स्वास्थ्य / शिक्षा

कोरोनाविरुद्ध औषधि: ‘क्लिनिकल परीक्षण’ सुरु

काठमाडौँ, १९ चैत । जापानको फुजिफिल्म तोयामा नामक कम्पनीले ६ वर्षअघि विकसित गरेको ‘आविगान’ नामक औषधिलाइ अहिले कोरोना विरुद्द क्लिनिकल परीक्षण गर्न थालिएको छ ।bटोकियोका विभिन्न अस्पतालहरुमा उपचाररत करिब १०० जना कोरोना संक्रमितहरुमा यो औषधि परिक्षण गरिने अधिकारीहरुले जनाएका छन् । फुजिफिल्म तोयामा नामक कम्पनीले विकास गरेको उक्त औषधिका बारेमा आइची प्रान्तको फुजिता मेडिकल युनिभर्सिटी […]

२०७६ चैत्र १९ गते, बुधबार

कोरोना जाँचको नतिजा एक घण्टामै !

काठमाडाैँ, १८ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले जो […]

२०७६ चैत्र १८ गते, मंगलवार

हेटौँडाबाट पनि कोराना भाइरसको परीक्षण हुने

काठमाडाैं, १७ चैत । बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताउनुभएको छ । आइतबार रासससँग कुरा गर्दै मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताउनुभयो । यही स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि […]

२०७६ चैत्र १७ गते, सोमबार

कोरोना संक्रमितको उपचारमा लापरवाही

काठमाडौं , १६ चैत । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाको कोठामै डाक्टर छिर्न नमानेको पाईएको छ । भर्ना भएदेखि चार दिनसम्म चेकजाँच त परको कुरा कोठामा स्वास्थ्यकर्मी समेत नछिरेको ती युवाले बताए । ‘चार दिनसम्म मेरो कोठामा एउटै स्वास्थ्यकर्मी आएनन् । गुनासो बाहिर मिडियामा सार्वजनिक गरेपछि शनिबार दिउँसो चारजना झुल्किएका थिए, तर चेकजाँच […]

२०७६ चैत्र १६ गते, आईतवार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, १६ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ८५५ पुगेको छ । अहिलेसम्म विश्वभर ६ लाख ६३ हजार १६८ जना कोरोनाबाट संक्रमित भएका छन् […]

२०७६ चैत्र १६ गते, आईतवार

वाइड बडी विमान औषधिजन्य सामाग्री लिन ग्वाङ्जाओ जाने

काठमाडौं, १५ चैत । नेपाल वायु सेवा निगमको वाइड बडी विमान मेडिकल सामग्री लिन आज दिउँसो ग्वाङ्जाओ जाने छ । वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ । करिब ३० टन […]

२०७६ चैत्र १५ गते, शनिबार

कोरोनाबारे जानकारी दिन ‘ डाँफे हेल्थ डटकम’ सञ्चालन

काठमाडाैँ, १५ चैत । सरकारले कोरोना भाइरस (काेभिड-१९)बारे जानकारी दिन ‘डाँफे हेल्थ डटकम’ (www.danphehealth.com) सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताए । […]

२०७६ चैत्र १५ गते, शनिबार

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २३ हजार ५८८ नाघ्यो

काठमाडौ, १४ चैत । कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या निरन्तर बढेर २३ हजार ५ सय ८८ पुगेको छ । नियन्त्रण र रोकथामको अनेकौं उपायका बीच पनि मृत्यु दरमा कमी आउन सकेको छैन । त्यसै गरी संक्रमण पनि निरन्तर बढेर ५ लाख १९ हजार नाघेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । शुरुमा चीनमा फैलिएको […]

२०७६ चैत्र १४ गते, शुक्रबार

नेपालमा कोरोना देखिएको छैन: बीरगञ्जका ब्यापारीलाई कोरोना नभएको पुष्टी

काठमाडौं , १० चैत । नेपालमा कोरोना देखिएको छैन ,कोरोना भित्रियो , बीरगञ्जका ब्यापारी शिब कुमार रुगंटालाई लाग्यो भनेर हिजो समाचार आएपछि तनाव पैदा भएको थियो । तर पछि पटनामा उपचाररत शिब कुमारको रिपोर्ट सार्वजनिक हुदाँ कोरोना नरहेको प्रमाणित भए पछि नेपालमा यो अझै नफैलिएको स्पष्ट भएको हो । यद्यपि, जोखिम भने निकै माथि रहेको […]

२०७६ चैत्र १० गते, सोमबार

कोरोनाबारे अडियोमार्फत भ्रम फैलाउने प्रहरीको फन्दामा

काठमाडौं, ८ चैत । प्रहरीको साइबर ब्युरोले कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मगरले नर्भिक अस्पतालमा […]

२०७६ चैत्र ८ गते, शनिबार