स्वास्थ्य / शिक्षा

भुल्केमा विदेशबाट आएका युवाबाट कोरोना सरेको पुष्टि

काठमाडौं, १४ वैशाख । उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ । शनिबार त्रियुगा नगपालिका– ३ भुल्के पुगेका प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनकुमार घिमिरेले शुरुमा आफूहरु सबैले भुल्केमा २८ जनामा देखिएको कोराना सङ्क्रमण भुल्केको नुरी मस्जिदमा लुकेर बसेका भारतीय १२ मुस्लीम […]

२०७७ बैशाख १४ गते, आईतवार

चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा कोरोना सङ्क्रमणविरुद्ध सहकार्य गर्दै अघि बढ्न आह्वान

काठमाडौँ , १२ बैशाख । चिकित्सा शिक्षा सङ्घर्ष समिति, चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी र काठमाडौँ विश्वविद्यालय समितिले कोरोना सङ्क्रमणविरुद्ध सहकार्य गर्दै अघि बढ्न आह्वान गरेको छ । सो समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै देशमा कोरोनाले भयावह स्थिति लिँदै गर्दा सरकार स्वास्थ्य सामग्री खरिद भ्रष्टाचार, अग्रपङ्क्तिमा रहेका […]

२०७७ बैशाख १२ गते, शुक्रबार

कोरोनाविरूद्धकाे औषधि परीक्षणमै विफल

काठमाडौँ , १२ बैशाख । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमणविरुद्ध एक प्रभावकारी एन्टिभाइरल औषधिका रुपमा परीक्षण गरिएको औषधि असफल भएको छ । संगठनका अनुसार कोरोना विरुद्ध प्रभावकारी हुने भनी विश्वव्यापी आशा गरिएको यो औषधी पहिलो अनियमित क्लिनिकल परीक्षणमा असफल भएको हो । यस एन्टिभाइरल औषधीको नाम ‘रिमडेसिभिर’ (remdesivir) राखिएको छ । यो औषधि […]

२०७७ बैशाख १२ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा राहत वितरण

काठमाडौँ , ११ बैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले लकडाउनका कारण समस्यामा परेका विद्यार्थी र मजदूरलाई राहत वितरण गर्ने भएको छ । सो संगठनका ललितपुर अध्यक्ष अग्रिमले बुधबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण विद्यार्थी र दैनिक ज्यालादारी मजदूरको चुलो बल्न छोडेकोले राहत वितरण गरिरहेको बताउँदै सम्पर्क गर्न आग्रह गरेका हुन् । अग्रिमले जारी […]

२०७७ बैशाख ११ गते, बिहीबार

‘कोरोना भाइरसले अझै खराब स्थिति निम्त्याउनेछ’

काठमाडाैं, १० वैशाख । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानम घेब्रेयेसले कोरोनाका कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् । अमेरिकाले विश्व स्वास्थ्य संगठनको भूमिकाबारे निरन्तर आलोचना गरिरहँदा र भाइरस चीनले बनाएको हुनसक्ने आरोप लगाइरहँदा डा टेड्रोसले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले […]

२०७७ बैशाख १० गते, बुधबार

अखिल क्रान्तिकारीद्वारा अलपत्र परेका विद्यार्थीलाई उद्धार र अनलाइन कक्षा सञ्चालन गर्न माग

काठमाडौं, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले लकडाउनका कारण सबभन्दा बढी विद्यार्थी मारमा परेकाले उद्धार र राहत उपलब्ध गराउन माग गरेको छ । कोठामा एक छाक खाने सामान नभएपछि हिँडेरै घर जान बाध्य भएको बताउँदै अखिल क्रान्तिकारीले उनीहरूलाई गन्तव्यसम्म पुर्याउन पनि माग गरेको छ । अखिल (क्रान्तिकारी) का उपत्यका विशेष क्षेत्रीय […]

२०७७ बैशाख ७ गते, आईतवार

डब्लुएचओद्वारा वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन अपिल

काठमाडौँ , ६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वन्यजन्तुको मासु प्रयाेगमा कडाइ गर्न निर्देशन दिएकाे छ । काेराेना भाइरस महामारीले संसारलाई नै आक्रान्त पारिरहेको वेला डब्लुएचओ वन्यजन्तुकाे मासुमा प्रतिबन्ध लगाउन सबै देशलाई आग्रह गरेको हाे । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहनाम घेब्रेयेससले सबै देशका सरकारलाई अपिल गर्दै कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर वन्यजीवको मासुमा कडा […]

२०७७ बैशाख ६ गते, शनिबार

चीनबाट औषधि र स्वास्थ्य सामग्री आइ पुग्यो

काठमाडाैं, ५ वैशाख । नेपाल वायु सेवा निगमका दुई वाइडबडी ए–३३० जहाज चीनको ग्वान्झाउबाट औषधि र स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगेका छन् । बिहीबार राति व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ उडेका थिए । नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् […]

२०७७ बैशाख ५ गते, शुक्रबार

कोरोना भाइरस : मर्नेकाे संख्याभन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी

काठमाडाैं, ४ वैशाख । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको कोरोना भाइरस {कोभिड-१९} को महामारी अहिले विश्वका सबैजसो देशमा फैलिएको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना लागेकाहरूमध्ये मर्नेकाे संख्याभन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी रहेकाे छ । संक्रमितमध्ये ६.४६ प्रतिशतकाे मात्रै मृत्यृ भएकाे छ भने २४.४८ प्रतिशत पूर्णरूपमा निकाे भएका छन् । […]

२०७७ बैशाख ४ गते, बिहीबार

कोरोना स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक !

काठमाडौं, २ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डाक्टर टेड्रोस एदनाम गेब्रियससले कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएकोबताएका छन । कोरोना भाइरस विश्वभरबाट निर्मुल गराउन भ्याक्सीनको विकल्प नरहेको डाक्टर गेब्रियससको ठहर छ । उनले २००८ मा फैलिएको स्वाइनफ्लु स्मरण गर्दै भने – ‘त्यो भन्दा कोरोना भाइरस १० गुना खतरा छ ।’

२०७७ बैशाख २ गते, मंगलवार