स्वास्थ्य / शिक्षा

नेपाल पोलियोमुक्त देश

काठमाडौ, १३ चैत I तीन वर्ष यता पोलियोका एक जना पनि रोगी नभेटिएपछि नेपाल सहित दक्षिणपूर्वी एशियाका ११ देशलाई आज पोलियोमुक्त क्षेत्र घोषणा गरिदैछ । विश्व स्वास्थ्य संगठनको विज्ञ समितिको बैठकले दक्षिणपूर्वी एशियाली देशहरुमा पोलियोको पछिल्लो स्थितिको समीक्षा गरेर पोलियो मुक्त घोषणा गर्न लागेको हो । दक्षिणपूर्वी एशियाली क्षेत्रलाई पोलियोको शून्य प्रमाणिकरण घोषणा गरेपनि चुनौती […]

२०७० चैत्र १३ गते, बिहीबार

पोखरा विश्वविद्यालयमा तालाबन्दी

काठमाडौं,१२ चैत ।नेकपा-माओवादी निकट अखिल क्रान्तिकारीले विगतमा भएको सहमति कायन्वयन नगरेको भन्दै पोखरा विश्वविद्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्तर्गत उपकुलपति, रजिष्ट्रार कार्यकक्ष, योजना महाशाखा र सम्पर्क कार्यालय काठमाडौमा कालो व्यानर सहित तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीका पोखरा विश्वविद्यालय समन्वय समितका संयोजक प्रेमबहादुर खड्काले विज्ञाप्ती जारी गरि विश्वविद्यालयले विद्याथीका हकहित, गुणस्तरिय […]

२०७० चैत्र १२ गते, बुधबार

अस्थायी शिक्षकले नै निरन्तरता पाउने

अस्थायी शिक्षकले नै निरन्तरता पाउने काठमाडौं, १२ चैत । सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुले स्थायी नियुक्ति नहुँदासम्म निरन्तरता पाउने भएका छन् ।शिक्षा नियमावलीमा अस्थायी शिक्षकको म्याद यही चैत मसान्तसम्म भन्ने व्यवस्था भएपनि यस अवधिमा स्थायी पदपूर्ति नभएकाले अस्थायीले नै निरन्तरता पाउने भएका हुन् । शिक्षा मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेका अनुसार अर्को निर्णय वा व्यवस्था नहुँदासम्म […]

२०७० चैत्र १२ गते, बुधबार

आज विश्व क्षयरोग दिवस

काठमाडौ, १०चैत । ‘छुटेका १० हजार क्षयरोगका बिरामीलाई खोजौं, समुदायमा क्षयरोग फैलनबाट रोकौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व क्षयरोग दिवस मनाइंदैछ । दिवसको अवसरमा क्षयरोगका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसकारी संस्थाले बाहिर रहेकालाई उपचारको पहुँचमा ल्याउन र क्षयरोग लाग्न नदिने उपायका बारेमा विभिन्न कार्यक्रम गर्दैछन् ।गरीबको रोगका रुपमा चिनिने क्षयरोगबाट नेपालमा […]

२०७० चैत्र १० गते, सोमबार

त्रिविमा सेमेस्टर प्रणालीवाट पठनपाठन सुरु

काठमाडौं, १ चैत ।त्रिभुवन विश्वविद्यालयको सेमेस्टर प्रणालीविरुद्ध उत्रिएका १२ विद्यार्थी संगठन पछि हटेसगै त्रिविले पठनपाठन सुरु गरेको छ । ‘हामी सेमेस्टर विरोधी होइनौं,’ विरोधको अगुवाई गरेको अखिल (क्रान्तिकारी)का अध्यक्ष शरद रसाइलीले भने, ‘विद्यार्थीलाई असर नपर्ने गरी त्रिविको हरेक गतिविधि र नीतिगत प्रक्रियामा अवरोध गर्छौं ।’त्रिवि शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले विज्ञान संकायका केही विषय यसअघि देखि नै […]

