नयाँ शक्तिद्वारा एनसेल बहिस्कार गर्ने चेतावनी
काठमाडौं, ५ वैशाख । नयाँ शक्ति नेपालले एनसेल बहिस्कार गर्ने चेतावनी दिएको छ । आज ठूला करदाता कार्यालय हरिहर भवनका प्रमुख कार्यकारी कर अधिकृत शोभाकान्त पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै नयाँ शक्तिले यस्तो चेतावनी दिएको हो । एनसेल स्वामित्व हस्तान्तरणका क्रममा भएको कर छलीप्रति चासो दिँदै कानुनबमोजिम कर नतिरेमा देशव्यापीरुपमा ‘एनसेल’ बहिस्कार गर्ने चेतावनी दिएको हो । […]
२०७३ बैशाख ५ गते, आईतवार