स्वास्थ्य / शिक्षा

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आजवाट सुरु भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य […]

२०८० कार्तिक १७ गते, शुक्रबार

आज विश्व पक्षघात दिवस

काठमाडौँ । आज विश्व पक्षघात दिवस , नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । ‘हामी सबै मिलेर काम ग¥यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ दिवसको अवसरमा आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामुलक कार्यक्रम गरेका हुन । सो क्रममा सचेतनामुलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको छ […]

२०८० कार्तिक १२ गते, आईतवार

वास्तु शास्त्रलाई आधुनिक इन्जिनियरिङ शिक्षामा समावेश गरिने

काठमाडौँ । नेपाल संस्कृत विश्विद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक इन्जिनीयरिङमा स्नातक तहको अध्यापन गराइने भएको छ । आधुनिक इन्जिनीयरिङमा प्राचीन स्थापत्य विधा समावेश गरेर अध्ययन, अनुसन्धान गराउन लागिएको हो । यसका लागि विश्वविद्यालयले स्थापत्य अध्ययन संस्थान नै स्थापना गरेको छ । विश्वविद्यालय प्राज्ञिक परिषद्ले हालै यस विषयको पाठ्यक्रम स्वीकृत गरेको संस्थानका डीन वीरेन्द्र […]

२०८० कार्तिक ११ गते, शनिबार

चार दिनमा दुई हजार डेंगुका बिरामी थपिए !

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनमा देशभर करिब दुई हजार डेंगुका नयाँ बिरामी भेटिएका छन्। महाशाखाको पछिल्लो विवरणअनुसार कात्तिक ४ गते सम्म देशभर ४० हजार ५३१ जना डेंगुका बिरामी रहेकोमा बुधबार ४१ हजार ८५७ जना पुगेको छ। यो बिचमा काठमाडौंमा समेत संक्रमितको संख्या बढेको छ। चार दिनअघिसम्म काठमाडौंमा ९१० जना संक्रमित […]

२०८० कार्तिक ९ गते, बिहीबार

कोरोनरी मुटुरोगमा जीवनशैली परिवर्तन

मुटु रोगको एक करोड सतहत्तर लाख मानिसहरु प्रत्येक वर्ष मारिन्छन् । अप्रत्यासित रूपमा अपर्झट देखापर्ने र तत्काल आवश्यक व्यवश्थापन हुन नसके ज्यानै पनि जान सक्ने यो समस्या आकस्मात देखापर्ने भए पनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफैँ रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुहरुमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृतकोषहरु जम्मा भएर […]

२०८० कार्तिक ८ गते, बुधबार

बुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने

काठमाडौँ । बुढानीलकण्ठ स्कुल प्रधानाध्यापक छनोट उपसमितिले खुल्ला प्रतिस्पर्धाबाट ट प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको हो । उपसमितिले प्रधानाध्यापकको लागि ४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन […]

२०८० कार्तिक ४ गते, शनिबार

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ देखि

काठमाडौँ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको […]

२०८० कार्तिक १ गते, बुधबार

कैलालीको गेटा अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ । कैलालीको गेटा अस्पतालमा आजदेखि सेवा संचालनमा आएको छ । चाहिने जति जनशक्ति र उपकरण नभए पनि उपलब्ध भएकैबाट अस्पतालले सामान्य सेवा सुरू गर्न लागेको हो। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि विभिन्न ८ वटा सेवा प्रदान गर्ने जनाएको थियो । अस्पतालले जनरल ओपीडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपीडी, अल्ट्रासाउण्ड […]

२०८० कार्तिक १ गते, बुधबार

आज विश्व हात धुने दिवस

काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।चिकित्सकहरुका […]

२०८० आश्विन २८ गते, आईतवार

नेपालमै पहिलोपटक एकै व्यक्तिको कलेजो र मिर्गौला एकसाथ प्रत्यारोपण

काठमाडौँ । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको छ । सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको नेपालमै पहिलो पटक कलेजो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक भएको हो । उनलाई ३४ वर्षीय श्रीमानले कलेजो र उनकी ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेका थिए । बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) […]

२०८० आश्विन २३ गते, मंगलवार