स्वास्थ्य / शिक्षा

पाठ्यपुस्तक छपाइमा त्रुटि ,बिग्रेको किताब साट्न सकिने

काठमाडौं, १७ बैशाख । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइमा भएको त्रुटिप्रति क्षमा मागेको छ । केन्द्रले आज सूचना जारी गर्दै सजग रहँदारहँदै पनि त्रुटि भएको भन्दै माफी मागेको हो । उसले त्रुटि हुँदाहुँदै पाठकका हातमा पुर्‍याइएको पुस्तक साट्ने फिर्ता गर्ने सुविधा पनि उपलब्ध गराउने भएको छ । विद्यालयस्तरीय पुस्तक छाप्दै आइरहेको केन्द्रले बिक्री वितरणका […]

२०७६ बैशाख १७ गते, मंगलवार

कक्षा १२ को वार्षिक परीक्षा सुरु

काठमाडौं, १५ वैशाख । कक्षा १२ को वार्षिक परीक्षा आज बिहानबाट सुरु भएको छ। देशभर एकैसाथ १५ गते आज बिहान ७ बजेदेखि कक्षा १२ सुरु भएको हो । कक्षा ११ को परिक्षा भने वैशाख २९ गतेबाट शुरु हुने र सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक […]

२०७६ बैशाख १५ गते, आईतवार

९ विद्यार्थी संगठनले सडक आन्दोलन चर्काउने , १७ गते विरोध प्रदर्शन

काठमाडौं, १२ वैशाख । अनेरास्ववियु (पाँचौ)को कार्यालयमा बसेको ९ विद्यार्थी संगठनको वैठकले नौ सरकारले जनविरोधी कार्यलाई तिब्रता दिएको भन्दै सडकमा उत्रने उद्घोष गरेको छ । संगठनको बैठकपछि उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख १७ गते विरोध -यालिसहित प्रदर्शनमा उत्रने घोषणा गरेका छन् । विज्ञप्तिमा अखिल (क्रान्तिकारी)का अध्यक्षहरु चिरञ्जिबी ढकाल, आलोका रायमाझी तथा हरिकृष्ण गजुरेल, अनेरास्ववियु […]

२०७६ बैशाख १२ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा शिक्षा मन्त्रीलाई १० दिने अल्टिमेटम

काठमाडौं, १० वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मंगलवार शिक्षामन्त्रीलाई ६ बुदे मागपत्र बुझाएको छ । सिंहदरवारस्थित शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयमा संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालको नेतृत्वमा गएको टोलीले शिक्षा सचिव खगराज बरालमार्फत शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई मागपत्र बुझाएको हो । राज्यले लिएको भनिएको समाजवाद उन्मुख शिक्षा नीतिको विपरित […]

२०७६ बैशाख ११ गते, बुधबार

सरकारको दमन र शिक्षा क्षेत्रको विकृतिविरुद्ध प्रतिरोध संघर्षमा उत्रन अपिल

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा देखिएका विकृति÷विसंगति र सामाजिक दलाल फाँसिवादी सरकारको दमनका विरुद्ध देशव्यापी प्रतिरोध संघर्षमा उत्रन आह्वान गरेको छ । संगठनका अध्यक्ष चिरन्जीवी ढकालले राजनैतिक तथा शैक्षिक बिषयहरुमा संगठनको धारणाहरु सार्वजनिक गर्दै सरकारको दमन र शिक्षा क्षेत्रमा देखिएको विकृति बिरुद्ध संघर्षमा उत्रन अपिल गरेका […]

२०७६ बैशाख १० गते, मंगलवार

देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम हुँदै

काठमाडौं , ६ वैशाख । देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ। वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ। साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका […]

२०७६ बैशाख ६ गते, शुक्रबार

निजी स्कुललाई शुल्क वृद्धि गर्न दिएकाे अनुमति खारेज गर्न माग

काठमाडौँ, ५ वैशाख । नेपाल अभिभावक महासंघले निजी विद्यालयलाई शुल्क वृद्धि गर्न अनुमति दिनेगरी हालै काठमाडौं महानगरपालिकाले गरेकाे निर्णय खारेज गर्न माग गरेको छ । महानगरपालिकाले हालै मात्र ३० प्रतिशतसम्म शुल्क वृद्धि हुनेगरी तोकिएको निजी शिक्षाका नयाँ शुल्क तत्काल खारेज गर्न नेपाल अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले काठमाडौं महानगरपालिकासँग माग गरेका हुन् । स्थानीय सरकारले […]

२०७६ बैशाख ५ गते, बिहीबार

दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि

काठमाडौँ, ४ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ । […]

२०७६ बैशाख ४ गते, बुधबार

विद्यालय भर्ना अभियान सुरु

काठमाडौं , २ बैशाख । गतवर्षजस्तै यस वर्ष पनि शिक्षा मन्त्रालयले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऊँ’ भन्ने नाराका साथ आजबाट अभियानको शुभारम्भ गर्न लागेको छ । मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा घरदैलो अभियान सञ्चालन गरेर पढ्ने उमेर पुगेका सबै बालबालिकालाई स्कुल भर्ना गर्न आह्वान गर्दै छ । गतसाल बैशाखमा प्रधानमन्त्री केपी […]

२०७६ बैशाख २ गते, सोमबार

साङ्लाले दुख दिए . . .

काठमाडौँ । साङ्ला देख्दा हामीलार्ई घिन लाग्छ कतिलार्ई त डर पनि लाग्छ । गर्मी बिस्तारै बढ्दैछ । गर्मी बढेसँगै लामखुट्टे, झिँगा र साङ्ला (कक्रोज)ले दुःख दिन्छ । साङ्ला न मारेर सकिन्छ, न धपाएर । यसले घरको विद्युतिय यन्त्रलार्ई, फोहोर फैलाउँछ साथै खानेकुरालार्ई दुषित बनाइदिन्छ । साङ्लाजन्य फोहोरबाट खानेकुरा बचाउन गाह्रो हुन्छ । यस्तो खाना सेवन […]

२०७५ चैत्र २७ गते, बुधबार