स्वास्थ्य / शिक्षा

नारायणी उपक्षेत्रीय अस्पतालमा ‘किलिया’ सेवा सुरु

काठमाडौं, २२ वैशाख । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा शुक्रबार (आज)देखि ‘किलिया एनलाइजर’ सेवा सुरु भएको छ । उपक्षेत्रीय अस्पताल विकास समितिले रु ४० लाखको लागतमा ‘केमो लिमिनिसनस इमोनोएसे’ मेसिन जडान गरेपछि अस्पतालले ‘किलिया’ सेवा सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शुक्रबार (आज) सो सेवाको शुभारम्भ गरेका हुन् । प्रयोगशालामा जडान गरिएको सो […]

२०७४ बैशाख २२ गते, शुक्रबार

नाक कोट्याएर खानु फाइदाजनक !

काठमाडौँ, १९ बैशाख । मानिसहरु सानो बच्चा हुँदा नाक कोट्याउने र ‘स्नोट’ खाने गर्दछन् । कसै–कसैमा यो बानी ठूलो हुँदा जाँदासमेत छुट्न सक्दैन । जसलाई समाजमा एकदमै फोहरी बानीकोरुपमा हेरिन्छ । तर, जेसुकै होस् हालै भएको एक अध्ययनले त्यसरी नाक कोट्याएर खानाले मानव शरीरमा बहुउपयोगी फाइदा पुग्ने तथ्य सार्वजनिक गरेको छ । उक्त अध्ययन अमेरिकाको […]

२०७४ बैशाख १९ गते, मंगलवार

अस्थायी शिक्षकद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं, १७ बैशाख । अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । समितिले आज रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, आई.एल.ओ सन्धि कार्यान्वयन गर्नुपर्ने, विभेदकारी ऐन खारेज गर्नुपर्ने लगायतका मागहरूसँगै शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलन घोषणाको लागि […]

२०७४ बैशाख १७ गते, आईतवार

शिक्षा विभागमा तालाबन्दी

काठमाडौं , १५ वैशाख । संयुक्त विद्यार्थी संगठनले मनपरी शुल्क असुल गर्ने निजी शैक्षिक संस्थामाथि कारवाही नगरेको भन्दै शिक्षा विभगमा तालाबन्दी गरेका छन् । यसअघि काठमाडौंका केही निजी विद्यालयमा तालाबन्दी गरेका विद्यार्थी संगठनहरुले १७ गते शिक्षामन्त्री, शिक्षामन्त्रालयका अधिकारीहरु र निजी विद्यालयका संचालकहरु (प्याब्सन र एनप्याब्सनका पदाधिकारीहरु) समेतलाई वहिष्कार गर्ने र १८ गते सरकारी सवारी साधन […]

२०७४ बैशाख १५ गते, शुक्रबार

‘नर्सलाई पेशागत दक्षता अभिवृद्धि तालीम आवश्यक’

काठमाण्डौं, १४ वैशाख । नेपालमा कार्यरत नर्सहरुका लागि पेशागत दक्षता अभिवृद्धि गर्न कन्टिन्युस प्रोफेसनल डेभलपमेण्ट (सिपीडी) कार्यक्रम आवश्यक रहेको अध्ययनले देखाएको छ । आज नेपाल नर्सिङ्ग संघमा आयोजित कार्यक्रममा अध्ययनप्रतिवेदन सार्वजनिक गर्दै नेपालमा करिव करिव ७८ हजार नर्सलाई पेशागत दक्षता अभिवृद्धिको लागि सिपीडी तालीम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको अध्ययनले देखाएको हो । अध्ययनले नर्सहरुका लागि […]

२०७४ बैशाख १४ गते, बिहीबार

बजारमा विषालु आँप

काठमाडौं, १४ वैशाख । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन/भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण […]

२०७४ बैशाख १४ गते, बिहीबार

पाठ्यपुस्तकको हाहाकार

काठमाडौं, ८ वैशाख । सरकारले बेलैमा पुस्तक नछाप्दा अभाव भएको छ । पाठ्यपुस्तक छाप्ने जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रलाई स्थानीय निर्वाचनको मतपत्र छाप्ने काम थपिंदा यो समस्या आएको हो । पाठ्यपुस्तक नछापिँदा बाग्लुङमा पनि असर परेको छ । मागभन्दा आधा कम पुस्तक बजारमा आएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । जनक शिक्षाले पुस्तक […]

२०७४ बैशाख ८ गते, शुक्रबार

बालबालिकालाई भिटामिन ए खुवाईदै

काठमाडौं, ६ बैशाख । ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ए खुवाईदै छ । भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्र र पायक पर्ने वडाहरुमा केन्द्र तोकिएको छ । अहिले टाइप २ पालियो भ्याक्सिन हटाएर टाइप १ र टाइप ३ को भाइभ्यालेण्ट पोलियो खोप खुवाइने छ । सन् १९८८ देखि विश्वमा पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत नेपाललगायत […]

२०७४ बैशाख ६ गते, बुधबार

संस्थागत विद्यालयको शुल्क निर्धारण

काठमाडौं, ५ बैशाख । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो । संस्थागत विद्यालयले पेस गरेको शुल्क प्रस्ताव विश्लेषण गर्दै शैक्षिक सत्र […]

२०७४ बैशाख ५ गते, मंगलवार

विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौ ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन […]

२०७४ बैशाख ३ गते, आईतवार