अर्थ

विद्युत चोर पक्राउ

काठमाडाैं, १४ बैशाख । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, […]

२०७४ बैशाख १४ गते, बिहीबार

पुनर्निर्माण प्राधिकरण ३० अर्ब रुपैयाँ मन्त्रालयमा फिर्ता पठाउने तयारीमा

काठमाडौं, १४ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च गर्न नसक्ने भएकाले उक्त रकम फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार एक खर्ब नौ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये […]

२०७४ बैशाख १४ गते, बिहीबार

भक्तपुरमा साझा बस चलाउन अवरोध

काठमाडौं, ८ वैशाख । साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै विभागमा पत्राचार गरेको थियो । अनुमति लिएर नयाँ वर्षको अवसर पारी वैशाख १ गतेदेखि कोटेश्वरसम्म चल्ने साझा यातायात भक्तपुरमा गुडाउने योजना थियो […]

२०७४ बैशाख ८ गते, शुक्रबार

मुसहरलाई जग्गा दर्ता राजस्वमा छुट

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकलेले महोत्तरीको बर्दिवासमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको छ । यसैगरी बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका लागि स्वीकृती दिएको छ । बैठकले यूरोपियन यूनियनलाई जग्गा खरिदका लागि अनुमति दिने निर्णय पनि गरेको छ । यस्तै नेपाली सेनाका […]

२०७४ बैशाख ७ गते, बिहीबार

स्वास्थ्य मन्त्रालयद्वारा एक खर्ब सात अर्ब माग

काठमाडौं, ७ वैशाख । स्वास्थ्य मन्त्रालयले सात वर्षमा देशभरका सबै स्वास्थ्य संस्था निर्माणका लागि रु एक खर्ब सात अर्ब माग गरेको छ । मन्त्रालयले सातवर्षे ‘एकीकृत स्वास्थ्य पूर्वाधार परियोजना’अन्तर्गत् सेवाका आधारमा अस्पतालको वर्गीकरण हुनुपर्ने व्यवस्था बसाल्न उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको विकास गर्न उक्त रकम आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयमा मंगलबार प्रस्ताव पेस गरेको हो […]

२०७४ बैशाख ७ गते, बिहीबार

बाँसका मुढा निर्यात हुन छाड्यो

काठमाडौं, ६ बैशाख । धादिङ जिल्ला कारागर धादिङमा उत्पादित बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किएका छन् । सडक नहुँदा एक वर्षदेखि मुढा चीन निर्यात हुन नसकेको हो । सडक चलेका अवस्थामा प्रतिवर्ष ४० देखि ५० लाखसम्म बाँसका मुढा र डाइनिङ्ग टेबलका सेट चिनियाँ बजारमा निर्यात हुँदै आएको थियो । सरकारी सुविधाले आफूहरुलाई दैनिकी […]

२०७४ बैशाख ६ गते, बुधबार

जिरीखिम्ती-मोराहाङ सडकको स्तरोन्नति सुरु

काठमाडौं, ५ बैशाख । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडक स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि ट्रयाक खोलिए पनि सडकको नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती ब्यहोरिरहेका थिए । आउँदो भदौभित्रै काम सक्ने गरी सडक डिभिजन कार्यालय धनकुटाले कञ्चनजंघा, पाण्डुकेशर र वाईपीआर निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ । निर्वाचन क्षेत्र […]

२०७४ बैशाख ५ गते, मंगलवार

भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु

काठमाडौं, ४ वैशाख । चितवन जिल्लाका साविक तीन गाविसमा भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु गरिएको छ । चितवनको साविक गाविस सिद्धी, दारेचोक र लोथरका एक हजार ८४९ जना भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु भएको जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए । उनका अनुसार सिद्धीमा २९४, लोथरमा ४४० र दारेचोकमा एक हजार […]

२०७४ बैशाख ४ गते, सोमबार

‘तस्करलाई किरा परोस्’

काठमाडौ ३ वैशाख । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आइतबार चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा सङ्घसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्‍याली निकालेका हुन् । यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली हानेर मारी खागसमेत […]

२०७४ बैशाख ३ गते, आईतवार

भूकम्प पीडितले दोस्रो किस्ता लिन अझै एक हप्ता कुर्नुपर्ने

काठमाडौं,२ वैशाख । धादिङका भूकम्प पीडितले सरकारले दिएको अनुदानस्वरुपको दोस्रो किस्ता रकम पाउन अझै एक हप्ता कुर्नुपर्ने भएको छ । अनुदान वितरणमा अझै एक हप्ता लाग्ने जिल्ला समन्वय समिति धादिङले जनाएको हो । पहिलो किस्ता लिएर घर निर्माण शुरु गरेका भूकम्प पीडितहरुले प्राविधिक अभावका कारण प्रक्रिया पूरा गर्न नपाउँदा दोस्रो किस्ता लिन नसकेका हुन् । […]

२०७४ बैशाख २ गते, शनिबार