अर्थ

अनलाइन नेटवर्किङ व्यापारको नाममा ठग्ने विदेशी पक्राउ

काठमाडौं, १२ चैत । अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न […]

२०७४ चैत्र १२ गते, सोमबार

अर्बौका गाडी अलपत्र

काठमाडौं ,११ चैत । प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन् । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत गर्न नसक्दा अर्बौं मूल्यका गाडी प्रतिदिन बिग्रँदै र थन्किँदै गएका हुन् । सिंहदरबारभित्र विभिन्न मन्त्रालयनजिक तथा सिंहदरबारभित्रकै ग्यारेजमा गरी तीन सयभन्दा बढी […]

२०७४ चैत्र ११ गते, आईतवार

गभर्नरकै संरक्षणमा राष्ट्र बैंकमा लुकाइएको थियो फाइल

काठमाडौं, ९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो । तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंक बन्नुअघि नै अनियमितताको जग बसिसकेको थियो […]

२०७४ चैत्र ९ गते, शुक्रबार

नारायणगढ–मुग्लिन सडक निर्माण मिति थपियो

काठमाडौं, ८ चैत । नारायणगढ–मुग्लिन सडकखन्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भएपनि तीन महिनामात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिलो खन्डलाई १० मे, दोस्रो […]

२०७४ चैत्र ८ गते, बिहीबार

१४ महिनादेखि तलव नपाए पनि काम गर्ने सरकारी कर्मचारी !

काठमाडौं, ८ चैत । तलव नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँ होलान् ? यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार विभाग ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । […]

२०७४ चैत्र ८ गते, बिहीबार

छोराको विवाह गर्दा ३५ लाख जरिवाना !

काठमाडौं,६ चैत । कसका बुबा आमाले सोचेको हुन्छ, छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर ! तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता […]

२०७४ चैत्र ६ गते, मंगलवार

महानगरको काम – भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई करोड झ्वाम

काठमाण्डाै , ५ चैत । काठमाडाैं महानगरपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई वर्षमै करिब दुई करोड रुपैयाँ सकिएको छ । व्यवस्थापनका नाममा ठूलो रकम खर्च भए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो । पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई वर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन […]

२०७४ चैत्र ५ गते, सोमबार

सुनसरीमा भिषण आगलागी,लाखौको नोक्सानी

काठमाडौं, ४ चैत । सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको […]

२०७४ चैत्र ४ गते, आईतवार

एनसीसी बैंकमा सीआइबीको छापा

काठमाडौं, २ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी)को केन्द्रीय कार्यालय कमलादीमा छापा मारेको छ । बैंक मर्ज हुँदा घोटाला भएको आशंकामा सीआइबीले छापा मारेको हो । बैंकको बोर्ड बैठक बसिरहेका बेला प्रहरीको टोलीले छापा मारेर १३ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तत्कालीन एपेक्स […]

२०७४ चैत्र २ गते, शुक्रबार

इन्धन चोर्न नपाउँदा ट्यांकर चालक हड्तालमा

काठमाडौं, २ चैत । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफल बनाउन ट्यांकरचालक हड्तालमा उत्रिएका छन् । बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निगमले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याएपछि त्यसको विरोध गर्दै पूर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलियम पदार्थ ढुवानी रोकेर हडतालमा उत्रिएका हुन् । ट्यांकरचालकले इन्धन चुहावट रोक्ने […]

२०७४ चैत्र २ गते, शुक्रबार