प्रधानाध्यापकसहित ८२ विद्यार्थीको अपहरण

काठमाडौँ, २० कात्तिक । अफ्रिकी मुलुक क्यामरुनको एक विद्यालयबाट ७९ विद्यार्थीसहित ८२ जना अपहरणमा परेका छन् । पश्चिम क्यामरुनको बामेडाको एक विद्यालयका प्रधानाध्यापकसहित अपहरणमा परेका ती विद्यार्थीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रशासनले सशस्त्र मिलिसिया समूहले विद्यार्थीको अपहरण गरेको दाबी गरेको छ । तर सो समूहले घटनाको जिम्मेवारी लिएको छैन । […]
२०७५ कार्तिक २० गते, मंगलवार