स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीद्वारा अतिक्रमित भूमिमा जनगणना गर्नुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौँ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, नावी, कुटी, गुन्जी र कालापानी लगायतका क्षेत्रमा बसोबास गर्ने जनताहरूको जनगणना गर्नुपर्ने माग राख्दै बुधबार राजधानीको माईतीघर मण्डलामा दबावमुलक विरोध प्रदर्शन गरेको छ । उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले नेपालका राज्य सञ्चालकहरू आजको दिनमा आफ्नो सत्ता र […]

२०७८ आश्विन २१ गते, बिहीबार

विश्व शिक्षक दिवस मनाँईदै

काठमाडौं । आज अक्टोबर ५ अर्थात विश्व शिक्षक दिवस । गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि विश्व शिक्षक दिवस मनाउन थालिएको हो । यो बर्ष ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस मनाइँदैछ । शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र […]

२०७८ आश्विन १९ गते, मंगलवार

विश्व मुटु दिवस मनाईदै

काठमाडौँ । आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ। यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’भन्ने नारासहित दिवस मनाइँदैछ। नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढ्दै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटु दिवस मनाइने गरिन्छ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको […]

२०७८ आश्विन १३ गते, बुधबार

१८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने

काठमाडौं । आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइनेछ ।खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने […]

२०७८ आश्विन ११ गते, सोमबार

सिक्ने–सिकाउने विधि बदलौं

कोभिड महामारीका कारण बन्द भएका विद्यालयहरु झण्डै डेढ वर्षपछि खुल्दैछन् । यद्यपि सरकारले महामारीका कारण बन्द भएका पर्यटन उद्योगहरु, सिनेमा घरलगायत अन्य व्यवसायिक क्षेत्रहरु खोल्न दिने निर्णय गरे पनि विद्यालयका हकमा भने औपचारिक निर्णय गरेको छैन । महामारीका बीचमा संचालनमा ल्याइएको वैकल्पिक सिकाई विधि प्रभावकारी हुन सकेन । झण्डै ८० प्रतिशत बालबालिकाका सिकाई पहुँचबाट बाहिर […]

२०७८ आश्विन १० गते, आईतवार

अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) को अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन प्रकाश शाहीलाई अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर रहेका छन् । नवनिर्वाचित महिलाहरूमा कलसा शाही (सहिद प्रज्वल शाहीकी बहिनी), करिस्मा भट्टराई, […]

२०७८ आश्विन १० गते, आईतवार

अखिल (क्रान्तिकारी)को मुखपत्र ‘कम्युनिस्ट विद्यार्थी’ सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले २२ औं राष्ट्रिय सम्मेलनको अवसरमा संगठनको मुखपत्र “कम्युनिस्ट बिद्यार्थी” सार्वजनिक गरेको छ । सम्मेलनको अवसरमा नेकपाका महासचिव विप्लवले उक्त मुखपत्र सार्वजनिकीकरण गरेका हुन् । मुखपत्रमा नेकपाका महासचिव विप्लवद्धारा “जनमत संग्रह र विद्यार्थी”शीर्षकको महत्वपूर्ण लेख रहेको छ । महासचिव विप्लवले पार्टीको नयाँ कार्यनीति प्रगतिशील संयुक्त सरकार र जनमत […]

२०७८ आश्विन ७ गते, बिहीबार

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । पोखरास्थित पृथ्वीचोकबाट सुरु भएको र्यालीमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायत शिर्षथ नेता सहभागी भएको बताइएको छ । उक्त र्याली चिप्लेढुङ्गास्थित मानवअधिकार चोक पुगेर सम्मेलन उद्घाटन समारोहमा परिणत भएको छ ।

२०७८ आश्विन ६ गते, बुधबार

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको तयारी पुरा : नेकपाका महासचिव विप्लवले उद्घाटन गर्ने

काठमाडौँ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन भोलि असोज ६ गते बुधबारदेखि सुरु हुने भएको छ । आज पोखरास्थित नेपाल पत्रकार महासङ्घ कास्कीको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी अखिल क्रान्तिकारीले भोलि ६ गते बुधबारदेखि सुरु हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको छ । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी […]

२०७८ आश्विन ५ गते, मंगलवार

‘फाइजर’ बालबालिकामा प्रभावकारी !

काठमाडौं । कोभिड–१९ विरुद्धको अमेरिकी खोप फाइजर बालबालिकामा पनि प्रभावकारी देखिएको छ । फाइजरले उत्पादन गरेको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा पनि खोप प्रभावकारी देखिएको हो । सो समूहमा गरिएको परिक्षणमा खोपवाट बालबालिकामा एन्टीबडी राम्रो बन्ने र कुनै खराब प्रतिक्रिया नरहेको पाइएको हो । फाइजरले यो परीक्षण ५ देखि ११ वर्ष उमेरका […]

२०७८ आश्विन ५ गते, मंगलवार