स्वास्थ्य / शिक्षा

कोरोना संक्रमित र आसपासका सबै क्षेत्र पूर्ण रूपमा ’सिल

काठमाडौं , २२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि परीक्षणको दायरा बढाउन थप स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको छ । मन्त्रालयले जोखिम फैलिन नदिन र सम्भावित संक्रमितको खोजी गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित जनशक्ति परिचालन गरेको हो ।सरकारले आइतबार नै पीसीआर परीक्षण किट, पीपीईलगायत आवश्यक सामग्रीसहित टोली पठाएको […]

२०७७ बैशाख २२ गते, सोमबार

कोरोना संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं, २१ बैशाख । नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै संक्रमितको संख्या ६० पुगेको छ । विरगञ्जका ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको छ । आइतबार नारायणी अस्पतालले उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि गरेको हो । शुक्रबार ती व्यक्तिको स्वाब संकलन गरिएको थियो । उनी आफैले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन आग्रह गरेका […]

२०७७ बैशाख २१ गते, आईतवार

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं , २२ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताएका थिए । मन्त्रालयले जानकारी दिँदा नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको […]

२०७७ बैशाख २२ गते, सोमबार

विद्यार्थीलाई निशुल्क इन्टरनेट उपलब्ध गराउन माग

काठमाडौं, २१ वैशाख । नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई इन्टरनेट सुविधा निशुल्क उपलब्ध गराउन माग गर्दै नेपाल दूरसञ्चार संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरस संक्रमणको त्रासले सम्पुर्ण शिक्षालयहरु ठप्प रहेको अवस्थामा अनलाइन शिक्षा नै अहिलेको माग र आवश्यकता रहेको नेविसंघ अध्यक्ष राजीव ढुगांनाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ । इन्टरनेट सुविधा सर्वसुलभ […]

२०७७ बैशाख २१ गते, आईतवार

कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमै भएको हो : डब्लुएचओ

काठमाडौं , २० बैशाख । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू उत्पति गरेको भन्दै आलोचना गरेको समयमा डब्लुएचओले त्यसको खण्डन गरेको हो । डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेको बताए […]

२०७७ बैशाख २० गते, शनिबार

कोरोना संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, १९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोरोना संक्रमितको संख्या अरु दुई थपिएको छ । रुपन्देही र बाँकेका एक/एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले […]

२०७७ बैशाख १९ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा विद्यार्थीलाई राहत उपलब्ध गराउन माग

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कोभिड १९ को महामारी र लकडाउनको अवधिमा विद्यार्थीहरुलाई भोकभोकै बस्नुपर्ने स्थिति सिर्जना भएको भन्दै तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । सो संगठनको जिल्ला समिति रुपन्देहीले अध्ययनका लागी डेरा गरी बस्ने विद्यार्थीहरुलाई राहत उपलब्ध गराउन समेत माग गरेको छ । अखिल (क्रान्तिकारी) रूपन्देहीका जिल्ला […]

२०७७ बैशाख १८ गते, बिहीबार

अखिल क्रान्तिकारी सुनसरीद्वारा राहत वितरण

काठमाडौं , १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) मेची- कोशी क्षेत्रीय समन्वय समिती अन्तर्गत सुनसरी जिल्ला समितिले कोरोना महामारीका कारण समस्यामा परेका विद्यार्थी,मजदुर लगायत विपन्न परिवारलाई इटहरीमा राहत वितरण गरेको छ। जिल्ला अध्यक्ष नताशा सुवेदीको नेतृत्वमा ३५ जनालाई राहत वितरण गरेको हो। ‘२५० किलो चामलका साथै दाल राहत स्वरुप दिएका छौ । […]

२०७७ बैशाख १८ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा राहत वितरण

काठमाडौं, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट (क्रान्तिकारी)ले शहरमा बसेर पढिरहेका विद्यार्थी समस्यामा परेको भन्दै धरानमा राहत वितरण गरेको छ । सो संगठनको मची–कोसी क्षेत्रीय समन्वय समितिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण शहरमा बसेर पढिरहेका विद्यार्थी समस्यामा परेको भन्दै धरानमा राहत वितरण गरेको छ । क्रान्तिकारीको क्षेत्रीय समन्वय समितिको नेतृत्वमा प्रथम चरणमा राहत […]

२०७७ बैशाख १६ गते, मंगलवार

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको जनाएको छ । वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि संक्रमितको संख्या ५१ पुगेको हो । संक्रमित दुबै जना पर्साको वीरगञ्ज निवासी रहेको र उनीहरु दुबैको उमेर ५० वर्ष रहेको पनि मन्त्रालयले जनाएको छ । वीरगञ्जमा भेटिएका दुबै जना पुरूष […]

२०७७ बैशाख १४ गते, आईतवार