स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीद्वारा मोदी र वलीको पुतला दहन

काठमाडौँ २८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा वलीको पुतला जलाउनुका साथै लिपुलेक, कालापानी क्षेत्र मिची भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै सङ्घर्ष घोषणा गरेको हो । अखिल क्रान्तिकारीका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले शुक्रबार विज्ञप्ति जारी गरेर नेपाली भूमि मिची […]

२०७७ बैशाख २८ गते, आईतवार

८ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, २६ बैशाख । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज भएका छन । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका महिलालाई होम […]

२०७७ बैशाख २६ गते, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं , २७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहानै विज्ञप्ति प्रकाशन गरेर थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो […]

२०७७ बैशाख २७ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्न माग

काठमाडौं, २५ बैशाख । अखिल (क्रान्तिकारी)ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल (क्रान्तिकारी)ले अनलाइन कक्षा सञ्चालन नगर्न आग्रह गरेको हो । अखिल (क्रान्तिकारी)को उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका […]

२०७७ बैशाख २५ गते, बिहीबार

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं , २४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोन भाइरस संक्रमितको संख्या ९९ पुगेको जनाएको छ । आज नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार पर्साका १७ जनाको परीक्षण ‘पोजिटिभ’ आएपछि संक्रमितको संख्या ९९ पुगेको बताए । थपिएका संक्रमितहरु दुईमहिने शिशुदेखि ६६ वर्षसम्मका रहेका छन् । अहिलेसम्म ७१ पुरुष […]

२०७७ बैशाख २४ गते, बुधबार

अखिल (क्रान्तिकारी)द्वारा विद्यार्थी र मजदुरलाई खाद्यान्न वितरण

काठमाडौँ , २४ बैशाख । अखिल (क्रान्तिकारी) ले सरकारी दमन, गिरफ्तारी र धरपकड चिर्दै र बुटवललगायत्का बिभिन्न स्थानमा खाद्यान्न वितरण गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस र त्यसपछि करिब डेढ महिनादेखि गरिएको लकडाउनका कारण कोठा भाडा लिएर अध्ययन गरिरहेका विद्यार्थी र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमजीवी मजदुरहरूको दैनिकी कमजोर बन्दै […]

२०७७ बैशाख २४ गते, बुधबार

प्याब्सनद्वारा एसईईमा आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह

काठमाडौं , २३ बैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ । कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न प्याब्सनले आग्रह गरेको […]

२०७७ बैशाख २३ गते, मंगलवार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं , २३ बैशाख । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ छ । आज भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका […]

२०७७ बैशाख २३ गते, मंगलवार

कोरोना संक्रमित र आसपासका सबै क्षेत्र पूर्ण रूपमा ’सिल

काठमाडौं , २२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि परीक्षणको दायरा बढाउन थप स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको छ । मन्त्रालयले जोखिम फैलिन नदिन र सम्भावित संक्रमितको खोजी गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित जनशक्ति परिचालन गरेको हो ।सरकारले आइतबार नै पीसीआर परीक्षण किट, पीपीईलगायत आवश्यक सामग्रीसहित टोली पठाएको […]

२०७७ बैशाख २२ गते, सोमबार

कोरोना संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं, २१ बैशाख । नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै संक्रमितको संख्या ६० पुगेको छ । विरगञ्जका ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको छ । आइतबार नारायणी अस्पतालले उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि गरेको हो । शुक्रबार ती व्यक्तिको स्वाब संकलन गरिएको थियो । उनी आफैले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन आग्रह गरेका […]

२०७७ बैशाख २१ गते, आईतवार