स्वास्थ्य / शिक्षा

एसएलसीको पूरक परीक्षा साउन १४ देखि

काठमाडौँ, १० साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको बताए । उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए […]

२०७३ श्रावण १० गते, सोमबार

सरकार र डा केसीबीच चार बुँदे सहमति

काठमाडौँ, १० साउन । सरकार र आमरण अनशनरत डा गोविन्द केसीबीच गएराती चारबुँदे सहमति भएको छ । डा केसी अनशनस्थल शिक्षण अस्पतालमा सरकारी वार्ताटोली र डा केसी पक्षका वार्ताटोलीबीच लामो वार्तापछि आज अबेर राति उक्त सहमति जुटेको हो । सहमतिअनुसार सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तीमा ५० प्रतिशत सिट सङ्ख्यामा निःशुल्क गर्ने विषय […]

२०७३ श्रावण १० गते, सोमबार

भूकम्पले बढायो उदासीनताको समस्या

काठमाडौँ, ९ साउन । बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेसनल मेडिकल कोरले काठमाडौँ, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरेको अनुसन्धानमा गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या देखिएको छ । तीनवटै जिल्लाका ५१३ जना भूकम्प प्रभावित व्यक्तिसँग गरिएको अनुसन्धानमा उदासीनताको समस्या देखिएको छ । त्यस्तै ३०.८ प्रतिशतमा चिन्ता, २०.४ प्रतिशतमा […]

२०७३ श्रावण ९ गते, आईतवार

जिशिअमाथि हातपात

काठमाडौ, ८ साउन । मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले शुक्रबार राति हातपात गरेका छन । प्रधानाध्यापक शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् । प्रअ शाहीले विद्यालयको आर्थिक हिनामिना गरेको भन्दै मुर्माका स्थानीयवासी तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने गरी व्यवस्था गरिदिन जिशिअ […]

२०७३ श्रावण ८ गते, शनिबार

अख्तियारकाे हस्तक्षेपमा परीक्षा, परीक्षा नियन्त्रकका छोरा नै प्रथम

काठमाडौ, ८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपमा सञ्चालित काठमाडौं विश्वविद्यालयको मेडिकल स्नातकोत्तर (एमडी/एमएस) प्रवेश परीक्षामा परीक्षा नियन्त्रकका छोरा नै प्रथम भएका छन् । विश्वविद्यालयका परीक्षा नियन्त्रक भागवत नेपालका छोरा ‘साहित नेपाल’ प्रथम भएका हुन् । ४१०५ रोलनम्बरका साहितले ८१ अंक ल्याएका छन् । उनकै निकटतम प्रतिस्पर्धी दिलीपकुमार यादवले ७७ अंकमात्रै पाएका छन् । […]

२०७३ श्रावण ८ गते, शनिबार

वीर अस्पताल दुवाकोटमा सर्ने

काठमाडौं, ७ साउन । आजको मन्त्रिपरिषद् बैठकले देशकै पुरानो वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको छ। बैठकले दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएपछि वीर अस्पताल सर्ने पक्का भएको हो । काठमाडौंको महाबौद्धमा रहेको वीर अस्पताल साँघुरो र नयाँ संरचना निर्माण गर्ने समेत स्थान नभएको भन्दै मन्त्रिपरिषद्ले अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको हो । […]

२०७३ श्रावण ७ गते, शुक्रबार

अस्पताल नै रोग सार्ने थलो बनेपछि…

काठमाडौं, ७ साउन । सम्बन्धित सरोकारवालाको लापर्बाहीका कारण महोत्तरीको जिल्ला अस्पताल, जलेश्वर, रोग सार्ने थलो बनेको छ । दैनिक करिब ५०० बिरामी उपचारका लागि आउने महोत्तरी जिल्ला अस्पतालमा चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ । जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाई वस्तु, सुँगुरबङ्गुरको मलमुत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न सडेगलेका फोहर […]

२०७३ श्रावण ७ गते, शुक्रबार

आइडल मोडल स्कूलको बसमा आगजनी

काठमाडौं, ६ साउन । काठमाडौंको डल्लुस्थित विष्णुमती पुलनजिक आइडल मोडल स्कूलको बा २ क ४६९ नम्बरको बसमा आगजनी गरिएको छ । झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको विद्यार्थी बोकेको बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेको बतैएको छ । ती तीन जनाले बसमा चढेर सबै विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएका थिए । विहान साँढे ६ […]

२०७३ श्रावण ६ गते, बिहीबार

अखाद्य फ्रुटी भेटिएपछि दुगड फ्रुड एन्ड वेभरेज प्रालिमा सिलबन्दी

काठमाडौं, ५ साउन । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले अखाद्य फ्रुटी उत्पादन गरेको भन्दै काठमाडौंको सतुंगलस्थित दुगड फ्रुड एन्ड वेभरेज प्रालिमा सिलबन्दी गरेको छ । दुगड वेभरेज प्रालिमा खाना अयोग्य २ लाख फ्रुटी मौज्दात राखेको भेटिएको आपूर्ति विभागले जनाएको छ । “फ्रुटीमा […]

२०७३ श्रावण ५ गते, बुधबार

प्रवेशीका उत्तीर्ण शेर्पा विद्यार्थीहरु सम्मानित

काठमाडौँ, ४ साउन । यस बर्ष प्रवेशीका परीक्षा (एसएलसी) उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । नेपाल शेर्पा विद्यार्थी मञ्चले राजधानीमा एक औपचारिक कार्यक्रम आयोजना गरी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो । उपप्रधानमन्त्री सिपी मैनालीले उत्कृष्ठ अंक हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरे । आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई एसएलसीपछि कुन विषय लिएर पढ्ने भन्ने विषयमा […]

२०७३ श्रावण ४ गते, मंगलवार