अर्थ

सबै पेट्रोल पम्पहरुबाट इन्धन दिइदै

काठमाडौ, २९ माघ। नेपाल आयल निगमले काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पहरुबाट इन्धन वितरण गर्ने भएको छ । निगमले आजदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल वितरण गर्ने जनाएको छ । वीरगञ्ज नाका खुलेपछि पहिलो पटक आपूर्ति मन्त्रालयमा सरोकारवालाहरुको बैठक बसेको थियो । बैठकले आपूर्ति सहज भएको निष्कर्ष निकाल्दै आजदेखि […]

२०७२ माघ २९ गते, शुक्रबार

सुन ताेलाकाे ५४ हजार

काठमाडौं , २६ माघ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आज सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार तोलाको ८ सय रुपैयाँले महंगिएको सुन सोमबार ३ सय रुपैयाँले सस्तिएको थियो । हिजो सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको […]

२०७२ माघ २६ गते, मंगलवार

प्रणय दिवसका लागि एक लाख गुलाफ ल्याइँदै

काठमाडौं, २५ माघ । फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले प्रणय दिवसको लागि भारतबाट एक लाख वटा गुलाफको फूल आयात गरिने बताएका छन । उनले भारतवाट आयात गर्न लागिएको एक लाख फूलको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँ पर्ने बताए । अंग्रजी महिनाको फेबु्रअरी १४ तारीखको दिन प्रेमी पे्रमीकाले उपहारको रुपमा रातो गुलाफ आदान प्रदान गर्ने […]

२०७२ माघ २५ गते, सोमबार

अमेरिकाको भन्सार छुटले नेपाली तयारी पोसाक उद्योगलाई फाइदा

काठमाडौं, २४ माघ । हालसालै अमेरिकी सिनेट र काँग्रेस दुवै सदनबाट नेपाली तयारी पोसाकलाई कर छुटका रूपमा स्वीकृति प्रदान गर्ने विधेयक पारित भई राष्ट्रपति ओबामासमक्ष हस्ताक्षरका लागि पुगेपश्चात् नेपालको तयारी पोसाक व्यवसाय पहिलेको भन्दा राम्रो अवस्थामा पुग्ने सम्भावना देखिएको छ । हाल प्रस्तावित विधेयक राष्ट्रपतिले हस्ताक्षर गरेको ३० दिनपश्चात् लागू हुनेछ । यो विधेयक लागू […]

२०७२ माघ २४ गते, आईतवार

‘बोधिचित्त’ हिरा जत्तिकै महँगो

काठमाडौँ । बोधिचित्त बिशेष गरी काभ्रेको तिमाल क्षेत्रमा पाइन्छ । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । ‘बोधिचित्त’ छ्याक्रयाक्क परेको रूखमा फाल्ने ससना दानाहरु मूल्यवान हुने गर्दछ । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा बिक्री हुन्छ । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच बढ्दो छ । बोधिचित्त बौद्ध […]

२०७२ माघ २३ गते, शनिबार

वीरगन्जमा निर्वाध रुपमा गाडीहरु चल्न थाले

काठमाडौ, २३ माघ । १३५ दिनदेखि अवरुद्ध वीरगन्जको रक्सौल नाका खुलेपछि गाडीहरु निर्वाध चलन थालेका छन् । नाकामा धर्नामा बस्ने मधेसी मोर्चाका कार्यकर्ताको संख्या कम भएको समयमा स्थानीय व्यापारीहरु पुगेर धर्नास्थलमा टाँगिएका टेन्टमा आगो लगाईदिएपछि नाकाको अवरोध हटेको हो । हिजो अघोषित रुपमामै नाका खुलेपनि आज घोषित बनाउने मोर्चाको तयारी छ । नेपाल भारत आउजाउ […]

२०७२ माघ २३ गते, शनिबार

केरुङसम्म रेल ल्याउँदै चीन

काठमाडौं, २३ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतको सन् २०१६ को नीति तथा कार्यक्रममा सिगोत्से आइपुगेको रेलमार्गलाई नेपाल—चीन सीमा क्षेत्र केरुङसम्म विस्तार गर्ने योजना विशेष प्राथमिकतामा राखिएको छ । अब उक्त रेलमार्ग नेपाल–चीन सीमानाका रसुवागढी नजिक पर्ने केरुङसम्म विस्तार हुनेछ । नेपालले प्रस्ताव गरेमा चिनियाँ रेललाई काठमाडौंसम्म विस्तार गर्न चिनियाँ पक्ष तयार देखिन्छ । अब […]

२०७२ माघ २३ गते, शनिबार

पम्पबाट पेट्रोल चोरी गर्ने प्रहरीको फन्दामा

काठमाडौं, २२ माघ । मायाराम भोलाराम पेट्रोल पम्पबाट वितरण गर्नका लागि स्टकमा राखिएको पेट्रोल चोर्नेहरु प्रहरीको फन्दामा परेका छन । काठमाडौंको त्रिपुरेश्वरमा रहेको मायाराम भोलाराम पेट्रोल पम्पबाट आज बिहान साढे ३ बजे ड्रममा खनाएर अन्तै लान खोज्दा उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो । पेट्रोल चोरी गर्दा गर्दै सोहि पम्पमा कार्यरत तिन जना कर्मचारी पक्राउ परेको […]

२०७२ माघ २२ गते, शुक्रबार

रक्सौल नाका खुल्यो

काठमाडौं, २२ माघ । बन्द भएको एक सय ३५ दिन पछि रक्सौल नाका खुलेको छ । आज दिउँसोदेखि वीरगञ्जको मितेरी पुल भएर साना सवारी साधन चल्न थालेका हुन् । गएको असोज ७ गतेदेखि रक्सौल नाका ठप्प थियो । यो नाकामा असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएपछि त्यसको बिरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका […]

२०७२ माघ २२ गते, शुक्रबार

३१ देखि ४५ लटसम्मका मोटरसाइकललाई पेट्रोल दिइदै

काठमाडौँ , २२ माघ । नेपाल आयल निगमले आज ३१ देखि ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पाँच लिटरका दरले पेट्रोल बिक्री गर्दैछ । निगमले काठमाडौं उपत्यका र काभ्रेका विभिन्न ५१ वटा पम्पबाट शुक्रबार बिहान ९ बजेदेखि पेट्रोल बिक्री गर्न थालेको जनाएको छ । नविकरण गरिएको ब्लु बुकसहित लट नम्बरका आधारमा तोकिएका मध्ये आफूलाई पायक पर्ने […]

२०७२ माघ २२ गते, शुक्रबार