शिक्षा विधेयक पारित
काठमाडौं, २३ जेठ । व्यवस्थापिका–संसदले शिक्षा (आठौ संशोधन) विधेयक २०७२ लाई शनिबार पारित गरेको छ । बैठकमा सभामुख ओनसरी घर्तीले उक्त विधेयकलाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । यसअघि बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत् गरेका थिए […]
२०७३ जेष्ठ २३ गते, आईतवार