मंगलवार १६ बैशाख २०८२
काठमाडौं, १८ जेठ । उत्तरी रसुवाको धमन र टिमुरे गाविसमा निमार्णाधीन जलविद्युत् आयोजनामा रु पचास करोडभन्दा बढीको क्षति भएको छ । भूकम्पका कारण एक सय ११ मेगावाट क्षमताको सो आयोजनाको सडक तथा उपकरणमा क्षति पुगेको छ । आयोजना प्रमुख नागेन्द्र ज्ञवालीका अनुसार क्षतिको पूर्ण मूल्याङ्कन गर्न बाँकी नै रहेको छ । आयोजनाको सुरुङभित्रको भाग सुरक्षित […]
२०७२ जेष्ठ १८ गते, सोमबारकाठमाडौं । माथिल्लो तामाकोसी आयोजनाको सेयर बाँडफाँट यसै साता हुने भएको छ । वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका शक्तिशाली पराकम्पनका कारण बाँडफाँटको काम निर्धारित समयभन्दा करिब एक साता पर सरेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । यसअघि आयोजनाको सेयर बाँडफाँट बुधबारसम्म हुने बताएको थियो । मुलुकमा विपत्ति आएका कारण उक्त समयभित्र […]
२०७२ जेष्ठ १७ गते, आईतवारकाठमाडौँ, १७ जेठ । भूगोल केन्द्र नेपालका अध्यक्ष प्रा रामकुमार पाँडेले नेपाली संस्कृति र पहिचानमा विकृति नआउने गरी राष्ट्रिय पुनःनिर्माणमा जोड दिनुभएको छ । “हतारमा हैन, राम्ररी अध्ययन गरी नेपालको पुरानो स्वरुप कायम राख्नुपर्छ, साथै नेपाल भूकम्पको जोखिम क्षेत्र पनि भएकाले नयाँ प्रविधि पनि अँगाल्नुपर्छ” रासससँग आज बिहान कुरा गर्दै उहाँले सुझाव दिनुभयो । नेपाली […]
२०७२ जेष्ठ १७ गते, आईतवारकाठमाडौं, १६ जेठ । मध्यपुरथिमि नगरपालिका– १७ नमुना बस्ती गठ्ठाघरमा चारवटा पसलमा एकैसाथ आगलागी भएको छ । गठ्ठाघर स्थित डेरी पसलमा आज बिहान ग्यास लिक भएर आगलागी भएको हो । गठ्ठाघरबाट सानोथिमि जाने सडकमै रहेको दानबहादुर जिसीको टहरामा राखिएको आठवटा पसलमध्ये आगलागीबाट चार वटा पसलमा क्षति भएको छ । आगलागीबाट टङ्कप्रसाद पराजुलीको डेरी पसल, दीपेन्द्र […]
२०७२ जेष्ठ १६ गते, शनिबारकाठमाडौँ । भूकम्पका कारण ग्राहक नआएपछि म्याग्दीका जङ्गलमा पाइने र स्थानीयले सङ्कलन गरी बिक्री वितरणका लागि तयारी अवस्थामा राखेको करोडौँ मूल्य बराबरको जडीबुटी अलपत्र परेको छ । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा यस वर्ष रु २० करोड मूल्य बराबरको जडीबुटी तयारी अवस्थामा रहेको छ । नेपालमा पाइने २१८ प्रजातिका जडीबुटीमध्ये म्याग्दीका जङ्गलमा १५७ प्रजातिका जडीबुटी […]
२०७२ जेष्ठ १६ गते, शनिबारकाठमाडौँ, १५ जेठ । माथिल्लो मादी जलविद्युत् आयोजनाको काम एक वर्षभित्र सकिने भएको छ ।कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताइएको छ । सन् २०१६ को मे महिनाभित्र काम सम्पन्न हुने आयोजनाका संयोजक रामराज कोइरालाले जानकारी दिए । वैशाख […]
२०७२ जेष्ठ १५ गते, शुक्रबारकाठमाडौँ, १४ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घको रिक्त अध्यक्ष पदको निर्वाचन आगामी असार १८ गते हुने भएको छ । महासङ्घ कार्यकारिणी समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले रोटरी क्लब इन्टरनेशनलसँगको सहकार्यमा भूकम्पबाट प्रभावित १४ जिल्लाका प्राथमिक विद्यालय भवन पुनःनिर्माण गर्न महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई संयोजनको जिम्मेवारी दिएको छ । […]
२०७२ जेष्ठ १४ गते, बिहीबारकाठमाडौं, १३ जेठ । जिल्ला विकास समिति जाजरकोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले मङ्गलबार बेलुकी छापा मारेको छ । विभिन्न सञ्चार माध्यममा जिविसमा आर्थिक अनियमितताको खबर सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट आएको टोलीले जिविसमा छापा मारेको हो । टोलीले स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले जनसहभागिताको नाममा […]
२०७२ जेष्ठ १३ गते, बुधबारकाठमाडौँ, ११ जेठ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला हुने क्रम जारी छ ।उक्त कोषमा जम्मा हुने गरी आज विभिन्न बैंक तथा वित्तीय संस्थाले राहत रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।यसैक्रममा प्राइम कमर्सियल बैंकले कोषमा रु ५० लाख प्रदान गरेको छ । बैंकका अध्यक्ष सभासद् उमेश श्रेष्ठ र प्रमुख कार्यकारी […]
२०७२ जेष्ठ ११ गते, सोमबार