स्वास्थ्य / शिक्षा

नौ वर्षदेखि एक्स-रे मेशिन प्रयोगविहीन

काठमाडौं ,११ चैत । स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको एक्स-रे मेशिन चलाउने प्राविधिक नभएर नौ वर्षदेखि प्रयोगविहीन भएको छ । तेह्रथुमको आठराई गाउँपालिकास्थित संक्रान्तिबजार प्राथमिक स्वास्थ्य केन्द्रमा प्राविधिक नहुँदा नौ वर्षदेखि एक्स–रे मेशिन प्रयोगविहीन भएर थन्किएको बताइएको छ । स्वास्थ्य केन्द्रमा दुई वटा एक्स रे मेसिन छन् तर दक्ष प्राविधिक नहँदा मेशिन प्रयोगविहीन भएको हो […]

२०७४ चैत्र ११ गते, आईतवार

निःशुल्क पाइने औषधि बिक्री गर्नेलाई कारवाहीको माग

काठमाडौं, ९ चैत । सरकारले निःशुल्क उपलब्ध गरेको औषधिलाई मनोमानी ढंगले शुल्क लिने स्वास्थ्य चौकीका कर्मचारीलाई रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्जाङ कार्यालयले गाउँपालिकामा कारबाहीको माग गरेको छ। मानेभञ्जाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिएको औषधि स्वास्थ्य चौकी प्रमुख सोनु साहले शुल्क लिएर बेच्ने गरेको खुलासा भएपछि कार्यालयले गाउँपालिकालाई कारबाहीको सिफारिस गरिएको हो। […]

२०७४ चैत्र ९ गते, शुक्रबार

भँगेरा लोप हुन थाले

काठमाडौं, ८ चैत्र । जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुरलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने गरेका छन् । हुलका हुल देखिने भँगेरा हाल कम मात्रै देखिने गरेको स्थानीयवासीको भनाइ छ । कञ्चनपुरलगायत तराईका […]

२०७४ चैत्र ८ गते, बिहीबार

परीक्षा रोकेरै छाड्ने अस्थायी शिक्षकहरुकाे उदघोष

काठमाडौं, ८ चैत । शिक्षक सेवा अायाेगले यहि २३ गतेकाे तोकेको परीक्षा जसरी पनि राेक्ने अस्थायी शिक्षकहरुले चेतावनी दिएका छन् । परिक्षा तत्काल स्थगित गर्नु पर्ने र हाल सम्म नियुक्ति लिएका सबै शिक्षकलाई सामान्य प्रकृया पुर्याएर स्थायी गर्नु पर्ने समितिका केन्द्रीय सचिब तथा कार्यबाहक अध्यक्ष हरिबंश पराजुलिले बताए । २ बुदे माग राखेर शिक्षकहरु अामरण […]

२०७४ चैत्र ८ गते, बिहीबार

एसईई सुरु

काठमाडौं, ८ चैत । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) आजवाट शुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण […]

२०७४ चैत्र ८ गते, बिहीबार

स्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी घाइते

काठमाडौं, ७ चैत । अमेरिकाको मेरिल्याण्डस्थित एक हाईस्कूलमा एक बन्दुकधारीले गोली प्रहार गर्दा दुई जना बिद्यार्थी घाइते भएका छन् । गोली हान्ने व्यक्ति सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घाइते विद्यार्थी मध्ये १६ बर्षीया छात्राको अवस्था गम्भीर छ भने १४ बर्षीय छात्र भने सामान्य रहेको जनाइएको छ । गोली हान्ने १७ बर्षीय युवक घाइते छात्राका पूर्व […]

२०७४ चैत्र ७ गते, बुधबार

एसइईमा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

काठमाडौं , ४ चैत । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षामा चिट चोर्ने / चोराउनेलगायतका अमर्यादित गतिविधि भएमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने बोर्डले जनाएको छ । यस बर्ष एसइईमा प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । ४ लाख ८५ हजार ८ सय ८६ […]

२०७४ चैत्र ४ गते, आईतवार

बदलिँदै पाठ्यक्रम : कक्षा १ र ११ को पुस्तक यसै वर्ष फेरिने

काठमाडौं, ४ चैत । कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको हो । ‘संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ल्याउन लागेका हौं,’ पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद […]

२०७४ चैत्र ४ गते, आईतवार

५२ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं, ३ चैत । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २५३औं हप्तामा शनिबार थापाथलीस्थित नदी क्षेत्रमा सफाइ गरी २० मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत सामाजिक […]

२०७४ चैत्र ३ गते, शनिबार

यौन हिंसा गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष पक्राउ

काठमाडौँ, ३ चैत । ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्कीलाई छात्रालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ललितपुर महनगरीय प्रहरी बृत्त सातदोबाटोले दिएको जानकारी अनुसार कार्कीले १७ वर्षीया छात्रालाई होस्टेलमा दुव्र्यबहार गरेपछि ती छात्राले उक्त घटनाबारे आफ्नो परिवारलाई जानकारी गराएकी थिईन् । त्यसपछि परिवारले प्रहरीमा खबर गरेका थिए । छात्रामाथि दुव्र्यबहारको सूचनाको […]

२०७४ चैत्र ३ गते, शनिबार