Main Banner

‘कम्युनिस्ट आन्दोलन सफल पार्न एकीकृत जनक्रान्ति’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले कम्युनिस्ट आन्दोलनलाई सफल पार्न एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको बताउदै छरिएर रहेका क्रान्तिकारी शक्तिहरूलाई नेपाल कम्युनिस्ट पार्टीमा गोलबन्द हुन आह्वान् गरेका छन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) को आयोजनामा ‘वर्तमान राजनीतिक सङ्कट र अबको विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो आह्वान […]

२०७८ असार ५ गते, शनिबार

‘सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपना र नेपाली जनताका मुद्दाहरू पराजीत भएका छैनन् ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपनाहरूले नहारेको भन्दै उनीहरूले देखाएको बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताएका छन् । नेता बास्तोलाले राज्यद्वारा बेपत्ता पारिएका जनयुद्धका सहिद तथा बेपत्ताहरूको स्मरणमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दा उक्त कुरा बताएका हुन् ।नेता बास्तोलाले सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपना र नेपाली जनताका […]

२०७८ असार ४ गते, शुक्रबार

प्रधानमन्त्रीको सर्वोच्चलाई जवाफ – ‘दलीय अनुशासन उल्लंघन गर्ने छुट सांसदलाई छैन ‘ (पूर्णपाठसहित )

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतले जारी गरेको कारण देखाउ आदेशको जवाफ दिँदै संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत रहेको दलील पेश गर्दै दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई नभएको बताएका छन । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको मनसाय नै दूषित भएको र आफूहरुले पार्टीको […]

२०७८ असार ३ गते, बिहीबार

नेकपासम्बद्ध जनवर्गीय सङ्गठनद्वारा वैज्ञानिक समाजवाद अपरिहार्य भएको ठोकुवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनले निकम्मा, ढोंगी र असफल संसदीय व्यवस्थाको बिकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्य बनेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध १२ वटा जनवर्गीय सङ्गठनले समसामयिक विषयहरूमा आफ्नो घारणा सार्वजनिक गर्दै जारी गरेको प्रेस विज्ञप्तिमार्फत सो ठोकुवा गरेका हुन् ।नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय सङ्गठन अखिल नेपाल सुकुमबासी सङ्गठनका अध्यक्ष ओमप्रकाश […]

२०७८ असार ३ गते, बिहीबार

असार दोस्रो साताबाट ‘स्मार्ट लक डाउन’ !

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको हो । प्रधानमन्त्री […]

२०७८ असार ३ गते, बिहीबार

नेकपाद्वारा सम्पूर्ण कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा लाग्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा अभियानकै रूपमा लागि पर्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएको छ । सो पार्टीका महासचिव विप्लवले प्राकृतिक विपत्तिका कारण देशव्यापी रूपमा बाढीपहिरो र डुवानलबाट ज्यान गुमाउनु भएका सम्पूर्ण जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी मृतकका परिवार र आफन्तजनप्रति हार्दिक समवेदनाक साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामनासमेत […]

२०७८ असार २ गते, बुधबार

भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिको बिरोध : राजदुत क्वात्रालाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले भारतीय रक्षामन्त्री राजनाथ सिंहको आपत्तिजनक अभिव्यक्तिको बिरोध गर्दै भारतीय राजदुत बिनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएका छन। उनीहरुले भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै ज्ञापन पत्रमा भनेका छन – ‘हामी ‘तथाकथित कैलास मानसरोवर रोड’ भन्ने बारेमा राजनाथको भनाइको कडा निन्दा गर्छौं।’ ज्ञापन पत्रमा लिपुलेख नेपालको अभिन्न […]

२०७८ असार १ गते, मंगलवार

‘आफ्नो व्यवस्थाको फैसला आफैले गर्न पाउनु नै सवैभन्दा ठुलो लोकतन्त्र ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको राजनीतिक प्रणाली कस्तो हुने भन्ने विषय छान्ने अधिकार जनतालाई दिनु नै उत्कृष्ट लोकतान्त्रिक व्यवस्थाको अभ्यास भएको बताउदै जनताले आफ्नो व्यवस्थाको फैसला आफैले गर्न पाउनु नै सवैभन्दा ठुलो लोकतन्त्र ठोकुवा गरेका छन । नेपाली जनप्रगतिशिल मोर्चा यूरोप र अमेरिकाद्वारा कपिलवस्तुको शिवगढिमा निर्माणाधिन जनस्वास्थ्य भवन निर्माणको लागि सहयोग हस्तान्तरण […]

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप !

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकरीहरुको बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। । बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने र थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो बनाउने निर्णय गरेको बताइएको […]

२०७८ जेष्ठ ३० गते, आईतवार

अखिल (क्रान्तिकारी) द्वारा कालिकोटको माल्कोटमा कोरोना नियन्त्रण शिविर : आमजनता हर्षित

काठमाडौँ । कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि कालिकोट पुगेको अखिल (क्रान्तिकारी) केन्द्रिय समितको टोलीले माल्कोटमा कोरोना नियन्त्रण शिविर आयोजना गरेपछि आम जनताले खुशी व्यक्त गरेका छन । सरकार र संसदवादी दल र नेताहरु जनसेवा भन्दा पद र पैसाको खेलोमा लागेको समयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले दुर्गम क्षेत्र पुगेर कोरोना महामारीवाट आतंकित जनताको सेवाको […]

२०७८ जेष्ठ २९ गते, शनिबार