स्वास्थ्य / शिक्षा

‘एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको बताएको छ । एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो । एमपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ“, डब्ल्यूएचओका युरोपेली निर्देशक […]

२०८१ भाद्र ५ गते, बुधबार

अखिल समाजवादीद्वारा महिला हिंसाबिरुद्ध प्रदर्शन

काठमाडौँ । अखिल समाजवादी गोरखाले देशका बिभिन्न स्थानमा भैरहेको महिला हिंसाका विरुद्ध गोरखा सदरमुकाम हरमटारीमा प्रदर्शन गरेको छ। अखिल समजवादीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष भीषण सीको नेतृत्वमा निर्मला पन्त लगाएत अन्य पिडितहरुको फोटो प्रदर्शन पोस्टर प्रदर्शनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।अध्यक्ष भीषण सीको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला समिति, छात्रा विभाग लगाएत दर्जनौं विद्यार्थीहरुको […]

२०८१ भाद्र ३ गते, सोमबार

नेपालमा मंकीपक्स संक्रमणको जोखिम !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मंकीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा दु्रत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिदै भने- ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मंकीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिदैन। ‘उनले मंकीपक्सको […]

२०८१ भाद्र ३ गते, सोमबार

काठमाडौं उपत्यकामा डेंगु संक्रमण बढ्दै

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार काठमाडौं उपत्यकामा पनि डेंगु संक्रमण बढ्दै गएको छ । सो अस्पतालमा अहिले ३ जना संक्रमित भर्ना भई उपचाररत छन् भने ज्वरोको लक्षणसहित केहीले बहिरंग विभागमार्फत उपचार गरिरहेका छन् । अस्पतालले चार दिनअघि डेंगुजस्तै लक्षण भएका दैनिक एक दर्जन बिरामी बहिरंग विभागमा आइरहेको जनाएको छ ।डेंगी बिरामी […]

२०८१ श्रावण ३१ गते, बिहीबार

५० जनामा हैजा सङ्क्रमण

काठमाडौँ । स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ ।विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य […]

२०८१ श्रावण ३० गते, बुधबार

५० जनामा हैजा सङ्क्रमण

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको जनाएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्। यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ ।बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने […]

२०८१ श्रावण २९ गते, मंगलवार

सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने जानेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले डेङ्गुको सङ्क्रमण बढेसँगै सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको बताए।प्रवक्ता बुढाथोकीले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग भएको छलफलपश्चात् डेङ्गुको उपचार निःशुल्क गर्ने निर्णय भएको जानकारी […]

२०८१ श्रावण २५ गते, शुक्रबार

त्रिविमा स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१/०८२मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो ।वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको […]

२०८१ श्रावण २४ गते, बिहीबार

देशभर ३७ जनामा हैजा संक्रमण

काठमाडौँ । देशभर हैजा संक्रमितको सङ्ख्या ३७ जना पुगेका छ । ललितपुरमा बुधबार २ जनामा हैजा पुष्टि भएको छ । उनीहरू दुवैको क्रिस्ट मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।हैजा संक्रमित हुनेमा ललितपुर महानगरको सातदोबाटोकी ८६ वर्षीया महिला र धोबीघाटका ४५ वर्षीय पुरुष छन् । यी दुई संक्रमितसहित ललितपुरमा हैजा संक्रमितको […]

२०८१ श्रावण २४ गते, बिहीबार

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए ।स्वास्थ्य मन्त्रालयले गत वर्ष […]

२०८१ श्रावण २४ गते, बिहीबार