२०७० चैत्र १ गते, शनिबार

जाँच गरे सुरुकै अवस्थामा थाहा पाइञ्छ मृगौला रोगको संकेत

काठमाडौं ,३० फागुन। विज्ञहरुको रगतमा क्रिएटिनिन र पिसावमा प्रोटिन जाँच गरे सुरुकै अवस्थामा मृगौला रोग पत्ता लाग्नुको साथै समयमै उपचार गरे प्रत्यारोपण वा डायलासिस नगराउनुपर्ने बताएका छन् । विश्व मृगौला दिवसको अवसरमा बिहीबार टुँडिखेलमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले ९० रुपैयाँ खर्च गरी रगतमा […]

२०७० फाल्गुन ३० गते, शुक्रबार

आज विश्व मिर्गौला दिवस

काठमाडौ,२९ फागुन। ‘उमेरसंगै मिर्गौला पनि वृद्ध हुनसक्छ’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ मिर्गौला दिवसको अवसरमा मानव अंग प्रत्यारोपण केन्द्रले खुलामञ्चमा निशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ । मानव स्वास्थ्यमा मिर्गौलाको महत्वमा जोड दिंदै र मिर्गौला रोगको प्रभाव घटाउन जनचेतना जगाउने उद्धेश्यले हरेक मार्च महिनाको दोश्रो बिहीबार मिर्गौला […]

२०७० फाल्गुन २९ गते, बिहीबार

अस्थायी शिक्षकको माग प्रति सरकार उदासीन

काठमाडौँ, २७ फागुन । अस्थायी शिक्षकले विगतमा गरिएका सहमतिको कार्यान्वयनको माग राख्दै ८३ दिन अघिदेखि रिले अनशन जारी राख्दै आएपनि सरकारले त्यसप्रति सुनुवाइ नगरेको शिक्षकले गुनासो गरेका छन् ।काठमाडौँको शान्ति बाटिकामा लामो समयसम्म जायज मागसहित अनशन जारी राखिए पनि त्यसप्रति सरकार उदासीन रहेको उनीहरुको गुनासो छ । प्रत्येक दिन तीन जनाको सङ्ख्यामा अहिलेसम्म २४९ जना […]

२०७० फाल्गुन २७ गते, मंगलवार

प्लस-टू का विद्यार्थीलाइ सवारी चलाउन रोक

काठमाडौं, २६ फागुन। चितवनमा प्लस-टू अध्ययनरत विद्यार्थीको लागि मोटरसाइकल तथा स्कुटर चलाउन रोक लगाइएको छ ।पछिल्लो समय हुने गरेको सवारी दुर्घटनामा उच्चमाध्यमिक तहमा अध्ययनरत विदार्थीको संख्या बढी पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले प्लस-टू अध्ययनरत विद्यार्थीलाई सवारी चलाउन रोक लगाएको हो ।उच्चमाध्यामिक तहमा अध्ययनरत विद्यार्थीले सवारी चालक अनुमतिपत्र लिएर सवारी चलाएपछि उनीहरुलाई कारबाही गर्ने ट्राफिक […]

२०७० फाल्गुन २६ गते, सोमबार

प्याब्सन अध्यक्षमा केसी निर्वाचित

काठमाडौँ, २५ फागुन । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को बाह्रौँ राष्ट्रिय महाधिवेशनले लक्ष्यबहादुर केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।गएराति सम्पन्न निर्वाचनको मतगणनामा केसीले एक हजार नौ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्याशी टिआर ढकालले २४३ मत प्राप्त गरेका थिए ।वरिष्ठ उपाध्यक्षमा विजय सम्वाहाम्फे, महासचिवमा डिके ढुङ्गाना र कोषाध्यक्षमा ईश्वरबहादुर गुरुङ यसअघि नै निर्विरोध निर्वाचित […]

२०७० फाल्गुन २५ गते, आईतवार