स्वास्थ्य / शिक्षा

सुत्केरीका लागि पोषण तालिम

काठमाडौं, १३ जेठ । सुत्केरीपछि हजार दिनका आमालाई पोषणयुक्त बाली उत्पादन, प्रविधि हस्तान्तरण र तरकारीबाट विभिन्न परिकार बनाउन सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको छ । रोल्पा जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत […]

२०७४ जेष्ठ १३ गते, शनिबार

पुदिनाको प्रयोगबाट हुने फाइदाहरु

काठमाडौ, ११ जेठ । पुदिना सामान्यतया अचार खान बाहेक यसको अरु कुनै उपयोग हामी त्यति गर्दैनौं । तर पुदिनाको प्रयोगले मानव स्वास्थमा धेरै भन्दा धेरै फाइदा गर्दछ । पुदिनाको प्रयोगबाट हुने कही फाइदाहरुः मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई […]

२०७४ जेष्ठ ११ गते, बिहीबार

जुसले ज्यान लियो

काठमाडौं, ७ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ । शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । शनिबार बेलुका ओरेन्ज जुस पिउँदा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको […]

२०७४ जेष्ठ ७ गते, आईतवार

सयौँ बालबालिका खुला आकाशमुनि पढ्न बाध्य

काठमाडौं, ६ जेठ । महोत्तरी जिल्लाको मधवा गाउँका सयौँ बालबालिका प्रचण्ड गर्मी र हावाहुरीको सामना गर्दै खुला आकाशमुनि पढ्न बाध्य छन् । साबिकको बथनाहा गाविस–६ मा अवस्थित हनुमान जनता सरकारी प्राथमिक विद्यालयमा तीन सयभन्दा बढी स्थानीय दलित मुसहर र केही मुसलमान बालबालिका अध्ययन गर्छन् । विसं २०१० मा अस्तित्वमा आई हजाराँै स्थानीयवासीको उज्ज्वल भविष्य निर्माण […]

२०७४ जेष्ठ ६ गते, शनिबार

उच्च जोखिममा रहेका गर्भवतीको सफल शल्यक्रिया

काठमाडौं, ६ जेठ । जिल्ला अस्पताल पाँचथरका चिकित्सकको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया गरेको छ । डा. पवनकुमार साह नेतृत्वको टोलीले पाठेघरमा रहनुपर्ने गर्भ ट्युबमा रहेकी २२ वर्षीयासहित अत्याधिक रक्तश्राव हुनाका साथै भित्रै साल उप्किएकी ३६ वर्षीया अर्को एक महिलालाई पुनर्जीवन दिएका हुन् । डा साहका अनुसार साविक पञ्चमी–१ गोपेटार […]

२०७४ जेष्ठ ६ गते, शनिबार

आँखा स्वास्थ्य नीति, २०७४ पारित

काठमाडौं, ५ जेठ । सरकारले आँखा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य नीति, २०७४ ल्याएको छ । बिहिबारको मन्त्री परिषद्को बैठकले स्वास्थ्य मन्त्रालयले पेस गरेको उक्त नीति पारित गरेको हो । यो नीति लागू भएपछि आँखा उपचार सेवामा सबै नागरिकको पहुँच बढ्ने, उपचार गुणस्तरीय हुने, उपचारबाट निको नहुने दृष्टिविहीनको शिक्षा एवम् […]

२०७४ जेष्ठ ५ गते, शुक्रबार

कालाजारको औषधि अभाव

काठमाडौं, ४ जेठ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कालाजारको औषधि अभाव भएको छ । गत वैशाख २९ गतेदेखि अस्पतालमा कालाजारको औषधि अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालले औषधि अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराए पनि अझैसम्म नपठाउँदा बिरामीको उपचारमा समस्या भएको हो । प्यूठान जिल्लाको तिराम गाउँपालिका–५ बस्ने २१ […]

२०७४ जेष्ठ ४ गते, बिहीबार

मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका ब्यक्तिको मृगौला दुई जनालाई

काठमाडौं, ३१ बैशाख । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक ब्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण गरेको छ । केन्द्रका निर्देशक एंव बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत विहीबार मस्तिष्क मृत्यु भएकाा एक ब्यक्तिमा दुईवटा मृगौला झिकेर दुई फरक ब्यक्तिमाा प्रत्यारोपण गरिएको हो । […]

२०७४ बैशाख ३१ गते, आईतवार

नारायणी उपक्षेत्रीय अस्पतालमा ‘किलिया’ सेवा सुरु

काठमाडौं, २२ वैशाख । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा शुक्रबार (आज)देखि ‘किलिया एनलाइजर’ सेवा सुरु भएको छ । उपक्षेत्रीय अस्पताल विकास समितिले रु ४० लाखको लागतमा ‘केमो लिमिनिसनस इमोनोएसे’ मेसिन जडान गरेपछि अस्पतालले ‘किलिया’ सेवा सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शुक्रबार (आज) सो सेवाको शुभारम्भ गरेका हुन् । प्रयोगशालामा जडान गरिएको सो […]

२०७४ बैशाख २२ गते, शुक्रबार

नाक कोट्याएर खानु फाइदाजनक !

काठमाडौँ, १९ बैशाख । मानिसहरु सानो बच्चा हुँदा नाक कोट्याउने र ‘स्नोट’ खाने गर्दछन् । कसै–कसैमा यो बानी ठूलो हुँदा जाँदासमेत छुट्न सक्दैन । जसलाई समाजमा एकदमै फोहरी बानीकोरुपमा हेरिन्छ । तर, जेसुकै होस् हालै भएको एक अध्ययनले त्यसरी नाक कोट्याएर खानाले मानव शरीरमा बहुउपयोगी फाइदा पुग्ने तथ्य सार्वजनिक गरेको छ । उक्त अध्ययन अमेरिकाको […]

२०७४ बैशाख १९ गते, मंगलवार