स्वास्थ्य / शिक्षा

एक दिन पछि सर्‍यो अनेरास्ववियूको महाधिवेशन

काठमाडौं, २६ माघ । अनेरास्ववियूको महाधिवेशन एक दिन पछि सरेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सुशील कोइरालाको निधनका कारण एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन उदघाटन समारोह एक दिन पछि सरेको हो । बुधबार हुने भनिएको उदघाटन बिहीबारसम्म सारिएको बताइएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने अनेरास्ववियुको महाधिवेशनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय […]

२०७२ माघ २६ गते, मंगलवार

दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु

काठमाडौ, २४ माघ । बाल स्वास्थ्य महाशाखाले आजदेखि दादुरा र रुवेला विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । अभियान अन्तर्गत सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलका ३३ जिल्लामा दादुरा र रुवेला विरुद्धको खोप लगाइने महाशाखाले जनाएको छ । पहिलो चरणमा भुकम्पबाट अति प्रभावित १४ जिल्लामा खोप अभियान संचालन गरिएको थियो । दोस्रो चरणमा भने ३३ जिल्लाका […]

२०७२ माघ २४ गते, आईतवार

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

काठमाडौं, २३ माघ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा एकलौटी निर्णय गरिएको भन्दै तालाबन्दी गरेको छ । विश्वविद्यालयका सबै प्राध्यापक सङ्घ र विद्यार्थी सङ्गठनसँग छलफलनै नगरी एकलौटी रुपमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतले भागबन्डाका आधारमा डिन, रजिस्ट्रार र परीक्षा नियन्त्रक नियुक्त गरेकाले त्यसको विरोधमा तालाबन्दी […]

२०७२ माघ २३ गते, शनिबार

सुनसरी बर्डफ्लुको जोखिममा

काठमाडौं, २२ माघ । जिल्ला पशुसेवा कार्यालय सुनसरीले सुनसरीका १२ वटा गाविस बर्डफ्लुको उच्च जोखिममा रहेको जनाएको छ । सदरमुकाम इनरुवामा बिहीबार सम्पन्न चोरीपैठारी नियन्त्रण कार्यक्रममा कार्यालय प्रमुख शिवनाथ महतोले सुनसरीका सीमा क्षेत्रसँग जोडिएका १२ वटा गाविसमा बर्डफ्लुको खतरा नरहे पनि सीमा नाकाका कारण १२ गाविस बर्डफ्लुको चपेटामा प्रत्यक्ष पर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन […]

२०७२ माघ २२ गते, शुक्रबार

आज विश्व क्यान्सर दिवस

काठमाडौ, २१ माघ । आज विश्व क्यान्सर दिवस, हामी सक्छौं र म सक्छु भन्ने नाराका साथ नेपालमा पनि विभिन्न गैरसरकारी तथा सरकारी निकायले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदैछन् । दिवसको यसवर्षको नारा हामी सक्छौं र म सक्छु भन्ने तय गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अर्थात क्यान्सर बारे बुझेर समयमै उपचार गरे क्यान्सर निको […]

२०७२ माघ २१ गते, बिहीबार

चौवासमा सचेतना कार्यक्रम

काठमाडौं, २० माघ । महिला तथा बालकालिका सेवा केन्द्र काभ्रेद्धारा स्वास्थ्य चौकी चौवासमा मंगलबार महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले नागरिकबाट उठेका जिज्ञासाहरुको सुनुवाई र संबोधन गर्नु भई पीडितलाई कानून वमोजिम न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्थानीय […]

२०७२ माघ २० गते, बुधबार

पतिको सम्झनामा क्याम्पसलाई रु एक करोड सहयोग

काठमाडौं, २० माघ । मुस्ताङको एक क्याम्पस सञ्चालनार्थ पोखरा–१६ दिपकी निराला तुलाचनले आफ्नो स्वर्गीय पतिको सम्झनामा रु एक करोड सहयोग गर्नुभएको छ । सदरमुकाम जोमसोममा अवस्थित जनहित बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि तुलाचनले उक्त राशिको सहयोग गर्नुभएको हो । पूख्र्यौली घर कुञ्जो गाविसमा भए पनि तुलाचन परिवार लामो समयदेखि पोखराको दीपमा बस्दै आएका छन् […]

२०७२ माघ २० गते, बुधबार

नेपालमा पनि जिका भाइरसको सन्त्रास

काठमाडौ, २० माघ । विश्वमै जिका भाइरसको सन्त्रास फैलिएका बेला नेपालमा पनि त्यसको जोखिम देखिएको छ । थाइल्याण्डमा समेत जिका भाइरस देखिएकाले नेपालमा थप जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । तर नेपालमा रोग पहिचान गर्न सक्ने परीक्षण सुविधा उपलब्ध छैन । यस्तो स्थितिमा मुलुकमा रोग संक्रमणको उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् । जिका भाइरस […]

२०७२ माघ २० गते, बुधबार

बीपी प्रतिष्ठानका कर्मचारी काम छाडेर आन्दोलनमा

काठमाडौ, १९ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सम्पूर्ण कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन् । प्रतिष्ठान व्यवस्थापनले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानले मनोमानी ढंगले कोठा भाडा लिन सुरु गरेको, विद्युत् शुल्क बढाएको र स्वास्थ्य बिमा शुल्क बढाएको भन्दै प्रतिष्ठानका […]

२०७२ माघ १९ गते, मंगलवार

जिका संक्रमण : ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

काठमाडौं, १९ माघ । विश्व स्वास्थ्य संगठनले जिका भाइरसको संक्रमणलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । जिका भाइरसको संक्रमण रोक्न तथा यसको प्रभाव कम गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा भइरहेका प्रयासलाई तीब्रता दिनुपर्नेमा संगठनले जोड दिएको छ । जिका भाइरसको संक्रमण र यसबाट बच्नका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्न जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको आकस्मिक […]

२०७२ माघ १९ गते, मंगलवार