स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीद्वारा चार कलेजमा तालाबन्दी

काठमाडौं, १६ माघ । अनेरास्ववियु (क्रान्तिकारी) दाङले तुलसीपुरमा रहेका चार शैक्षिक संस्थामा ताला लगाएको छ । नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीले सिटीईभिटीबाट सम्बन्धन लिएको भन्दै विद्यार्थीलाई झुटो बोलेर पैसा असुल गरिरहेका शैक्षिक संस्थाहरुमा तालाबन्दी गरेको हो । संगठनका दाङ सचिव अमर खड्काका अनुसार २० हजारदेखि ५० हजारसम्म शुल्क लिनुपर्ने ठाउँमा ६० हजारदेखि एकलाखसम्म रकम […]

२०७४ माघ १६ गते, मंगलवार

कारागारमा मनोसामाजिक अस्पताल

काठमाडौं, १५ माघ । ललितपुरस्थित नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । यस कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउँछन् । उनले […]

२०७४ माघ १५ गते, सोमबार

वर्षेनी तीन हजार नयाँ कुष्ठरोगी

काठमाडौं, १४ माघ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परिरहेका छन् । यस वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता लागेका छन् । संगठनका सदस्य राष्ट्रले कुष्ठरोगी घटाउनुपर्नेमा झनै बढिरहेको छ । सन् २०१० (विसं २०५७ तिर) मा नेपाल […]

२०७४ माघ १४ गते, आईतवार

क्यान्सर बिरामीमा किसान बढी !

काठमाडौं, १२ माघ । राष्ट्रिय क्यान्सर रजिस्ट्रीको १० वर्षे रिपोर्टमा क्यान्सर उपचारका लागि अस्पताल आउनेमा कृषि पेशामा आवद्ध बताउने अधिक छन् । यो विवरण कै आधारमा क्यान्सर र कृषिबीचको सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ । ‘यो प्रारम्भिक जानकारी हो, बिरामीले अस्पतालमा टिपाएको जानकारी हो । यसै आधारमा क्यान्सर किसानलाई बढी हुँदोरहेछ भनेर ठोकुवा गर्न […]

२०७४ माघ १२ गते, शुक्रबार

नेपालको हावा विश्वकै खराब !

काठमाडौं, ११ माघ । नेपालको हावाको गुणस्तर विश्वकै खराब भएको पछिल्लो अध्ययनले देखाएको छ । सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी येल विश्वविद्यालय र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको छ । यसले नेपाली हावाको गुणस्तर निकै खराब रहेको देखाएको छ […]

२०७४ माघ ११ गते, बिहीबार

विद्यार्थीले गोली चलाए, दुई जना मारिए, १७ घाइते

काठमाडौं, १० माघ । अमेरिकाको केन्टकी राज्यमा गोली हानेर दुई जनाको हत्या गरिएको छ । एक उच्च माध्यमिक विद्यालयमा त्यही पढ्ने विद्यार्थीले हानेको गोली लागेर १५ वर्षका छात्र र छात्रा मारिएका हुन् । घटनामा १७ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न छात्रलाई पक्राउ गरी अनुसन्धान थालेको त्यहाँको […]

२०७४ माघ १० गते, बुधबार

निःशुल्क औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने तयारी

काठमाडौं, ९ माघ । स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयअन्तर्गतको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिले ७० प्रकारका औषधि स्वदेशमै उत्पादन गरी स्वदेशी उत्पादकसँग मूल्य […]

२०७४ माघ ९ गते, मंगलवार

निजी कलेजद्वारा लाखौं असुली

काठमाडौं, ८ माघ । २१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए । तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा डिन खोज्दै हिँडेका छन्। मेरिट (योग्यता) सूचीका आधारमा […]

२०७४ माघ ८ गते, सोमबार

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

काठमाडौं , ७ माघ । सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेको छ । संघर्ष समितिले विभिन्न ३ बुदे माग अघि सार्दै केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । विश्वविद्यालय र क्याम्पसबीच समायोजन सम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा रहेका छन् । सोही अवस्थामा समायोजन गर्नुपर्ने, […]

२०७४ माघ ७ गते, आईतवार

अखिल क्रान्तीकारीद्वारा स्वास्थ्य शिबिर संचालन

काठमाडौँ, ६ माघ । अखिल क्रान्तीकारी काठमाडौँ बिश्वबिद्यालय क्षेत्रीय समन्वय समितिको आयोजना तथा जनगणतान्त्रिक काठमाडौँ – दैलेख सम्पर्क मन्चको व्यवस्थापनमा दैलेखको ठाटीकान्धा गाउपलिकामा दुई दिने निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । शिबिरमा आँखा , दात , प्रसुतिलगायतका सम्पूर्ण रोगको निशुल्क जाच गरी निशुक औषधि बितरण गरिने बताइएको छ । नेकपा दैलेखका सेक्रेटरी बिबेक र […]

२०७४ माघ ६ गते, शनिबार