Main Banner

नेकपा दोलखाद्वारा ‘भ्रष्टचारविरुद्धको हाम्रो अभियान’ सञ्चालन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दोलखाले स्थानीय निकायहरुमा चरम भ्रष्टचार भएको भन्दै‘भ्रष्टचारविरुद्धको हाम्रो अभियान’ सञ्चालन गरेको छ । सो पार्टीले जिल्लामा भएको भ्रष्टाचार विरुद्धको अपिल जारी गर्दै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु झैं स्थानीय निकायहरुमा चरम भ्रष्टचार भएको महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन–२०७८ बाट पनि छर्लङ्ग भएको स्पष्ट पारेको छ ।उक्त प्रतिवेदका अनुसार– दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकामा […]

२०७८ भाद्र १२ गते, शनिबार

विप्लवद्वारा रामशरण महर्जनप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकाका महासचिव विप्लवले नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य रामशरण महर्जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । ललितपुर महानगरपालिका २८ हरिसिद्धि निवासी महर्जनको बिहीबार बिहान ४ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य तथा […]

२०७८ भाद्र १० गते, बिहीबार

विप्लवद्वारा जनकलाकार जेबी टुहुरेप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनकलाकार जेबी टुहुरे (जुठबहादुर खड्गी) प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन। महासचिव विप्लवले टुहुरेको निधनले नेपालको जनवादी आन्दोलनमा ठूलो क्षति पुगेकोसमेत बताएका छन् । महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै नेपाली प्रगतिशील आन्दोलनका मूर्धन्य ब्यक्तित्व, साहित्यकार तथा जनवादी गायक टुहुरेको निधनले नेपाली जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको र […]

२०७८ भाद्र १० गते, बिहीबार

जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले अहिलेको सरकार दलाल पूँजीवादीहरुको सरकार भएको ठोकुवा गर्दै दलालहरुको सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार गठन गरि जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी दाङको दोस्रो पूर्ण बैठकलाई सम्बोधनगर्दै नेता बुढामगरले सो कुरा बताएका हुन् । नेता बुढा […]

२०७८ भाद्र ९ गते, बुधबार

जयसिंह धामी हत्या र मूल्यवृद्धीले सरकारको लाचारीपन उदांगियो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँका इन्चार्ज माइला लामाले भारतीय सुरक्षाकर्मीले आफ्नो नागरिकको हत्या गर्दा समेत नेपाल सरकार लाचार बनेकोमा आक्रोश ब्यक्त गर्दै भारतीय सुरक्षाकर्मीले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको हत्या भएको यतिका दिन बित्दा समेत सरकार चुप लागेर बस्नु अचम्म भएको बताएका छन । सो पार्टीले हालै सरकारले […]

२०७८ भाद्र ९ गते, बुधबार

‘ बर्तमान राजनीतिक संकटको निकास वैज्ञानिक समाजवाद’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले बर्तमान राजनीतिक संकटको निकास वैज्ञानिक समाजवाद भएको ठोकुवा गरेका छन । नेकपाको वाँके र वर्दिया जिल्लाको संयुक्त कार्यकताको राजनैतिक प्रशिक्षण कार्यक्रमलाई मंगलवार सम्वोधन गर्दै नेता वास्तोलाले त्यसको लागि प्रगतिशील संयुक्त सरकार गठन गरि संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसंग्रह गर्नु पर्ने वताए । नेता […]

२०७८ भाद्र ९ गते, बुधबार

संसदीय व्यवस्थाको चिरहरण : जनमत संग्रह अनिबार्य

देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गइरहेको छ । संसद्वादी दल र नेताहरु कै हर्कतका कारण संसदीय व्यवस्थाको चिरहरण भएको छ । संसद्वादी दल र नेताहरुको सत्तालिप्साका कारण देशको राजनीति अस्तव्यस्त भएको छ । झन्डै दुई तिहाई बहुमतको सरकारलाई असफल बनाएर सर्बोच्च अदालतको परमादेशको बलमा गठन भएको सरकारले महिना दिन नाघी सक्दा समेत सरकारलाई पूर्णता दिन […]

२०७८ भाद्र ६ गते, आईतवार

‘पत्रकारको काम विषयमात्र उजागर गर्ने नभई परिवर्तनका लागि जनतामा नयाँ आशा भरिदिनुपर्ने पनि हो ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचारप्रसार केन्द्रीय सूचना विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले पत्रकारको काम विषयमात्र उजागर गर्ने नभई परिवर्तनका लागि जनतामा नयाँ आशा भरिदिनुपर्ने बताएका छन । जनपत्रकार संगठन नेपाल बागमती प्रदेश समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै नेता प्रज्वलनले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रशिक्षण दिदै नेता […]

२०७८ भाद्र ५ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा पशुपति बहुमुखी क्याम्पसका विष्णुप्रसाद पन्तलाई कारवाही !

काठमाडौँ । अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस इकाई समितिले पशुपति बहुमुखी क्याम्पसका विष्णुप्रसाद पन्तलाई कारवाही गरेको छ। पन्तलाई निम्न कारणले कारवाही गर्नु परेको बताइएको छ।१ -विभिन्न शीर्षकमा केही विद्यार्थी संगठन र केहि कर्मचारीहरूलाई घुस खुवाई लाखौं रकम घोटाला गरेकाले !२- क्याम्पस सभामा TUविधान विपरित गर्न खोजेकाले !३- सामुदायिक क्याम्पसमा अत्याधिक नातावाद हावि गरेकाले !४- घोटाला […]

२०७८ भाद्र ५ गते, शनिबार

नेकपाद्वारा अधिवक्ताहरुलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एक कार्यक्रम आयोजना गरी अधिवक्ताहरुलाई सम्मान गरेको छ। सो पार्टीले प्रतिवन्धका क्रममा आफ्ना नेता कार्यकर्ता रिहाईका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं अधिवक्ताहरुलाई सम्मान गरेको हो । नेपाल कम्युनिस्ट पार्टी काठमाडौंको आयोजनामा जनयुद्धदेखि एकीकृत जनक्रान्तिको क्रममा राज्यद्धारा बिनाकारण झुठ्ठामुद्धामा फसाइएकाहरुको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायत अधिवक्ताहरुलाई सम्मान गरेको […]

२०७८ भाद्र ५ गते, शनिबार