यस्तो नदि, जहाँ डुंगा शिशामा तैरिएको जस्तै देखिन्छन

२०७५ माघ १९ गते, शनिबार

काठमाडौं, १९ माघ । भारतको पर्यटकीय सहर मेघालयस्थित उमनगोत नदी देशकै सफामध्ये एक हो । जहाँको पानी यति कञ्चन छ कि डुंगा पनि शिशामाथिझैँ तैरिएको देखिन्छन् । यो नदीमा चल्ने डुंगा शिशामा अनुहार टल्किएझैँ देख्न सकिन्छ । यो सिलोङबाट ८५ किलोमिटर टाढा भारत–बंगलादेशको सीमा नजिकको पूर्व जयन्तीया पहाडी जिल्ला दाव गाउँबीच हुँदै बग्छ । यहाँका मानिस यसलाई स्वर्गको टुक्रा मान्छन् । नदीको सफाइको चलन यहाँ बस्दै आएका आदिवासी समुदायको परम्परा नै हो । सरसफाइ यहाँका आदिवासीको संस्कारभित्र पर्छ नदी सफाइ । नदीको नियमित हेरचाह गर्न यहाँका अग्रज गाउँलेहरु पनि निरन्तर जुटेका छन् ।
उमनगोत तीन गाउँ (नदी दावकी,दारङ्ग र शेनान्गडेङ्ग) बीच हुँदै बग्छ । यीनै तीन गाउँका स्थानीयले नदी सरसफाइको जिम्मा लिएका छन् । यहाँका स्थानीय मौसम र पर्यटकको संख्याको हिसाबले महिनामा करिब ४ दिन ‘सामुदायिक दिन’ मनाउने गर्छन् । यस दिन प्रत्येक घरबाट एक–एक सदस्य नदी सरसफाइका लागि आउँछन् । गाउँमा करिब ३०० परिवार छन् । सबै मिलेर नदीको सरसफाइमा जुट्छन् । नदी फोहोर गरेमा ५ हजार जरिवाना तिर्नुपर्छ । प्रत्येक वर्षको नोभेम्बरमा यहाँ पर्यटकको घुँइचो लाग्ने गर्छ । यो नदीमा सिजनअनुसार डुंगा चल्ने र बन्द हुने गर्छन् । उमनगोता नजिकै रहेको गाउँ मावलिननान्ग एसियाकै सबैभन्दा सफा गाउँका रुपमा चर्चित छ ।

प्रतिक्रियाहरु

[anycomment]