अर्थ

जलविद्युत् आयोजनाको अनुमतिपत्रमा डेढ अर्ब फस्यो

काठमाडौ, १० साउन । निजी क्षेत्रका प्रवद्र्धकले जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स)का लागि राखेको धरौटी रकम सरकारले फिर्ता नगर्दा उनीहरूको एक अर्ब ४७ करोड रुपैयाँ फसेको छ। महालेखा नियन्त्रक कार्यालयले एक वर्ष बितेपछि फिर्ता नलिएका धरौटी स्वतः सदर स्याहा (राजस्वमा दाखिला हुने) पत्राचार गरेपछि ऊर्जा मन्त्रालयले यस्तो रकम फिर्ता गर्न सकेको छैन। विद्युत् विकास विभागका अनुसार […]

२०७४ श्रावण १० गते, मंगलवार

प्रत्येक नेपालीलाई २४ हजार राष्ट्रिय ऋण

काठमाडौ, ९ साउन । प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा सरकारका नाममा ६४ अर्ब २२ करोड ऋण थपिएको छ । अघिल्लो आव ०७२/७३ सम्म सरकारको कुल (वैदेशिक/आन्तरिक) ऋण ६ खर्ब २७ अर्ब ८० करोड थियो । यसमा ६४ अर्ब २२ करोड थपिएस“गै सरकारको कुल […]

२०७४ श्रावण ९ गते, सोमबार

पाँच अर्बको हस्तकलाका सामान निर्यात

काठमाडौं, ८ साउन । नेपाल हस्तकला महासंघका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा रु चार अर्ब ८० करोड मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ । नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री , ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका […]

२०७४ श्रावण ८ गते, आईतवार

अंक नै केरमेट गरेर कर मिनाहा !

काठमाडौं, ८ साउन । कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो । स्रोतले उपलब्ध गराएको विवरणअनुसार आयोगको रजिस्ट्ररमा दर्ता र चलानीको […]

२०७४ श्रावण ८ गते, आईतवार

६ लाख ३९ हजार सवारी साधन कारबाहीमा

काठमाडौं, ६ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ३९ हजार ६११ सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, हर्न निषेध पालना नगर्ने र जेब्रा क्रसिङमा पैदलयात्रुलाई नटेर्ने लगायतका शीर्षकमा उक्त सवारी साधनमाथि कारबाही गरेको हो । […]

२०७४ श्रावण ६ गते, शुक्रबार

हातले टेकेर परिवार पाल्दै !

काठमाडौं, ४ साउन । पोलियो रोगका कारण दुवै खुट्टा कामै नलाग्ने भएपछि मोरङ मङ्गलबारेका पुष्पबहादुर बोहोरा (५७) का जीवनमा कहिल्यै खुशीका दिन आएनन् । सबैथोकको भर हात भएपछि हात टेकेर हिँड्नुपर्ने उहाँको बाध्यता छ । चौध वर्षको उमेरमा पोलियो रोग लागेपछि उहाँ दुवै खुट्टाले अपांग हुनुभयो । उपचारका लागि उत्तिबेलै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान […]

२०७४ श्रावण ४ गते, बुधबार

भूकम्प प्रभावितलाई कुहिएको खाद्यान्न

काठमाडौं, ३ साउन । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न (दाल र चामल) वितरणका लागि पुर्‍याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न […]

२०७४ श्रावण ३ गते, मंगलवार

कामपाको बजेट १० अर्ब ७८ करोड

काठमाडौं, १ साउन । काठमाडौं महानगरका लागि रु १० अर्ब ७८ करोडको बजेट स्वीकृत गरिएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४/७५ का लागि आर्थिक विधेयकबाट रु १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ । संक्षिप्त विवरणअनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु दुई […]

२०७४ श्रावण १ गते, आईतवार

ठूलाबडाको बैंक खाता निगरानीमा

काठमाडौ, ३१ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरुका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ । केन्द्रिय बैंकले सम्पत्ति ससद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो। राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंकहरूले ग्राहकको रेटिङ गराउनुपर्नेछ। राष्ट्र बैंकको निर्देशनमा विद्युतीय माध्यमबाट कारोबार गर्ने, उच्च […]

२०७४ असार ३१ गते, शनिबार

आगलागीवाट सात करोडको नोक्सानी

काठमाण्डौ , ३० असार । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत […]

२०७४ असार ३० गते, शुक्रबार