स्वास्थ्य / शिक्षा

कोरोना संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, १९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोरोना संक्रमितको संख्या अरु दुई थपिएको छ । रुपन्देही र बाँकेका एक/एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले […]

२०७७ बैशाख १९ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा विद्यार्थीलाई राहत उपलब्ध गराउन माग

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कोभिड १९ को महामारी र लकडाउनको अवधिमा विद्यार्थीहरुलाई भोकभोकै बस्नुपर्ने स्थिति सिर्जना भएको भन्दै तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । सो संगठनको जिल्ला समिति रुपन्देहीले अध्ययनका लागी डेरा गरी बस्ने विद्यार्थीहरुलाई राहत उपलब्ध गराउन समेत माग गरेको छ । अखिल (क्रान्तिकारी) रूपन्देहीका जिल्ला […]

२०७७ बैशाख १८ गते, बिहीबार

अखिल क्रान्तिकारी सुनसरीद्वारा राहत वितरण

काठमाडौं , १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) मेची- कोशी क्षेत्रीय समन्वय समिती अन्तर्गत सुनसरी जिल्ला समितिले कोरोना महामारीका कारण समस्यामा परेका विद्यार्थी,मजदुर लगायत विपन्न परिवारलाई इटहरीमा राहत वितरण गरेको छ। जिल्ला अध्यक्ष नताशा सुवेदीको नेतृत्वमा ३५ जनालाई राहत वितरण गरेको हो। ‘२५० किलो चामलका साथै दाल राहत स्वरुप दिएका छौ । […]

२०७७ बैशाख १८ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा राहत वितरण

काठमाडौं, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट (क्रान्तिकारी)ले शहरमा बसेर पढिरहेका विद्यार्थी समस्यामा परेको भन्दै धरानमा राहत वितरण गरेको छ । सो संगठनको मची–कोसी क्षेत्रीय समन्वय समितिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण शहरमा बसेर पढिरहेका विद्यार्थी समस्यामा परेको भन्दै धरानमा राहत वितरण गरेको छ । क्रान्तिकारीको क्षेत्रीय समन्वय समितिको नेतृत्वमा प्रथम चरणमा राहत […]

२०७७ बैशाख १६ गते, मंगलवार

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको जनाएको छ । वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि संक्रमितको संख्या ५१ पुगेको हो । संक्रमित दुबै जना पर्साको वीरगञ्ज निवासी रहेको र उनीहरु दुबैको उमेर ५० वर्ष रहेको पनि मन्त्रालयले जनाएको छ । वीरगञ्जमा भेटिएका दुबै जना पुरूष […]

२०७७ बैशाख १४ गते, आईतवार

भुल्केमा विदेशबाट आएका युवाबाट कोरोना सरेको पुष्टि

काठमाडौं, १४ वैशाख । उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ । शनिबार त्रियुगा नगपालिका– ३ भुल्के पुगेका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले शुरुमा आफूहरु सबैले भुल्केमा २८ जनामा देखिएको कोराना सङ्क्रमण भुल्केको नुरी मस्जिदमा लुकेर बसेका भारतीय १२ मुस्लीम […]

२०७७ बैशाख १४ गते, आईतवार

चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा कोरोना सङ्क्रमणविरुद्ध सहकार्य गर्दै अघि बढ्न आह्वान

काठमाडौँ , १२ बैशाख । चिकित्सा शिक्षा सङ्घर्ष समिति, चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी र काठमाडौँ विश्वविद्यालय समितिले कोरोना सङ्क्रमणविरुद्ध सहकार्य गर्दै अघि बढ्न आह्वान गरेको छ । सो समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै देशमा कोरोनाले भयावह स्थिति लिँदै गर्दा सरकार स्वास्थ्य सामग्री खरिद भ्रष्टाचार, अग्रपङ्क्तिमा रहेका […]

२०७७ बैशाख १२ गते, शुक्रबार

कोरोनाविरूद्धकाे औषधि परीक्षणमै विफल

काठमाडौँ , १२ बैशाख । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमणविरुद्ध एक प्रभावकारी एन्टिभाइरल औषधिका रुपमा परीक्षण गरिएको औषधि असफल भएको छ । संगठनका अनुसार कोरोना विरुद्ध प्रभावकारी हुने भनी विश्वव्यापी आशा गरिएको यो औषधी पहिलो अनियमित क्लिनिकल परीक्षणमा असफल भएको हो । यस एन्टिभाइरल औषधीको नाम ‘रिमडेसिभिर’ (remdesivir) राखिएको छ । यो औषधि […]

२०७७ बैशाख १२ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा राहत वितरण

काठमाडौँ , ११ बैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले लकडाउनका कारण समस्यामा परेका विद्यार्थी र मजदूरलाई राहत वितरण गर्ने भएको छ । सो संगठनका ललितपुर अध्यक्ष अग्रिमले बुधबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण विद्यार्थी र दैनिक ज्यालादारी मजदूरको चुलो बल्न छोडेकोले राहत वितरण गरिरहेको बताउँदै सम्पर्क गर्न आग्रह गरेका हुन् । अग्रिमले जारी […]

२०७७ बैशाख ११ गते, बिहीबार

‘कोरोना भाइरसले अझै खराब स्थिति निम्त्याउनेछ’

काठमाडाैं, १० वैशाख । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानम घेब्रेयेसले कोरोनाका कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् । अमेरिकाले विश्व स्वास्थ्य संगठनको भूमिकाबारे निरन्तर आलोचना गरिरहँदा र भाइरस चीनले बनाएको हुनसक्ने आरोप लगाइरहँदा डा टेड्रोसले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले […]

२०७७ बैशाख १० गते, बुधबार