विविध

आलु अकारको होटेल !

काठमाडौं, २२ जेठ । अमेरिकाको इदाहोमा विशाल आलुको अकार दिएर लग्जरी होटेल बनाइएको छ । यहाँ रात बिताउनका लागि मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्दछन् । आलुको आकारमा निर्मित यो होटलको तौल ६ टन छ । यो आलु होटेल भित्र छिर्दा जो कोही पनि दंग पर्ने गर्दछन् । यो होटेलमा एक रात बस्नका लागि २ सय […]

२०७६ जेष्ठ २२ गते, बुधबार

जसले अचानोमा राखेर २२ महिने छोरालाई बनाइन् दुई टुक्रा !

काठमाडौं, १४ जेठ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापा आमा कति क्रुर बन्न सक्छिन् भन्ने उदाहरण बनेकी छन्। उनले खुकुरीले रेटेर आफ्नै २२ महिने छोराको हत्या गरेकी छन् । प्रहरीका अनुसार उनले २२ महिने छोरा सम्बोधन थापालाई अचानोमा राखेर […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

कोकिनका २४६ वटा प्याकेट निलेपछि

काठमाडौ, १४ जेठ । कोकिनका २४६ वटा प्याकेट निलेर हवाई यात्रा गरिरहेको अवस्थामा एक एक जापानी नागरिकको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार उदो एन नाम गरेका ती यात्रीको मेक्सिको सिटीबाट विमान उडेको केही समयमै मृत्यु भएको हो । सो विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उडानकै बीच ती यात्री अस्वस्थ […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

चन्द्रमामा पनि भूकम्प !

काठमाडौं, २ जेठ । भुइँचालो पृथ्वीमा मात्र जाँदैन। चन्द्रमामा पनि धेरै भूकम्प जाने गरेको वैज्ञानिकहरुले बताएका छन् । चट्टानले बनेको साथै त्यहाँ भौगर्विक गतिविधि निकै कम हुने गरेपनि चन्द्रमामा धेरै भूकम्प जाने गरेको उनीहरुले बताएका छन् । यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुकम्प गइरहेको छ। चन्द्रमामा जाने भूकम्पलाई मुनक्वेक भनेर चिनिन्छ भने त्यो […]

२०७६ जेष्ठ २ गते, बिहीबार

प्रधानमन्त्री जन्मेको कोठामा सुनको ट्वाइलेट, सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

काठमाडौं, २१ वैशाख । युनाइटेड किंगडमको सबैभन्दा ठुलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेट सीट लगाइने भएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार त्यहाँ जाने आगन्तुकहरुले समेत सो ट्वाइलेट प्रयोग गर्न पाउने छन् । यो ट्वाइलेट सीट त्यहाँ लगाइने छ जहाँ युनाइटेड किंगडम (ब्रिटिस) का पूर्व प्रधानमन्त्री विन्सटन चर्चिलको जन्म भएको थियो । उनी सन् […]

२०७६ बैशाख २१ गते, शनिबार

थाईल्याण्डका राजाद्वारा आफ्नै अंगरक्षकसँग विवाह !

काठमाडौ, १९ बैशाख । यसअघि पनि ३ जनासँग विवाह गरि सम्बन्ध विच्छेद गरेका थाईल्याण्डका ६६ बषीइ राजा महा वजिरालंगकर्नले बुधबार आफ्नै अंगरक्षक सुथिडासँग गुपचुप विवाह गरेका छन् । उनले बिहे गरेको खबर थाई टेलिभिजनबाट बुधबार बेलुकीमात्रै देखाईएको थियो । वजिरालंगकर्णले आफ्नी नयाँ पत्नीलाई रानी सुथिडा नाम दिएका छन् । सुथिडा सन् २०१४ देखि राजा वजिरालंगकर्नको […]

२०७६ बैशाख १९ गते, बिहीबार

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी !

काठमाडौं, १३ बैशाख । जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा […]

२०७६ बैशाख १३ गते, शुक्रबार

सत्ताइस वर्षपछि कोमाबाट फर्किइन् यूएईकी महिला

काठमाडौं, १२ वैशाख । एउटा दुर्घटनामा परेर कोमामा गएकी यूएईकी एक महिला जर्मनीको एउटा अस्पतालमा २७ वर्षपछि होसमा आएको सार्वजनिक भएको छ। सन् १९९१ मा उनी चढेको कार एउटा बससँग जुध्दा मुनिरा अब्दुल्लाको मस्तिष्कमा गम्भीर चोट लागेको थियो। त्यतिबेला उनको उमेर ३२ वर्षको थियो। उनी चार वर्षीय छोरालाई लिएर विद्यालयबाट घर फर्किँदा सो दुर्घटना भएको […]

२०७६ बैशाख १२ गते, बिहीबार

स्याउ जत्रो बालक !

काठमाडौं, ६ वैशाख । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मँदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रेयुसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिका उच्च रक्तचापकी बिरामी थिइन् । चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको […]

२०७६ बैशाख ६ गते, शुक्रबार

गर्भमा रहेका जुम्ल्याहा आपसमा कुटाकुट गर्छन !

काठमाडौँ, ५ वैशाख । एक चिनियाँ महिलाको गर्भमा रहेका जुम्ल्याहाले आपसमा कुटाकुट गरेको ‘अल्ट्रासाउन्ड’ भिडियो अहिले भाइरल भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि ती महिला अस्पताल गएको बेला उनका पतिले उक्त भिडियो लिएका थिए । ताओ नाम गरेका उनले भने, ‘पत्नीको स्वास्थ्य परीक्षण गर्दा मैले भिडियो लिएको थिएँ ।’ यिनचुआन निवासी उनले उक्त भिडियो […]

२०७६ बैशाख ५ गते, बिहीबार