स्वास्थ्य / शिक्षा

आज राष्ट्रिय योग दिवस

काठमाडौं, १ माघ । आज ‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदैछ । सरकारले प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरे अनुरुप यो दिवस मनाउन थालिएको हो । यसै अवसरमा शिक्षा मन्त्रालयको अगुवाईमा आज राजधानीको शान्ति वाटिकाबाट र्‍याली निकालियो । र्‍याली नगरका विभिन्न […]

२०७२ माघ १ गते, शुक्रबार

कक्षा ११ को परीक्षाफल सार्वजनिक

काठमाडौँ, ३० पुस । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको परिषद्का उपाध्यक्ष डा. […]

२०७२ पुष ३० गते, बिहीबार

कक्षा ११ को परीक्षाफल सार्वजनिक हुदै

काठमाडौ, ३० पुस । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । सबै तयारी पुरा भइसकेकाले आज परीक्षाफल प्रकाशित गर्ने उच्च शिक्षा माध्यामिक शिक्षा परिषदले जनाएको छ । परीक्षाफल प्रकाशित गर्नुअघि अहिले परीक्षा समितिको बैठक बस्दैछ । परीक्षा उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले आज परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको बताए […]

२०७२ पुष ३० गते, बिहीबार

मिथिलेश्वर माविमा झडप, विद्यार्थीले मोटरसाइकल जलाए

काठमाडौ, २८ पुस । धनुषाको मिथिलेश्वर मौवाहीस्थित मिथिलेश्वर माविमा प्रध्यानाध्यापकसँग विवाद बढेपछि विद्यार्थीले दुईओटा मोटरसाइकल जलाइदिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रध्यानाध्यापकलाई हटाउनुपर्ने माग गर्दै विद्यार्थी विरोधमा उत्रेपछि तनाव सिर्जना भएको थियो । प्रध्यानाध्यापक लष्मेश्वर मण्डलले विद्यालयको हिनामिना गरेको भन्दै विद्यार्थी विरोधमा उत्रेको बताइएको छ । विज्ञान, सामाजिकसहितको विषयका शिक्षकलाई हटाएर योग्य शिक्षकलाई […]

२०७२ पुष २८ गते, मंगलवार

कक्षा ११ को नतिजा यसै हप्ता आउने

काठमाडौ, २८ पुस। उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाको नतिजा आगामी दुई दिन भित्रमा सार्वजनिक गर्ने बताएको छ । उच्च शिक्षा माध्यामिक शिक्षा परिषदले पर्सीसम्ममा परीक्षा प्रकाशित गर्ने बताएको हो । परिषदका उपाध्यक्ष तथा परीक्षा समितिका अध्यक्ष चैतन्य शर्माले यो महिनाभित्र प्रकासित हुने जानकारी दिए । आज हुने सम्भावना कम छ, तर कहिले […]

२०७२ पुष २८ गते, मंगलवार

बढ्दैछ जुम्ल्याहा जन्मिने दर

काठमाडौँ । अमेरिकामा पछिल्लो समय जुम्ल्याहा बच्चा जन्मिने दरमा वृद्धि भएको छ । अघिल्लो वर्ष सन् २०१४ अमेरिकामा जुम्ल्याहाको वर्षको रुपमा रहेको समेत पछिल्लो तथ्यांकले देखाएको छ । अमेरिकामा सन् २०१४ मा प्रति एक हजार बच्चामा ३३.९ जुम्ल्याहा बच्चा जन्मिएका छन् । अमेरिकामा जुम्ल्याहा बच्चा जन्मिएको यो दर अहिलेसम्मकै धेरै हो । अमेरिकाको रोग नियन्त्रण […]

२०७२ पुष २५ गते, शनिबार

भारतीय विद्यालयलाई वैधानिक प्रक्रियामा आउन चेतावनी

काठमाडौं , २४ पुस । नेपाल सरकारसँग अनुमति नलिई भारतीय दूताबासले सञ्चालन गरिरहेका देशभरका १४ वटा विद्यालयलाई वैधानिक प्रक्रियामा आउन शिक्षा मन्त्रालयले चेतावनी दिएको छ । मोर्डन इण्डियन र दिल्ली पब्लिकसहितका ती भारतीय स्कुलहरुलाई वैधानिक प्रक्रियामा आउन मौका दिने सरकारले औपचारिक निर्णय गरेको छ । सरकारले तोकेको कानूनी प्रक्रियामा नआए त्यस्ता स्कुलहरु अर्को शैक्षिक सत्रबाट […]

२०७२ पुष २४ गते, शुक्रबार

जिशिकाबाटै अनियमितरुपमा आठ लाख असुली

काठमाडौं, २३ पुस । जिल्ला शिक्षा कार्यालय जुम्लाले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा विद्यार्थीबाट रु आठ लाख असुली गरेको पाइएको छ । कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न भन्दै जिशिका जुम्लाले प्रतिविद्यार्थी रु ३०० का दरले रु आठ लाख ४९ हजार शुल्क असुलेको पाइएको हो । जिल्लाका सबै विद्यालयले दुई हजार ६८३ […]

२०७२ पुष २३ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा स्वबियु निर्वाचनको माग

काठमाडौं, २२ पुस । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनको माग गर्दै त्रिभुवन बिश्वबिधालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । अखिल क्रान्तिकारीले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तिर्थ खनियालाई भेटेर स्ववियु नियमावली ( विधान ) परिवर्तन गर्नु पर्ने , स्ववियुको नया संरचना निमार्ण गरिनुपर्ने , समानुपातिक निर्बाचन प्रणाली लागु गरिनुपर्ने र […]

२०७२ पुष २३ गते, बिहीबार

स्वास्थ्यका लागि रातो केरा सहयोगीसिद्ध

काठमाडौँ । तपाई हामिले पँहेलो र हरियो रंगको केरा त धेरै देखेका र खाएका छौ । तर, अस्ट्रेलियामा उत्पादन हुने केराको एउटा प्रजाति रातो रंगको पनि हुने गर्दछ । यो रातो रंगको केरालाई रेड डका भन्ने गरिन्छ । अस्ट्रेलियामा यस्ता केराको उत्पादन निकै राम्रो छ। रातो रंगको केराको प्रजाति सबैभन्दा पहिला कोस्टरिकामा पत्ता लगाइएको थियो […]

२०७२ पुष १९ गते, आईतवार