स्वास्थ्य / शिक्षा

सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्षहिन

काठमाडौं, १ साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच भएको वार्ता बिना निष्कर्ष सकिएको छ । शिक्षा मन्त्रालयमा भएको छलफलमा चिकित्सा शिक्षा विधेयकको विषयमा सरकारले आफ्नो अडान कायम राख्दा दोश्रो बैठक पनि विना निष्कर्ष टुंगिएको हो । डा. केसीले अनशन तोडेर काठमाडौं आउनुपर्ने सरकारले […]

२०७५ श्रावण १ गते, मंगलवार

सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु

काठमाडौँ, १ साउन । अनशनरत डा. गोविन्द केसी जुम्लाबाट काठमाडौँ नआएसम्म वार्ता नगर्ने अडान लिएको सरकार पछि हटेको छ । सरकार आफ्नो अडानबाट पछि हटेपछि सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच बार्ता सुरु भएको छ । दुई पक्षबीचको वार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सुरू भएको छ । मन्त्रिपरिषद्ले सोमबार मात्र शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह […]

२०७५ श्रावण १ गते, मंगलवार

कलेजो प्रत्यारोपण सेवा सुरु

काठमाडौं, ३२ असार । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले कलेजो प्रत्यारोपण सेवाकालागि निर्मित अत्याधुनिक कलेजो प्रत्यारोपण कक्षको उद्घाटन गरेका छन । यससंगै शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण सेवा शुरुवात भएको छ । यादवले शिक्षण अस्पतालले सर्वसुलभ र गुणस्तरीय सेवा दिन सक्नुपर्नेमा जोड दिए । उनले उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि कलेजो प्रत्यारोपणबाट […]

२०७५ असार ३२ गते, सोमबार

अखिल क्रान्तिकारी कैलालीको अध्यक्षमा सिंह

काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी कैलालीको अध्यक्षमा बबरजंज सिंह निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीको शनिबार सम्पन्न २० औं जिल्ला सम्मेलनले सिंहको अध्यक्षमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा पदम काफ्ले, सचिव सुवास जोशी, सह–सचिव महेश पातली र कोषाअध्यक्षमा लोकेश जासी निर्वाचित भएका छन् । शिक्षा […]

२०७५ असार ३१ गते, आईतवार

जिल्ला अस्पताल प्रमुखविहीन

काठमाडौं, ३० असार । जिल्ला अस्पताल, पर्वत प्रमुखविहीन बनेपछि सेवा प्रवाहमा समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन हुने विभिन्न कामकाज प्रभावित […]

२०७५ असार ३० गते, शनिबार

मन्त्रालयमै डाकेर चिकित्सकलाई ‘केरकार’

काठमाडौं, २९ असार । वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएका छन । गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले अपहरणको शैलीमा गृह मन्त्रालय लगिएको भन्दै आपत्ति जनाएको छ । ट्रमा सेन्टरका […]

२०७५ असार २९ गते, शुक्रबार

शुल्कवृद्धि विरुद्ध अखिल क्रान्तिकारी

काठमाडौँ, २८ असार । भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले घोर आपत्ति जनाएको छ । प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शूल्यवृद्धिका तयारी फिर्ता नलिए भर्ना नै रोक्ने चेतावनी दिएको छ […]

२०७५ असार २८ गते, बिहीबार

पुल बगाएपछि परीक्षा स्थगित

काठमाडौं, २७ असार । दार्चुला नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिए । बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । […]

२०७५ असार २७ गते, बुधबार

अनसनरत डा.केसीको स्वास्थ्य बिग्रिँदै

काठमाडौं ,२४ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमै अनसनरत डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । आमसरण अनसन बसेको नवौ दिन पुग्दा डा.केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । हाल डा. केसीको शरिरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोषहरु क्रमिक रुपमा घटेको र पिसावमा किटोन बढी भएको […]

२०७५ असार २४ गते, आईतवार

विद्यालयमा राजनीति ! गाउँपालिका अध्यक्षद्वारा नेविसंघको झण्डावाल कपी र झोला बितरण

काठमाडौं, २४ असार । रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा अवस्थित जलेदवी मा.वि.मा नेपाली काङ्ग्रेसको राजनीतिको अखडा बनेको छ । काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाई र विनिती खड्काले विद्यालयमा राजनीति गर्ने सुनुयोजित चालले संयुक्त रूपमा अभ्यास पुस्तिका र झोला वितरण गरेका छन् । असार १० गते विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गर्ने नाममा चौलागाईले आफूलाई समाजसेवी देखाउन […]

२०७५ असार २४ गते, आईतवार