स्वास्थ्य / शिक्षा

सुरक्षित मातृत्व अभियान सुरुहुदै

काठमाडौ, १६ वैशाख ।सरकारले आजदेखि ‘सुरक्षित मातृत्व हामी सबैको दायित्व’ नाराका साथ एक महिने सुरक्षित मातृत्व अभियान शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले सञ्चालन गर्ने अभियान अन्तर्गत महिनाभर महिलाको गर्भावस्था, सुत्केरी हुँदा र भइसकेपछिको स्वास्थ्य सुरक्षा सम्बन्धमा जनचेतना जगाउने गरी प्रचारप्रसार गर्ने, र्‍याली, छलफल लगायतका कार्यक्रम गरिनेछ । यस्तै गर्भावस्थामा चार […]

२०७१ बैशाख १६ गते, मंगलवार

एस.एल.सि. रिजल्ट रोक्छौं

काठमाडौं ,१६ बैसाख । प्रवेशीका परिक्षा उत्तरपुस्तिका परिक्षणको कामलाई रोकेर पारिश्रमिकको लागि आन्दोलनमा उत्रेका शिक्षकहरुले आफ्ना माग पूरा नभए देशभरीका सबै परिक्षा केन्द्रमा ताला बन्दी गरी रिजल्ट नै रोक्ने चेतावनी दिएका छन् । उनीहरुले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलन गरि उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै प्रवेशीका परिक्षा उत्तरपुस्तिका परिक्षक समिति काठमाडौंका संयोजक जेपी […]

२०७१ बैशाख १६ गते, मंगलवार

उच्च माध्यामिक शिक्षा परिषदको चरम लापरवाही , परीक्षा केन्द्र नै गोप्य

काठमाडौं, १४ वैशाख ।उच्च माध्यामिक शिक्षा परिषदले सबै विद्यार्थी र विद्यालयलाई जानकारी दिनुपर्ने परीक्षा केन्द्र सधैं गोप्य राख्ने गरेको छ ।एक महिनाअघि केन्द्रको नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि परीक्षा आउन ५ दिन बाँकी हुँदासमेत परिषदले आफ्नै वेब साइटमा पनि नराखिकन गोप्य राखेको छ ।कम विद्यार्थी भएका केही विद्यालयमा परीक्षा केन्द्र कायम गर्नु, केही जिल्लामा […]

२०७१ बैशाख १४ गते, आईतवार

डाक्टरको परीक्षण शुल्कमा एकरुपता ल्याइने

काठमाडौं । डाक्टरहरुले बिरामीसँग जथाभावी परीक्षण शुल्क लिइरहेको आरोप लागिरहेका बेला सरकारले परीक्षण शुल्कमा एकरुपता ल्याउने तयारी गरेको छ । सरकारले परीक्षण शुल्कलाई चार तहमा बाँड्दै २ सयदेखि बढीमा ४ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्नलागेको हो । त्यसमा राज्यलाई तिर्न करसमेत जोडिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण शुल्कसम्बन्धी मस्यौदा तयार पारिसकेको […]

२०७१ बैशाख १३ गते, शनिबार

दिउँसो सुत्नेको आयु छोटिने

काठमाडौँ । राती नसुतेको भन्दै दिनमा सुत्ने मानिसहरु सावधान हुनुहोस् । एक तथ्यका आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ । विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ । ४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो […]

२०७१ बैशाख १० गते, बुधबार

अखिल क्रान्तिकारीद्वारा स्ववियु निर्वाचनको विरोध

काठमाडौं, ९ बैशाख। नेकपा – माओवादी र एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको विरोध गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेपछि उनीहरुले त्यसको विरोध गरेका हुन् ।नेकपा–माओवादी निकटको अखिल(क्रान्तिकारी)का सचिव सुरेश गौतमले एकलौटी तवरले गरिएको निर्वाचनको घोषणा गलत मनसायले निर्देशित भएको भन्दै आपत्ती प्रकट गरे । यस्तै एमाओवादी निकट अखिल(क्रान्तिकारी)का […]

२०७१ बैशाख ९ गते, मंगलवार

शिक्षामा व्यापक अनियमतता

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरले करोडौँ रकम अनियमितता गरेको पाइएको छ ।अवकाश पाएका शिक्षकलाई तलब निकासा गर्ने, अभिलेखमै नभएका विद्यालयलाई अनुदान दिने, बढी तथा दोहोरो रकम नियमविपरीत वितरण गरेर अनियमितता गरेको पाइएको हो ।शिक्षा विभागको कार्यक्रम कार्यान्वयन पुस्तिकाअनुसार शिक्षकको तलबभत्ता र ग्रेडसमेत यकिन गरी तलबभत्ता निकासा गर्नुपर्नेमा जिशिकाहरले अनियमित ढंगले निकासा गरेको पाइएको हो ।महालेखा […]

२०७१ बैशाख ९ गते, मंगलवार

भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, ६ वैशाख ।सरकारले मुलुकभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तरगत बैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ खुवाउन लागिएको हो ।६ महिनादेखि ५ वर्ष सम्मका करिब २४ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ । साथसाथै १ वर्ष देखि ५ वर्ष सम्मका […]

२०७१ बैशाख ६ गते, शनिबार

डिप्रेसनका रोगी खोज्न स्वास्थ्यकर्मीलाई तालिम

काठमाडौं । सरकारले डिप्रेसन अर्थात् दिक्दारी रागलाई गाउँबाटै नियन्त्रणमा लिने तयारी गरेको छ । त्यसका लागि स्थानीय स्वास्थ्यचौकी तथा उपस्वास्थ्य चौकीका प्रमुख (अहेब)लाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिई नियन्त्रण गर्ने योजना अघि सारेको छ ।डिप्रेसन प्रारम्भिक चरणमै पत्ता लागेर उचित उपचार भए छोटो समयमा सजिलै निको हुने चिकित्कसहरुले बताएक छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका […]

२०७१ बैशाख ५ गते, शुक्रबार

चिकित्सक सम्मेलन सुरु

काठमाडौ, ३ बैशाख ।अस्पतालको आकस्मिक कक्षलाई सुधार गर्नेबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारदेखि दुइदिने दोस्रो नेपाल इमर्जेन्सी मेडिसिन सम्मेलन सुरु भएको छ । सम्मेलनको पहिलो दिन अस्पतालमा आकस्मिक कक्षहरूमा आएका बिरामी बचाउन इमर्जेन्सी मेडिसिन नै अध्ययन गरेका दक्ष जनशक्ति, आधुनिक उपकरण, भेन्टिलेटरलगायतको अभावमा पनि बिरामीको मृत्युदर घटाउने उपायबारे छलफल हुने जनाइएको छ ।प्रतिष्ठानको डिपार्टमेन्ट […]

२०७१ बैशाख ३ गते, बुधबार