स्वास्थ्य / शिक्षा

१६ जना डाक्टरको काम डा.प्रभु एक्लैले भ्याउँदै

काठमाडौँ, १७ मंसिर । १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजनामात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहेका छन् । नौजना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पुर्‍याउनुपर्ने ५० श्यैय्याको जिल्ला अस्पतालमा एकजनामात्र विशेषज्ञ डाक्टर प्रभु शाह सेवारत छन् । […]

२०७४ मंसिर १७ गते, आईतवार

शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा

काठमाडौ, १७ मंसिर । मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन्। धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला स्थानीय होटल व्यवसायीले खरिद […]

२०७४ मंसिर १७ गते, आईतवार

पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो

काठमाडौं, १६ मंसिर । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका प्राप्त समाचारमा जनाइएको छ । गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको […]

२०७४ मंसिर १६ गते, शनिबार

अमलाका फाइदाहरु …..

काठमाडौं, १५ मंसिर । अमला हामीमध्ये धेरैलाई मन पनि पर्छ तर कतिलाई यो अमिलो हुने भएकाले मन नपर्न पनि सक्छ। कसैको नजरमा पर्ने र कसैले नजरअन्दाज गर्ने अमलाले हाम्रो शरिरलाई निकै फाइदा पुर्याइरहेको हुन्छ। एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ। मेडिकल डाइटिसियन डा अमिता सिंहका अनुसार भिटामिन सी का अन्य स्रोत जस्तै […]

२०७४ मंसिर १५ गते, शुक्रबार

१२ हजार क्षयरोगी सम्पर्कबाहिर

काठमाडौँ, १३ मंसिर । नेपालमा ४४ हजार क्षयरोगी छन् । तीमध्ये ३२ हजार बिरामीमात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । टीबीका बिरामीको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षणानुसार ४४ हजार बिरामी हुनसक्ने अनुमान गरिएपनि १२ हजार बिरामी अझै सम्पर्कमा नआएको क्षयरोग केन्द्रका परामर्शदाता छाती विशेषज्ञ डा. […]

२०७४ मंसिर १३ गते, बुधबार

अस्पतालका चिकित्सक क्लिनिकमुखी

काठमाडौं, १३ मंसिर । मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले गरेको लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुःखेसो पोखेका छन् । अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमुखी नभएर निजी क्लिनिकमुखी भएको र अस्पतालमा दिइने समय र सेवाभन्दा बढी निजी क्लिनिकमा दिने गरेको कारण अस्पतालको सेवामा गुणस्तर बढ्न नसकेको सहभागीले औँल्याउँदै राज्यबाट लिइने सुविधा चिकित्सकले दुरुपयोग गर्ने कारणले […]

२०७४ मंसिर १३ गते, बुधबार

रिसाहाको मृत्यु छिटो !

काठमाडौ, १२ मंसिर । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको देखाएको छ । भनिन्छ रिस खा आफु, बुद्धि खा अरु । अर्थात् रिसले आफैलाई खान्छ भने अरुलाई खानका लागि बुद्धि चाहिन्छ । लोवा बिश्वबिद्यालयमा गरिएको अनुसन्धान अनुसार बारम्बार रिसाउने मानिसमा रिस नउठ्ने मानिसको तुलनामा अकाल मृत्युको खतरा डेढ गुणा बढी […]

२०७४ मंसिर १२ गते, मंगलवार

डेण्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द

काठमाडौ, ९ मंसिर । बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेण्टल क्लिनिकको सेवा […]

२०७४ मंसिर ९ गते, शनिबार

दुई नर्सको भरमा ५२ बिरामी

काठमाडौ, ८ मंसिर । मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्त अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या छन् । वार्ड सधैंजसो भरिभराउ हुन्छ तर बिरामीलाई हेरचाह गर्ने दुई नर्समात्र […]

२०७४ मंसिर ८ गते, शुक्रबार

​देशभर चिसो बढ्दै

काठमाण्डौं . ५ मंसिर । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा मंगलबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियसमा झरेको जनाएको छ । सोमबार ८ दशमलव ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको हो । राती आकाश खुलेको तथा जाडो महिना सुरु भैसकेकाले देशभरी कै न्यूनतम तापक्रम घटेको मौसमविद्ले बताएका छन् […]

२०७४ मंसिर ५ गते, मंगलवार