स्वास्थ्य / शिक्षा

भदाै १६ र १७ गते शैक्षिक हड्ताल

काठमाडौं, १३ भदौ । नेकपा (माअाेवादी) निकट अखिल (क्रान्तिकारी) मकवानपुरले भदाै १६-१७ गते शैक्षिक संस्था हड्तालकाे घाेषणा गरेकाे छ । अखिल क्रान्तिकारीका जिल्ला सचिव प्रेम शाहीलाई प्रहरीले पक्राउ गरेकाे विराेधमा साे घाेषणा गरेकाे हाे । शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यलाई कालाेमाेसाे दलेकाे अाराेपमा शाहीलाई प्रहरीले पक्राउ गरेकाे छ । साेमबार पत्रकार सम्मेलनकाे अायाेजना गरी अखिल […]

२०७३ भाद्र १३ गते, सोमबार

अस्थायी शिक्षकद्वारा बालुवाटार घेराउ

काठमाडौं, १३ भदौ । अस्थायी शिक्षकहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । उनीहरुले सबै अस्थायी शिक्षकलाई प्रक्रिया पु-याएर स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका हुन् । राज्यले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको भन्दै उनीहरुले शान्तिपूर्ण रुपमा राखेका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सबै अस्थायी […]

२०७३ भाद्र १३ गते, सोमबार

नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई के गर्ने भन्नेबारे अन्यौल

काठमाडौं, १३ भदौ । स्पष्ट कानुन नहुँदा नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई के गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालय अलमलमा परेको छ । नेपाल मेडिकल काउन्सिल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले संयुक्त रुपमा गरेको छानबिनमा तीनजना सरकारी चिकित्सक नक्कली प्रमाणपत्रधारी परेका थिए । छानबिनमा परेका तीन जनामध्ये लुम्बिनी अञ्चल अस्पतालका नवौँ तहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा […]

२०७३ भाद्र १३ गते, सोमबार

त्रिवि पदाधिकारीबाट प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, १२ भदौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेट गरी विश्वविद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् । विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँको नेतृत्वमा गएको टोलीले त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिँदै विश्वविद्यालयको गतिविधिबारे अवगत गराएको हो । सो अवसरमा विश्वविद्यालयका पदाधिकारीले संसारकै ठूलो विश्वविद्यालयको रुपमा छवि बनाएको त्रिविलाई […]

२०७३ भाद्र १२ गते, आईतवार

नक्कली परीक्षार्थी कालोसूचीमा

काठमाडौ, १२ भदौ । जुम्लामा अर्काको नाममा परीक्षा दिँदै गरेका चार परीक्षार्थीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कालोसूचीमा राखेको छ । शनिबार चन्दननाथ उमावि जुम्लामा भएको एचए सङ्कायको परीक्षामा चार परीक्षार्थीले अर्कैको सट्टामा परीक्षा दिइरहेको भेटिएको प्रतिष्ठानका डिन गायत्री राईले बताउनुभयो । “गतवर्ष झैँ यसवर्ष पनि गलत हर्कत गर्न खोज्ने चारै परीक्षार्थीलाई नियन्त्रणमा लिएर उनीहरुको […]

२०७३ भाद्र १२ गते, आईतवार

चिकित्सक सङ्घको निर्वाचन हुदै

काठमाडौँ, ११ भदौ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । यही भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते हुने दुई चरणको निर्वाचनमा पेसागत समावेशी चिकित्सक समूह र प्रजातान्त्रिक चिकित्सक समूहबीच प्रतिस्पर्धा हुने भएको हो । तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह […]

२०७३ भाद्र ११ गते, शनिबार

रातारात करोडपति बन्न बिरामीलाई झोला भरि औषधि

काठमाडौ, १० भदौ । तपाईलाई टाउको दुख्यो या ज्वरो आयो भने तपाई कहाँ जानुहुन्छ ? औषधि पसलमा जानुहुन्छ अनि मेडिकलवालाले दिएको औषधि पैसा तिरेर लिनुहुन्छ र खानुहुन्छ तर तपाईले कहिल्यै सोच्नु हुन्न कि औषधि पसलेले विशेषज्ञ डाक्टरको स्वीकृति विना औषधि बेच्न पाउदैन भन्ने कुरा । तपाई विशेषज्ञ डाक्टरकोमा स्वास्थ्य परीक्षण गर्नुभन्दा पहिले औषधि पसलेको मै […]

२०७३ भाद्र १० गते, शुक्रबार

भूकम्पमा क्षतिग्रस्त विद्यालयलाई सहयोग

काठमाडौं, १० भदौ । बागलुङमा भूकम्पबाट क्षतिग्रस्त बनेको जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर उच्च माविको भवन निर्माणका लागि पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका पूर्वविद्यार्थीले १२ लाख ५७ हजार २९८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उक्त रकम हाल रोजगारीका लागि अमेरिकामा रहेका पूर्वविद्यार्थी जयप्रकाश श्रेष्ठको नेतृत्वमा सङ्कलन भएको विद्यालयले […]

२०७३ भाद्र १० गते, शुक्रबार

नाबालकको उपचारमा ६७ हजार रुपैयाँ सहयोग

काठमाडौं, ९ भदौ । सिन्धुली कपिलाकोट–८ भुताहाका बुद्धराज स्याङ्तानका ट्युमरबाट पीडित नाबालाक छोराको उपचारमा शेर्पा सन्चार नेपालको निबर्तमान अध्यक्ष डोमा शेर्पाको पहलमा ६७ हजार रुपैया सहयोग जुटेको छ । जन्मँदै ट्युमर देखिएपछि पीडित बच्चाको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । काँध र पेटमा ट्युमर देखिएका बच्चाको उपचारमा आर्थिक अभाव भएपछि बच्चाको उपचारका लागि […]

२०७३ भाद्र ९ गते, बिहीबार

प्रसूति गृहलाई अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने

काठमाडौँ, ९ भदौ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ५७औँ वार्षिकोत्सवको अवसरमा निर्देशक प्रा डा जागेश्वर गौतमले अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने बताएका छन । निकट भविष्यमै मिडवाइफ्री-नर्सिङ कलेज सञ्चालन गर्ने, आफ्नै औषधि पसल खोल्ने, सिटीस्याक्न र एमआरआई सेवा सुरु गर्ने, स्याटेलाइट अस्पताल सञ्चालन गर्ने, अक्सिजन प्लान्ट सुरु […]

२०७३ भाद्र ९ गते, बिहीबार