Main Banner

बन्दकर्तामाथि प्रहरीको बर्बर दमन : दजनौ गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरेको नेपाल बन्दको क्रममा कञ्चनपुरको महेन्द्रनगरमा बन्दकर्तालाई प्रहरीले निर्ममतापूर्वक लाठी प्रहार गरेर घाइते बनाएको छ । बन्द गराउने क्रममा नेकपा कञ्चनपुर भीमदत्तनगर सचिव दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सहसचिव हरिश ऐरीलाई प्रहरीले लट्ठी प्रहार गरी घाइते बनाएको हो । यस […]

२०७८ फाल्गुन १६ गते, सोमबार

नेपाल बन्द सफल : थप संघर्षका कार्यक्रम छिट्टै घोषणा हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCC कम्प्याक्टका विरुद्बको आजको नेपाल बन्दको कार्यक्रम एतिहासिक ,भव्य र सानदार रुपमासफल भएको जनाउदै उक्त सफलताका लागि खट्ने पार्टीका नेता ,कार्यकर्ता ,संघर्षरत सबै तहतप्का र आम नेपाली जनसमुदायमा आभारसहित हार्दिक धन्यवाद व्यक्त गरेका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट […]

२०७८ फाल्गुन १६ गते, सोमबार

संसद भवनकाे गेट नजिक प्रेसर कुकर बम !

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनकाे गेट नजिक सडकमा प्रेसरकुकर बमजस्तै देखिने वस्तु राखिएकाे छ । उक्त प्रेसरकुकरमा ‘नाे एमसीसी’ लेखिएकाे छ । उक्त वस्तु बम नै हाे या तर्साउन राखिएकाे मात्र हाे भन्ने यकीन हुन सकेकाे छैन । शंकास्पद रूपमा राखिएकाे उक्त प्रेसरकुकरबारे नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । बम बनाएर राखेकाे भए […]

२०७८ फाल्गुन १६ गते, सोमबार

नेपाल बन्दको प्रभाव देशैभर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरेको नेपाल बन्दको असर देशभर परेका समाचारहरू प्राप्त भएका छन् । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दको आह्वान गर्दै ६ राजनीतिक पार्टी, २ मोर्चाका […]

२०७८ फाल्गुन १६ गते, सोमबार

भोलि नेपाल बन्द

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले भोलि .फागुन १६गते सशक्त नेपालबन्दको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त विज्ञप्ती […]

२०७८ फाल्गुन १५ गते, आईतवार

एमसीसीविरुद्ध प्रदर्शन : प्रहरी दमनवाट दर्जनौ घाईते

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध काठमाडौँको नयाँबानेश्वरमा गरेको प्रदर्शनमाथि प्रहरीले क्रूर दमन गरेको छ। प्रहरी दमनवाट नेकपानिकट युवा सङ्गठन नेपालकी महासचिव सावित्री अधिकारी ‘विदुषी’, युवा सङ्गठनका केन्द्रीय सदस्य अविनाश गिरी, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी महासचिव राजकुमारी शाही घाइते भएकी छिन् । प्रदर्शनस्थलबाट भर्खरै प्राप्त समाचारअनुसार प्रहरी दमनबाट […]

२०७८ फाल्गुन १५ गते, आईतवार

आजको आवश्यकता : बृहत् राष्ट्रिय एकता

१. कम्युनिष्ट विरोधी अमेरिकी मूल प्रवृत्ति – अमेरिका कम्युनिष्टप्रति असहिष्णु छ भन्ने तथ्य आजको धु्रव सत्य हो । यो तथ्यलाई बुझ्दाबुझ्दै पनि नेपालका संसदवादी कम्युनिष्टहरु उसको दलाली गर्न तछाडमछाड र प्रतिस्पर्धाले स्पष्ट गरेको छ । कम्युनिष्ट मात्रै होइन भूपूकम्युनिष्टप्रति समेत ऊ कठोर र फासीवादी छ । अमेरिका आज रुससँग किन लड्दैछ ? के त्यो विचारधारात्मक […]

२०७८ फाल्गुन १५ गते, आईतवार

एमसीसी द्वन्द्वको कारक नबनोस्

यतिबेला एमसीसी सम्झौतालाई लिएर देशव्यापीरुपमा आन्दोलन चर्किरहेको छ । आमक्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी र राष्ट्रवादी राजनीतिक दल, नेतालगायत आमस्वाभिमानी नेपाली जनता एमसीसीको विरुद्धमा सडकमा उत्रिएका छन् भने सरकार कुनै पनि हालतमा एमसीसी संसद्बाट पारत गराउने प्रपञ्चमा लागिरहेको छ । अमेरिका पनि जुनसुकै मूल्यमा नेपालमा एमसीसी लागू गराउन कम्मर कसेर लागेको छ । एमसीसी सम्झौता कति […]

२०७८ फाल्गुन १५ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाद्वारा एमसीसी कम्प्याक्टलाई खारेज गराएरै छाड्ने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले फागुन १५ र १६ गते घोषणा गरिएका जनसंघर्षका कार्यक्रममा व्यापकरुपमा सहभागिता जनाई एमसीसी कम्प्याक्टलाई खारेज गराएरै छाड्न संघर्षरत राजनीतिक पार्टीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त र आमनेपाली जनतामा विशेष आव्हान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा […]

२०७८ फाल्गुन १४ गते, शनिबार

पूर्वसोभियत रुसमा आबद्ध मुलुकलाई साम्राज्यवादी बाटो परित्याग गर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पूर्वसोभियत रुसमा आबद्ध मुलुकहरुलाई साम्राज्यवादी बाटो परित्याग गरी लेनिन र स्टालिनले नेतृत्व गर्नुभएको समाजवादकै बाटो अवलम्बन गर्न आग्रह गरेको छ। सो पार्टीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्। नेता कञ्चनले रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिकी नीति र व्यवहार रहेको प्रस्ट पारेको […]

२०७८ फाल्गुन १४ गते, शनिबार