स्वास्थ्य / शिक्षा

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने !

काठमाडौँ । नेपाल औषधि लिमिटेडले सरकारबाट उपलब्ध हुँदै आएको ९८ प्रकारका औषधीमध्ये २० प्रकारका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले स्वदेशमै उत्पादन गरेर सरकारलाई औषधि बिक्री गर्ने तयारी गरेको बताउदै प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागि परेको दाबी गरे ।औषधी लिमिटेडको उत्पादन क्षमता विस्तारका हाललाई […]

२०८० पुष २८ गते, शनिबार

कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको हुँदा यसबाट आत्तिनु पर्ने अवस्था नरहेको जनाएको छ । नयाँ सब भेरियन्ट देखिएसँगै यसको जोखिमबारे सर्वसाधारणको चिन्ता बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने सिकिस्त नबनाउने र मृत्यु दर कम भएकाले नआत्तिन आग्रह गरेको हो । महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले […]

२०८० पुष २५ गते, बुधबार

ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन वान नेपालमा पनि देखा पर्यो

काठमाडौँ । ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. वान नेपालमा पनि पहिलो पटक देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. वान को सङ्क्रमण पुष्टि भएको हो । देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरु परीक्षण गर्दा ओमिक्रोनको सब भेरियन्ट जेएन वान फेला परेको […]

२०८० पुष २४ गते, मंगलवार

त्रिवि उपकुलपतिका लागि पुनः दरखास्त आह्वान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो। समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो।समितिले यसअघि पहिलो पटक पुस २० गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा […]

२०८० पुष २३ गते, सोमबार

त्रिवि उपकुलपतिका लागि आह्वान गरिएको विज्ञापन रद्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ । गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।

२०८० पुष २२ गते, आईतवार

त्रिवि सुधार आन्दोलनमा अखिल (क्रान्तिकारी) को ऐक्यबद्धता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय “विश्वविद्यालय क्याम्पस”स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि सुधारको निम्ति विभिन्न माग राख्दै परिक्षा नियन्त्रण कार्यालय बल्खुमा सुरु गरेको आन्दोलनलाई नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले ऐक्यबद्धता जनाएको छ ।बिहीबार आन्दोलन सुरु भएको ९ औं दिनमा संगठनका अध्यक्ष प्रकाश सी, संगठनका महासचिव ललित सी, संगठनका सचिवालय सदस्य तथा त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, केन्द्रीय […]

२०८० पुष २० गते, शुक्रबार

त्रिविको उपकुलपतिका लागि आवेदन माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिष्पर्धाका लागि आवेदन माग गरेको हो ।यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए । त्रिभुवन विश्वविद्यालयका कुलपति […]

२०८० पुष २० गते, शुक्रबार

अखिल (क्रान्तिकारी) तुलसीपुरको अध्यक्षमा प्रेम सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगर कमिटीको तेस्रो सम्मेलनले प्रेम सीको नेतृत्वमा २० सदस्यीय कमिटी निर्वाचित गरेको छ । सम्मेलनले अध्यक्षमा प्रेम सी , उपाध्यक्षमा गोपाल बस्नेत र राधा डाँगी , सचिवमा लक्ष्मी रोका , सह-सचिवमा अविना गिरि , कोषाध्यक्षमा रोशन सुनार , छात्रा विभाग प्रमुखमा रिता रावल र खेलकुद विभाग प्रमुखमा […]

२०८० पुष १९ गते, बिहीबार

अखिल (क्रान्तिकारी) द्वारा संगठन विस्तार तथा सुदृढ अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीे निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को इलाम र पुर्वी झापाको अध्यक्षमा क्रमशः दिनेश सी र डीपी सी चयन भएका छन् । संगठनको २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा रहेको विद्यार्थी संगठन सम्मेलनलाई सफल बनाउन मेची ब्यूरोमा ५० दिने संगठन विस्तार तथा सुदृढ अभियान संचालन गरिरहेको छ । साथै संगठनले लागु औषध […]

२०८० पुष १९ गते, बिहीबार

प्रश्नपत्र आउट गरेको आरोपमा ६ जनालाई निलम्बन

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले प्रश्नपत्र आउट गरेको आरोपमा ६ जनालाई निलम्बन गरेको छ । मध्यपश्चिम विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुभन्दा पहिला नै प्रश्नपत्र बाहिरिएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरेको हो ।उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले पुस ३ गतेबाट सञ्चालन हुने भनिएको […]

२०८० पुष १९ गते, बिहीबार