अर्थ

चेम्बर एक्स्पो सुरु

काठमाडौँ, २३ पुस । नेपाल चेम्बर अफ कमर्शले मित्रराष्ट्र दक्षिण कोरियाको साथ लिएर ‘नेपाल चेम्बर एक्स्पो–२०७२’ को भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको छ । नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध कायम भएको ४२ वर्ष पुगेको उपलक्ष्यमा चेम्बरले कोरियालाई एक्स्पोको साझेदार राष्ट्र बनाएको हो । अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको सो एक्स्पो पाँच दिनसम्म सञ्चालनमा आउने आयोजकले […]

२०७२ पुष २३ गते, बिहीबार

आज ७ देखि १० लटसम्मका कार/जीपलाई पेट्रोल

काठमाडौं, २३ पुस । आज ७ देखि १० लटसम्मका कार/जीपलाई पेट्रोल दिने नेपाल आयल निगमले जनाएको छ । बुधबार १ देखि ६ लटसम्मका कार तथा जीपलाई काठमाडौंका विभिन्न पम्पबाट पेट्रोल बिक्री गरेको निगमले शुक्रबार ७ देखि १० लटसम्मका कार तथा जीपलाई पेट्रोल बिक्री गर्नेछ । शुक्रबार काठमाडौं उपत्यकाका ४५ वटा पम्पबाट पेट्रोल बिक्री गर्ने निगमले […]

२०७२ पुष २३ गते, बिहीबार

प्रचण्डले २७ अर्ब भ्रष्टाचार गरेका छन् : श्रेष्ठ

काठमाडौैँ, २२ पुस । एकीकृत माओवादीका पूर्व नेता गंगानारायण श्रेष्ठले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका छन् । माओवादी जनसेनाको सुविधा कटौती गरी उक्त रकम भ्रष्टाचार गरेको आरोप श्रेष्ठले लगाएका हुन । नयाँ शक्ति निर्माण अभियानमा जुटेका उनले सिन्धुलीमा पत्रकारहरुसँग पार्टीभित्रको भ्रष्टाचारको छानबीन गर्न प्रचण्डले नै रोकेको आरोप पनि लगाए […]

२०७२ पुष २२ गते, बुधबार

आर्थिक पुनरुद्धार कोषको घोषणा

काठमाडौं, २२ पुस । हिजो बसेको मन्त्रिपरिषद बैठकले आपूर्ति व्यवस्थामा अवरोध र भूकम्पलगायतका कारण प्रभावित व्यवसायीलाई ऋण सहयोग गर्न एक खर्ब बराबरको आर्थिक पुनरुद्धार कोष घोषणा गरेको छ । बैठकले स्थापना गरेको कोषबाट नाकाबन्दीलगायत कारण समस्यामा परेका व्यवसायीहरुलाई सरकारले सहुलियतमा ऋण दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारको वार्षिक बजेट, श्वेतपत्र र राष्ट्र बैंकले […]

२०७२ पुष २२ गते, बुधबार

साठी लाखभन्दा कमका योजना उपभोक्ता समितिमार्फत

काठमाडौँ, २१ पुस । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पर्यटनसम्बन्धी रु ६० लाखभन्दा घटीका योजना सञ्चालन गर्दा पर्यटन कार्यालयमार्फत उपभोक्ता समितिअन्तर्गत मात्र गर्ने व्यवस्था मिलाउन पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रायलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले पर्यटन प्रवद्र्धनसम्बन्धी ठूला र रणनीतिक महत्वका रु ६० लाखभन्दा माथिका आयोजना पर्यटन विभागलाई सिधै सञ्चालन […]

२०७२ पुष २१ गते, मंगलवार

भारतले रोक्यो चिनियाँ कन्टेनर

काठमाडौ, २१ पुस । भारतले रक्सौलबाहेकका नाकाबाट पेट्रोलियम लगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने विभिन्न बाहनामा सीमा क्षेत्रमै रोकेको छ । सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन् ।व्यापारीहरुका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको […]

२०७२ पुष २१ गते, मंगलवार

सुन तस्करले उन्मुक्ति पाए

काठमाडौँ, १९ पुस । नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागबीच फरक–फरक अनुसन्धान प्रक्रिया अगाडि बढ्दा सुन तस्करीमा सङ्लग्नहरु कारबाहीमा पर्न नसकेको तथ्य फेला परेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले व्यवस्थापिका–संसद् मातहतको सार्वजनिक लेखा समितिमा प्रस्तुत गरेको विवरणका आधारमा सो तथ्य फेला परेको हो । नेपाल सुन तस्करीको ट्रान्जिट भइरहेको र त्यसलाई नियन्त्रण गर्न […]

२०७२ पुष १९ गते, आईतवार

फेरि लोडसेडिङ बढ्यो

काठमाडौ, २० पुस । नेपाल विद्युत प्राधिकरणले आजदेखि फेरि लोडसेडिङ बढाएको छ । दैनिक १३ घण्टासम्म विद्युत कटौती गर्ने गरी प्राधिकरणले आजबाट नयाँ तालिका लागू भएको हो । यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुँदै आएकोमा नयाँ तालिका अनुसार अब सातामा ८० घण्टासम्म विद्युत कटौती हुनेछ । नयाँ तालिका अनुसार दैनिक ८ देखि १४ घण्टासम्म […]

२०७२ पुष २० गते, सोमबार

कसले रोक्ने विद्युत् प्राधिकरणको मनपरी

काठमाडौं, १९ पुस । नेपाल विद्युत् प्राधिकरणले पटक–पटक ट्रान्सफर्मर र कन्डक्टर मर्मत गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको उपभोक्ताहरुको गुनासो छ । प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर समयमा मर्मत नगरिदिँदा राजधानीका दर्जनभन्दा बढी स्थानमा लामो बिध्युत सुचारु हुन सकेको छैन । काठमाडौँको बालाजु बाइपास, नेपालटार, गोंगबु, कोटेश्वर, कलङ्की, बलम्बु, कीतिपुर, थापागाउँलगायतका स्थानमा आधामात्रै विद्युत् प्रवाह हुने […]

२०७२ पुष १९ गते, आईतवार

चेम्बर एक्स्पो पुस २३ देखि

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले यही पुस २३ गतेदेखि २७ गतेसम्म काठमाडौमा नेपाल चेम्बर एक्स्पो गर्ने भएको छ । भूकम्प र भारतीय नाकाबन्दीले आर्थिक क्षेत्र सुस्ताएको बेलामा उद्योगी व्यवसायीमा उर्जा थप्ने उद्देश्यसहित भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नेपाली उत्पादनको बजारीकरण, व्यापार प्रबद्र्धन, आर्थिक सम्भाव्यताको खोजी तथा उपभोक्ताहरमा […]

२०७२ पुष १८ गते, शनिबार