्घटनाका पीडित परिवारले बिमाबापत पाउने रकम ८ गुणाले बढ्ने भएको छ । नागरिक उड्डयनसम्बन्धी महत्त्वपूर्ण अन्तराष्ट्रिय मोन्ट्रियल महासन्धीलाई नेपालले अब चाँडै अनुमोदन गर्न भएपछि विमान दुर्घटना बिम पनि बढ्न लागेको हो । हवाई परिवहन विषयक नियमहरू एकिकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त […]

२०७५ भाद्र ६ गते, बुधबार

सप्तकोशी डुबानमा परेको ३ हजार ६ सय विघा जमिन अझै बाँझो

काठमाडौं , ५ भदौ । सप्तकोशीको उच्चबाध फुटेको एक दशक वितेको छ । २०६५ भाद्र २ गते आएको बाढीका कारण सुनसरीका ७ हजार ५ सय ६३ घरपरिवार प्रभावित भएका थिए । डुबानमा परेको तीन हजार ६ सय बिघा जमिन अझै बाँझो कै अवस्थामा रहेको छ । कोशीमा आएको बाढीका कारण उर्वरभूमि खण्डहरमा परिणत भएको स्थानमा […]

२०७५ भाद्र ५ गते, मंगलवार