पछिल्लो २४ घण्टामा १२०७ जना कोरोना संकमित थपिए

२०७७ आश्विन १० गते, शनिबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा १२०७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले बताएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११४७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

देवानगन्जमा सेना परिचालन

२०८३ श्रावण ११ गते, सोमबार

‘सरकार सय दिन नपुग्दै सर्वाङ्ग’

२०८३ श्रावण १० गते, आईतवार

आत्मकेन्द्रित शासन निन्दनीय

२०८३ श्रावण १० गते, आईतवार