अर्थ

आन्तरिक उडानको भाडा घट्यो

काठमाडौ, ५ फागुन । आयल निगमले हवाई इन्धनको आन्तरिक उडान तर्फको मूल्यमा प्रति लिटर ५५ रुपैयाँ घटाउँदै १ सय ९ रुपैयाँमा झारेपछि निजी विमान कम्पनीहरुले बिहिबारदेखि लागू हुनेगरी आन्तरिक हवाई रुटमा भाडा घटाएका छन् । आन्तरिक विमानहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौंबाट सिधा उडान हुने रुटमा कम्तीमा २१ सय देखि ६ सय रुपैयाँसम्म भाडा […]

२०७२ फाल्गुन ५ गते, बुधबार

कालोबजारी नियन्त्रणको लागि विशेष अनुगमन सुरु

काठमाडौ, ५ फागुन । सरकारले कालोबजारी नियन्त्रणको लागि विशेष अनुगमन सुरु गरेको छ । उपभोक्ताको गुनासो बढ्दै गएपछि सरकारले सो कदम चालेको हो । बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेका अनुसार विभागले तालिम लिएका १ सय ८० जना अनुगमनकर्तालाई काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा खटाइएकोछ । यसरी खटिएका अनुगमनकर्ता सादा पोशाकमा वा आफै […]

२०७२ फाल्गुन ५ गते, बुधबार

औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुदै

काठमाडौ, ४ फागुन । आजदेखि ‘२७ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा उद्यमी पुरस्कार’ प्रदर्शनी हुँदैछ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा हुने सो प्रदर्शनी भृकुटीमण्डपमा हुनेछ । प्रदर्शनी ६ दिनसम्म चल्ने समितिले जनाएको छ । प्रदर्शनीमा उत्पादनको प्रवर्द्धन गर्नुका साथै उद्यमी–उद्यमीबीच समेत स्वच्छ प्रतिस्पर्धा गराक्ष्ने तयारी […]

२०७२ फाल्गुन ४ गते, मंगलवार

बुधबारदेखि पूरा सिलिण्डर ग्याँस पाईने

काठमाडौ, ३ फागुन । ग्याँस व्यवसायीहरुले बुधबारदेखि पुरा सिलिण्डर ग्याँस भर्ने तयारी गरेका छन् । उद्योगीले बुधबारबाट पूरा सिलिण्डर ग्यास भर्ने तयारी गरेको नेपाल एलपी ग्यास संघले जानकारी दिएको छ । मन्त्रालयले उद्योगीले भर्दै आएको आधा सिलिण्डरबाट पूरा अर्थात् १४.२ किलो भर्न निर्देशन दिन मंगलबार छलफल राखेको ग्याँस उद्योग व्यवसायीहरुले जानकारी दिएका छन् । यो […]

२०७२ फाल्गुन ३ गते, सोमबार

माग अनुसार इन्धन वितरण गर्ने तयारी

काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले उपभोक्तालाई लाइनमा नराखीकनै माग अनुसार इन्धन वितरण गर्ने तयारी भइरहेको बताएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेले अब बिस्तारै आयात बढ्न थालेकाले यही हप्ताभित्र पेट्रोल र डिजेलको वितरण सहज हुने बताए । तोकिएको पम्पबाट समेत इन्धन भर्न नपाएको उपभोक्ताले गुनासो गरिरहँदा निगमले अवस्था सहज बनाउने प्रयास भइरहेको बताएको […]

२०७२ फाल्गुन ३ गते, सोमबार

डा. भक्तमानलाई भ्रष्टाचारको मुद्दा

काठमाडौँ, २ फागुन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध पदमा बहाल रहँदा पदीय जिम्मेवारीको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले अस्पतालमा सेवा प्रवेश गरेदेखि नै भ्रष्टाचार गरेको अख्तियारको ठहर छ […]

२०७२ फाल्गुन २ गते, आईतवार

बजार कालोबजारीकै कब्जामा

काठमाडौ, २ फागुन । भारत, बरौनी डिपोबाट माघमा मात्र जोगबनी नाका हुँदै ८ सय ६१ ट्यांकर डिजेल, २ सय ६७ ट्यांकर पेट्रोल र २ सय ८ बुलेट ग्यास भित्रिएको छ। त्यही अबधिमा विराट पेट्रोलले पनि जोगबनी नाकाबाट १२ ट्यांकर पेट्रोल आयात गरेको छ। तर बजारमा भने पेट्रोलियम पदार्थको हाहाकार कायमै छ। किन? व्यवसायी भन्छन्–बजार कालोबजारीकै […]

२०७२ फाल्गुन २ गते, आईतवार

तुरुन्त डेपुटी गभर्नर नियुक्ति गर : बैंकर्स संघ

काठमाडौँ, २९ माघ । नेपाल बैंकर्स संघले तत्काल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति गर्न सरकारसँग माग गरेको छ । वाणिज्य बैंकहरूको छाता संगठन बैंकर्स संघले गत पुस ९ गतेदेखि रिक्त रहेका राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरको नियुक्त अझै हुन नक्दा बैंकिङ क्षेत्र प्रभावित भएको भन्दै तत्काल डेपुटी गभर्नर नियुक्त गर्न माग गरेको हो । ‘रिक्त […]

२०७२ माघ २९ गते, शुक्रबार

सुन तोलाको ५५ हजार ५ सय

काठमाडौं , २९ माघ । । आज सुनको मुल्य १ हजारले बढेर तोलाको ५५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बिहीबार तोलाको ५ सयले बढेर ५४ हजार ५ सयम रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ हजारले बढेर किनबेच भएको हो । शुक्रबार तेजावी सुन प्रतितोला ५५ हजार २ सय ५० […]

२०७२ माघ २९ गते, शुक्रबार

नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

काठमाडौं, २८ माघ । चितवनको नारायणगढ-मुग्लिन खण्ड आजदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजे बन्द गरिने बताइएको छ । सडक बिस्तार भैरहेकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडीहरु मुग्लिन र जुगेडीमा रोकिने भएका छन । ‘दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने भएकाले आजदेखि हरेक दिन ४ घण्टा […]

२०७२ माघ २८ गते, बिहीबार