Main Banner

अबको विकल्प : प्रगतिशील राष्ट्रिय सरकार र जनमत संग्रह

संसद्वादी दलहरुको सरकार र सत्ताको छिनाझम्टीका कारण संसद् विघटन हुन पुगेको छ । जनता कोरोना महामारीबाट आतंकित भइरहेको समयमा देश र जनतालाई बेवास्ता गर्दै संसद्वादीहरु सत्तास्वार्थमा केन्द्रित भएका छन् । उनीहरुको यही घृणित कार्यले गर्दा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारी संसद् विघटन गर्न बाध्य भएको तथ्यहरुले पुष्टि गर्दछ । देशमा संघीय गणतन्त्र स्थापना […]

२०७८ जेष्ठ ९ गते, आईतवार

‘संसदीय निर्वाचनमा होइन, जनमतसङ्ग्रहमा जाऊँ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सङ्कटको निकास निर्विकल्प रूपले वैज्ञानिक समाजवाद मात्र हुनसक्छ भन्ने आफ्नो पार्टीको विचार सही साबित भएको ठोकुवा गर्दै पार्टीको सो मत, जनताको माग र चाहनासँग जोडिएको बताएको छ । शुक्रबार राती १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर कात्तिक […]

२०७८ जेष्ठ ८ गते, शनिबार

संसदीय व्यवस्था व्यवहारमै असफल एवम् औचित्यहीन : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपालमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमै असफल एवम् औचित्यहीन भएको ठोकुवा गर्दै चुनावमै जाने हो भने पुँजीवाद/दलाल पुँजीवाद वा वैज्ञानिक समाजवाद भन्ने जनमतसङ्ग्रहमा गएर व्यवस्थाकै फैसला गर्नुपर्ने बताएको छ । सो पार्टीका महासचिव विप्लवले राज्यद्वारा बेपत्ता योद्धा दिवसको अबसरमा बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। महासचिव विप्लवले […]

२०७८ जेष्ठ ७ गते, शुक्रबार

प्यालेस्टिनमाथि इजरायली आक्रमण निन्दनीय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले इजरायली साम्राज्यवाद र सरकारद्वारा व्यापक जनधनको क्षति हुने गरी प्यालेस्टिनी जनतामाथि गरेको सैनिक हमलाको विरोध र भत्र्सना गरेको छ । सो पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै कुनै पनि सभ्य मानिसलाई क्षुब्ध र आक्रोशित बनाउने गरी प्यालेस्टिनी जनतामाथि भएको इजरायली बर्बर आक्रमणको निन्दा गर्नुका साथै आफ्नो […]

२०७८ जेष्ठ ५ गते, बुधबार

विप्लवद्वारा जनस्वास्थ्य केन्द्रको शिलान्यास : एक महिनाभित्र निर्माण सम्पन्न हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ बानियाँभारमा निर्माण हुने सो केन्द्रको एक महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ । मङ्गलबार शिलान्यास गरिएको उक्त भवन शिवगढीका बासिन्दाको सक्रियता र नेपाल कम्युनिस्ट पार्टीको आफ्नै लगानीमा निर्माण हुनेछ । जनस्वास्थ्य केन्द्रको शिलान्यास कार्यक्रममा नेकपाका […]

२०७८ बैशाख २८ गते, मंगलवार

‘कोरोना संक्रमितको उपचार व्यवस्थालाई प्रभावकारी र प्रयाप्त बनाउ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाईरसबाट तिव्र रुपमा संक्रमित र आजित नेपाली जनताको उपचार व्यवस्थालाई प्रभावकारी र प्रयाप्त बनाउन सरकारको गम्भिर रुपमा ध्यानाक्रषर्ण गराएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार एक बिज्ञप्तिमार्फत सो ध्यानाक्रषर्ण गराउदै नत्र नेपाली जनताले पहल लिनु पर्ने वाध्यात्मक अवस्था सृजना हुने समेत बताएका छन ।प्रवक्ता प्रकाण्डले नेपाली जनताको आधारभूतआवश्यकता […]

२०७८ बैशाख २५ गते, शनिबार

जनस्वास्थ्यकर्मी महासङ्घ चितवनद्वारा सहायता डेस्क स्थापना

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनले कोरोना महामारीको असरलाई ध्यान दिँदै भरतपुर अस्पतालमा सहायता डेक्स स्थापना गरेको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै अस्पताल आउने बिरामीलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह गर्दै यसको असर र बच्ने तरिकाबारे जानकारी गराउने उद्देश्यले सहायता डेक्स स्थापना गरिएको जानकारी […]

२०७८ बैशाख २५ गते, शनिबार

‘कृतिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारी नियन्त्रण र रोकथाममा स्थानीय सरकारले प्रभावकारी कदम चाल्न नसकेको बरू यस्तो अवस्थामा पनि कालो बजारी तथा कृतिम अभाव सिर्जना गरी बजारमा महङ्गी सिर्जना गरेको भन्दै यसको रोकथाम र नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।जिल्ला सेक्रेटरी तपेन्द्र तिमिल्सेनाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण गराएका […]

२०७८ बैशाख २४ गते, शुक्रबार

विप्लवद्वारा गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिहीबार शोक वक्तव्य प्रकाशित गरी गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । महासचिव विप्लवले राष्ट्रिय व्यक्तित्वका साथै नेपाली साहित्य तथा कला क्षेत्रबाट नेपाल र नेपाली जनताको मनमनमा बस्न सफल गायक प्रधानको निधनले देशलाई ठूलो क्षति पुुगेको पनि बताएका छन् ।महासचिवको शोक वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय […]

२०७८ बैशाख २४ गते, शुक्रबार

‘बुधु सदाका हत्यारालाई कारबाही गर’

काठमाडौँ । दलित मुक्ति मोर्चाले बुधु सदाका हत्यारालाई कडा कारबाही गर्न माग गरेको छ। मोर्चाका जनकपुरका क्षेत्रीय संयोजक राजु विश्वकर्माले विज्ञप्ति जारी गरी सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका ४५ वर्षीय दलित मजदुर बुधु सदालाई वैशाख ९ गते छिन्नमस्ता गाउँपालिका ७ का रमेश यादवले भारतको प्लाइउड कम्पनीमा काम गर्न लगेको र वैशाख १४ गते पाँच दिनपछि […]

२०७८ बैशाख २३ गते, बिहीबार