स्वास्थ्य / शिक्षा

ईपीएस परीक्षा जेठ २७ देखि

काठमाडौं, २४ जेठ । ईपीएस कोरियन भाषा परीक्षा जेठ २७ र २८ गते हुने भएको छ । ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीका अनुसार जेठ २७ र २८ गते गरेर ४ सिफ्टमा परीक्षा गर्न लागिएको छ । त्यसका लागि काठमाडौंमा १७ र ललितपुरमा ९ वटा परीक्षा कैन्द्र निर्धारण गरिएको छ । गतवर्षहरुमा पोखरमा पनि परीक्षा […]

२०७४ जेष्ठ २४ गते, बुधबार

विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग

काठमाडौं, २४ जेठ । सरकारद्वारा घोषित स्थानीय तहको चुनाव खारेजी अभियानका क्रममा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का ६ जना विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई रिहा नगरिएकोमा सत्तारुढ दलका विद्यार्थीसँग सम्बन्धित संगठन लगायत सात विद्यार्थी संगठनहरुले तीब्र विरोध गर्दै तुरुन्त रिहाको लागि माग गरेका छन् । उनीहरुले मंगलबार एक संयुक्त विज्ञप्ति प्रकाशित गरी विद्यार्थी […]

२०७४ जेष्ठ २४ गते, बुधबार

अवैध टेक्नीकल कलेजका संचालक अखिल क्रान्तिकारीको फन्दामा

काठमाडौं, २३ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अवैध टेक्नीकल कलेज संचालकलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको छ । अखिल क्रान्तिकारीले बाँकेको कोहलपुरस्थित ‘शिवालय टेक्निकल कलेज’ का संचालक दिपेन कठायत र जनक वडुवाललाई सोमबार पक्राउ गरी प्रहरीलाई बुझाएको हो । उक्‍त कलेज अवैध रुपमा संचालन गरेको र सिटीइभिटीबाट सम्बन्ध नै लिएको प्राविधिक विषय अध्यननको […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

बाथरोगबारे जनचेतना फैलाउन आवश्यक

काठमाडौं, २२ जेठ । बाथरोगबारे चर्चा गर्न र जनचेतना फैलाउने आवश्यक रहेको चिकित्सकले बताएका छन् । नेसनल बाथरोग सेन्टरको चौथो वार्षिकोत्वको अवसरमा सोमबार (आज) यहाँ आयोजित कार्यक्रममा चिकित्सकले हातखुट्टा दुख्दा बाथ रोग हो भन्ने अनुमान गरेपनि कसरी लाग्छ, उपचार के हो भन्नेबारे अझै अनभिज्ञता रहेको बताएका थिए । बाथरोगले शरीरमा प्रत्यक्ष असर पार्ने समस्याका बारेमा […]

२०७४ जेष्ठ २२ गते, सोमबार

औषधिको चरम अभाव

काठमाडौं, २० जेठ । बाजुराको विकट उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको छ । दैनिक झाडापखालाका दशदेखि १२ जनासम्म बिरामी आउने भएपनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताए । छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात घरफकिन् । […]

२०७४ जेष्ठ २० गते, शनिबार

शिक्षा नियमावली पारित

काठमाडौं, २० जेठ । शिक्षा ऐन आठौं संशोधन भएको १० महिनापछि नियमावली आएको छ । गएको असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । शुक्रबार मन्त्री परिषद् अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली पारित गरेको छ । नियमावली आउन ढिलाई हुँदा शिक्षा क्षेत्रमा अन्यौलता बढेको थियो । शिक्षा नियमावली पारित भएसँगै नेपालको शिक्षा प्रणालीमा नयाँ युगको […]

२०७४ जेष्ठ २० गते, शनिबार

एन्टिरेबिजको अभाव

काठमाडौं, १९ जेठ । महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मीसँगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको महोत्तरी जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । यसअघि कहिलेकाहीँ एक/दुईजना बिरामी मात्र आउने जिल्ला अस्पतालमा गर्मी बढेसँगै अहिले दैनिक […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

आज विश्व धूमपानरहित दिवस

काठमाडौं, १७ जेठ । आज विश्व धूम्रपानरहित दिवस ,धुम्रपानका कारण स्वास्थ्यमा पार्ने असर र त्यसले निम्त्याएको क्षतिबारे सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदैछ । सूर्तिजन्य पदार्थको नेपाल लगाएत विश्वका धेरै मुलुकमा बिक्रि वितरणमा सरकारले चर्को कर लगाएपनि ब्यापारमा भने कमि आएको देखिन्न । नेपालमा सूर्तिजन्य पदार्थको सेवनाका कारण बार्षिक २५ हजार मानिसको मृत्यु हुने गरेको एक […]

२०७४ जेष्ठ १७ गते, बुधबार

अब स्वास्थ्य बिमा अनिवार्य

काठमाडौँ, १६ जेठ । सरकारले आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्यसहित राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई तीव्रता दिने योजना अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड रुपियाँ विनियोजन गरिएको छ । सङ्घीय संरचनाअनुसार तर्जुमा गरिएको बजेट कार्यक्रममा जिल्ला स्वास्थ्यले गर्ने सम्पूर्ण कार्य अब स्थानीय […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

भारतमा जिका भाइरस सक्रमण

काठमाडौं, १४ जेठ । भारतमा जिका भाइरस देखापरेको छ । जिका भाइरसबाट तीन भारतीय महिला संक्रमित भएको जनाइएको छ । भारतको गुजरात र अहमदाबादका तीन गर्भवती महिलामा जिका भाइरस देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहिलो पटक अफ्रिकी मुलुकमा देखा परेकोमा ब्राजिलका गर्भवती महिलाहरु बढी संक्रमित भएको पाईएको […]

२०७४ जेष्ठ १४ गते, आईतवार