महासचिव विप्लव सीद्वारा जनमधेस उत्पादन केन्द्रमा फलफूलका बिरुवा रोपण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनमधेस उत्पादन केन्द्रमा फलफूल रोपेका छन् । महासचिव विप्लव सीले शुक्रबार बिहान पार्टीको मद्येश प्रदेशमा रहेको उत्पादन केन्द्रमा लिच्ची, आँप, कागती र भुइकटहर रोपेर फलफूल रोप्ने कार्यको उद्घाटन गरेका हुन् ।

महासचिव विप्लव सीले मद्येश प्रदेशमा रहेको उक्त उत्पादन केन्द्रमा ५ सय भुईकटर, ३० वटा कागती, ४५÷४५ बटा आँप र लिच्चीका विरुवा रोप्ने कार्यको उद्घाटन गरेका हुन् । सो उत्पादन कार्यमा पार्टी मधेस प्रदेश र्इचार्ज अनिल सी, पोलिटब्युरो सदस्य देवनारायण सी र केन्द्रीय सदस्य शिला सी लतायतका नेताहरु सहभागी थिए।
उत्पादन कार्यमा संलग्न स्थानीय कार्यकर्ताहरु र जनतालाई देव नारायण सी र केन्द्रीय सदस्य पवन सीले स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए।
