Main Banner

चार साता ‘लकडाउन’ गर्न सुझाव !

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा ‘लकडाउन’ गर्न सुझाव दिएको छ । मन्त्रालयले कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै स्थिति नियन्त्रणमा लिन कम्तिमा चार साता ‘लकडाउन’ गर्न सुझाव दिएको हो । आज अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना ‘लकडाउन’ गर्न सुझाव दिने सीसीएमसीको तयारी […]

२०७८ बैशाख ११ गते, शनिबार

‘ नेपाली जनताले आखिरी साससम्म जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्ने बताएको छ। सो पार्टीका महासचिव विप्लवले विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५२ औँ जन्मदिनका अवसरमा सबै नागरिकमा शुभकामना सन्देश दिदै सो कुरा व्यक्त गरेका हुन् । लेनिनको १५२ औँ जन्मदिन तथा ७३ औँ पार्टी स्थापना दिवसका अवसरमा बिहीबार […]

२०७८ बैशाख ९ गते, बिहीबार

ने.क.पा.का प्रवक्ता प्रकाण्ड र नेपाल सरकारका मन्त्रीहरू विच सामुहिक भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र नेपाल सरकारका मन्त्रीहरू विच सामुहिक भेटवार्ता भएको छ । सो भेटवार्तामा नेकपाका प्रवक्ता एबम् वार्ता टोलीका प्रमुख प्रकाण्ड र उदयबहादुर चलाउने , गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट , कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार […]

२०७८ बैशाख ७ गते, मंगलवार

ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री ओली , गृहमन्त्री बादलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , प्रधानमन्त्री केपी शर्मा ओली , गृहमन्त्री बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ । भेटमा पछिल्लो जटिल राजनीतिक अवस्थाको बारेमा छलफल हुनुका साथै तीन बुँदै सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई र मुद्दा खारेजीको विषयमा छलफल भएको […]

२०७८ बैशाख ५ गते, आईतवार

ने.क.पा.का प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बादलबीच अर्थपूर्ण भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख प्रकाण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच शनिबार अपरान्ह भेटवार्ता भएको छ । उक्त भेटवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको प्रगतिका साथै  जेलमा रहेका नेकपाका नेता – कार्यकर्ताको रिहाईको सन्धर्भमा भएको कार्यप्रगतिको बारेमा छलफल भएको बताइएको  छ। यसैगरी , सो   भेटवार्तामा देशको जटिल राजनीतिक अवस्था र […]

२०७८ बैशाख ४ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख प्रकाण्ड र प्रधानमन्त्री केपी ओलीबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई र मुद्दा खारेजीको विषयमा छलफल भएको बताइएको छ । छलफलमा नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको रिहाई र उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्ने […]

२०७८ बैशाख ४ गते, शनिबार

ने.क.पा. केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गरेका छन। नेकपाको केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै महासचिव विप्लवले आफ्नो पार्टी सरकारमा जाने भन्ने कुरा निराधार भएको बतादै संसदीय व्यवस्थाभित्रको सरकारमा जाने र मन्त्री बन्ने हल्ला दलालहरुले अनर्गल रुपमा फैलाएको झुठो प्रचार भएको ठोकुवा गरे । उनले भने – […]

२०७८ बैशाख १ गते, बुधबार

समाजवादी शिक्षाका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली र नीति निर्माण तथा लागू गर्नका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य रहेको बताएका छन् ।अखिल (क्रान्तिकारी) गोरखाको २३ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले अहिलेको राज्य व्यवस्थाले निर्माण गरेको शिक्षा नीतिले विद्यालय बेरोजगार व्यक्ति उत्पादन गर्ने […]

२०७७ चैत्र ३१ गते, मंगलवार

‘जनताको इच्छा अनुसार सरकारसंग वार्ता’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली व्युरो इन्चार्ज एटम विसी ‘रवी’ ले आफ्नो पार्टीले जनताको इच्छा अनुसार सरकारसंग वार्ता भएको बताएका छन् । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । इन्चार्ज रवीले भने, ‘हामीलाई नेपाल सरकारले प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाउनु गलत थियो […]

२०७७ चैत्र ३० गते, सोमबार

अखिल (क्रान्तिकारी) उपत्यका विशेष ब्युरो स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मध्य केन्द्रिय कमान्ड अन्तर्गत उपत्यका विशेष ब्युरो स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य, उपत्यका विशेष ब्युरो इन्चार्ज तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज चिरन पुन मिलन र अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालको विशेष उपस्थितिमा महासचिव तथा मध्य केन्द्रिय […]

२०७७ चैत्र २९ गते, आईतवार