मनाङ एयरको हेलिकप्टरमा क्षति
काठमाडौं , २७ जेठ । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । ६ जना यात्रु बोकेको उक्त हेलिकप्टरको टेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् । […]
२०७४ जेष्ठ २७ गते, शनिबार