स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी) द्वारा अनलाइन शिक्षाको नाममा शुल्क लिए कारबाही गर्ने चेतावनी

काठमाडौं , २५ असार । अखिल (क्रान्तिकारी) ले सरोकारवाला निकायलाई पटकपटक यस अघि पनि बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा शुल्क लिने, प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन गरेर अभिभावकमाथि आर्थिक भार थोपर्ने, विभिन्न बहानामा अभिभावकसँग महङ्गो शुल्क असुलि गर्ने लगायतका कार्यहरू तत्काल बन्द गर्न विगतदेखी नै मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र र ज्ञापनपत्र बुझाउँदा समेत पनि अटेर […]

२०७७ असार २५ गते, बिहीबार

अखिल (क्रान्तिकारी)द्धारा नवलपुरमा शुल्क असुली विरूद्ध अन्तरक्रिया

काठमाडौं , २४ असार । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति, नवलपुरले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारी र शैक्षिक संकट विषयमा नवलपुरको देवचुली नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, अतिथिहरु युवा संगठन नेपाल, नवलपुरका अध्यक्ष अविनाश, अखिल नेपाल शिक्षक […]

२०७७ असार २४ गते, बुधबार

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौँ , २३ असार । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन । गंगालालमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द भएका हुन । उपचारका लागि भर्ना भएका सात जनामा कोरोना पुष्टि भएसँगै आजबाट केन्द्रको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा […]

२०७७ असार २३ गते, मंगलवार

अखिल ( क्रान्तिकारी)द्वारा अनलाइन क्लासका नाममा मनपरी शुल्क नअसुल्न ध्यानाकर्षण पत्र पेश

काठमाडौँ , २३ असार । नेकपा निकट अखिल ( क्रान्तिकारी) मेचि-कोशी अन्तरगतका झापा, मोरङ , सुनसरी जिल्लाले अनलाइन क्लासका नाममा अभिभावकसंग निजी शिक्षण संस्थाहरुले मनपरी शुल्क असुलेको भन्दै शिक्षा विकास तथा समन्वय इकाई , प्याब्सन र एनप्याब्सनलाई यस किसिमको गलत कार्य तत्काल रोक्न ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना महामारीका बेला अव्यवस्थित पठन-पाठन गरी लकडाउनको […]

२०७७ असार २३ गते, मंगलवार

कोरोना संक्रमितको संख्या १५,९६४ पुग्यो

काठमाडौं, २२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ सय ८० जनामा कोरोना भाइरसको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । आज काठमाण्डौं उपत्यकामा ५४ जना संक्रमित थपिएका छन् । जसमध्ये २४ जना काठमाण्डौ, २० जना ललितपुर र भक्तपुरका १० जना […]

२०७७ असार २२ गते, सोमबार

पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, २२ असार । आज र भाेलि २ देशभरि रहेका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । यसअघि गएकाे वैशाख ६ र ७ गतेका लागि तोकिएको यो कार्यक्रम लकडाउन र काेराेना भाइरसकाे त्रासका कारण राेकिएकाे थियाे । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका अनुसार अाज र भाेलि आफ्नो घर नजिकको खोप केन्द्रमा […]

२०७७ असार २२ गते, सोमबार

कोरोना संक्रमितको संख्या १५, ७८४ पुग्यो !

काठमाडौँ , २१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ […]

२०७७ असार २१ गते, आईतवार

‘अनलाइन कक्षाका नाममा शुल्क नउठाऊ’

काठमाडौं , १९ असार । अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासीले बन्दाबन्दीको समयमा पठनपाठन बन्द भएको अवस्थामा अनलाइन कक्षाका नाममा प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरूबाट शुल्क लिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । क्रान्तिकारीका नवलपरासी जिल्ला अध्यक्ष सुशील परियारले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीले जनता सङ्कटमा परिरहेको बेला शैक्षिक माफियाहरूले अभिभावकहरूबाट अनलाइन कक्षाका नाममा शुल्क […]

२०७७ असार १९ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा अनलाइन कक्षाका नाममा शुल्क नदिन आग्रह

काठमाडौँ , १८ असार । अखिल क्रान्तिकारीले सरकारी विद्यालयहरूलाई क्वारेन्टाइन बनाएको बेला निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क उठाउने कार्य सह्य नहुने बताएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको सगरमाथा क्षेत्रीय समन्वय समितिका संयोजक दर्शन नेपालीले एक बिज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण जनजीवन त्रासमा परिरहेको बेला निजी विद्यालयले शुल्क उठाएको भन्दै शुल्क लिने कार्य बन्द […]

२०७७ असार १८ गते, बिहीबार

कोरोना संक्रमितको संख्या १४,०४६ पुग्यो

काठमाडौँ , १७ असार । आज ४ सय ८२ जना कोरोना संक्रमित थपिएसगैँ देशभर कोरोना संक्रमितको संख्या १४,०४६ पुगेको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार बढीको परीक्षणबाट ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कोरोनाबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय ५६ डिस्चार्ज […]

२०७७ असार १७ गते, बुधबार