स्वास्थ्य / शिक्षा

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । उनले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि […]

२०८१ पुष ५ गते, शुक्रबार

एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था लागू गर्न लागेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यसैवर्षदेखि यो लागू गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन […]

२०८१ पुष ४ गते, बिहीबार

शिक्षकको तलब मासिकरुपमा दिन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् । उनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताएकी हुन् । उनले भनिन् – “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो। […]

२०८१ पुष ३ गते, बुधबार

दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर हस्पिटल लिलाम हुन सक्ने !

काठमाडौँ । मेडिकल व्यावसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर हस्पिटल लिलाम हुन सक्ने भएको छ। बैंक ऋण नतिर्ने अभियान चलेका प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएसँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको हो । प्रसाईंले बैंकले ऋण असुल गर्न ताकेता गरेपछि उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । […]

२०८१ पुष ३ गते, बुधबार

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत् उपलब्ध गराउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिपत्र जारी गर्दै स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध […]

२०८१ पुष ३ गते, बुधबार

त्रिभुवन विश्वविद्यालयमा भएको दलिय भागभण्डा खेदजनक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयमा भएको दलिय भागभण्डा खेदजनक भएको जनाएको छ । अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी ले सोमबार एक बिज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयमा भएको दलिय भागभण्डा खेदजनक भएको जनाएका हुन् ।अध्यक्ष नरेन्द्र सी ले बिज्ञप्तिमार्फ़त् त्रिभुवन विश्वविद्यालयमा दलाल पार्टीहरुको दलिय भागभण्डामा भएका नियुक्तिहरु तत्काल खारेज गर्न […]

२०८१ पुष १ गते, सोमबार

त्रिभुवन विश्वविद्यालयमा ८ डीन नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ जना डीन नियुक्त गरेको छ । शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गर्ने निर्णय गरेको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए ।परिषद्को बैठकले कार्यविधिको आधारमा सर्वसम्मतिले डीनहरु नियुक्त गरिएको बताइएको छ । जसअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा प्रा.डा.मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा प्रा.डा. सुशीलबहादुर बज्राचार्य, […]

२०८१ मंसिर ३० गते, आईतवार

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समिति गठन

काठमाडौँ । काठमाडौं विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समिति गठन गरेको छ । सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । समितिमा प्रा. डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।हालका उपकुलपति प्रा.डा. भोला थापाको […]

२०८१ मंसिर २९ गते, शनिबार

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

काठमाडौँ । परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको बताएका छन्। सरकारले जापनी इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको […]

२०८१ मंसिर २९ गते, शनिबार

अङ्ग प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ । नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आजदेखि काठमाडौंमा अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।समाजका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । साथै सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।मस्तिष्क मृत्युपछि कलेजो र मिर्गौला दान गर्न सकिने भएकाले सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित […]

२०८१ मंसिर २९ गते, शनिबार