Main Banner

‘सबै मिलेर लडे कोरोना सङ्क्रमण परास्त गर्न सकिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कोरोनाले विश्वव्यापी रूपमा मानवजातिलाई क्षति पुर्याइरहेकाले यसका विरुद्ध सबै एक भएर जुध्न आवश्यक रहेको बताएका छन । महासचिव विप्लवले कपिलवस्तुको शिवराज नगरपालिका ९ मा कोरोनाविरुद्ध जनस्वास्थ्य सेवा कार्यक्रम उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने- ‘कोरोनाले विश्वव्यापी रूपमा मानव जातिलाई ठूलो […]

२०७८ बैशाख २० गते, सोमबार

नेकपाका महासचिव विप्लवका नाममा सञ्चालित फेसबुकलगायत सबै सामाजिक सञ्जाल नक्कली !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव’ नाउँबाट सञ्चालित फेसबुकलगायत सबै सामाजिक सञ्जाल नक्कली भएको तथ्य सार्बजनिक भएको छ । सो पार्टीको केन्द्रीय कार्यालयले फेसबुकलगायत सामाजिक सञ्जालमा पार्टी महासचिव विप्लवको नाउँसँग मिल्ने गरी ‘नेत्रविक्रम चन्द विप्लव’ नाउँबाट सञ्चालित सबै आईडी नक्कली भएको जनाएको छ ।केन्द्रीय कार्यालयले पार्टी महासचिवको नाउँ ‘नेत्रविक्रम चन्द विप्लव’ आईडी […]

२०७८ बैशाख १८ गते, शनिबार

‘पार्टी फुटको प्रचार भ्रामक’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी फुटको प्रचार भ्रामक भएको बताएको छ । सो पार्टीको केन्द्रीय कार्यालयले शनिबार प्रेस बक्तब्य जारी गर्दै सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको समयमा नै पार्टीबाट स्वतन्त्र भएको वक्तव्य दिएका कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी–फुट भन्न र मान्न नसकिने जनाएको छ ।नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयका तर्फबाट असलले जारी गरेको प्रेस […]

२०७८ बैशाख १८ गते, शनिबार

‘ मजदुरहरूले श्रमसँगै विद्रोह र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्दछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्ने बताएका छन। महासचिव विप्लवले १३२ औँ श्रमिक दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन्। महासचिव विप्लवले उन्नत मानवजीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्यता र अधिकार रहेको समेत बताएका छन् […]

२०७८ बैशाख १८ गते, शनिबार

नेकपाद्वारा कोरोना महामारीविरुद्ध जुध्न अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका सम्पूर्ण समितिहरू, विभित्र स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायलाई समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिक स्तरमा स्वयम्सेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्न अपिल गरेको छ। सो पार्टीका महासचिव विप्लवले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरी सरकारलाई महामारीसँग जुध्न […]

२०७८ बैशाख १६ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको दसौँ पूर्ण बैठक सम्पन्न भएको छ । नयाँ परिस्थितिको असाधारण जिम्मेवारीलाई आत्मसाथ गर्दै राज्य रूपान्तरणको कार्यभार पूरा गर्ने दिशामा अघि बढ्ने मूल उद्देश्यसहितको नयाँ राजनीतिक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको बताइएको छ । पार्टीमाथिको सरकारी प्रतिबन्ध हटेपछि पहिलोपटक कपिलवस्तुमा बसेको नेकपाको बैठक वैशाख ९ गते सुरु भई १४ गते […]

२०७८ बैशाख १६ गते, बिहीबार

ट्रेड युनियन महासङ्घद्वारा कपोलकल्पित भ्रममा नपर्न आग्रह

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले कपोलकल्पित भ्रमका बारेमा सचेत रहन आग्रह गरेको छ। महासङ्घका संयोजक विनोद थापाले प्रेस वक्तव्य जारी गर्दै केही सञ्चारमाध्यममा आफ्नो सङ्गठनमा आबद्ध केही मजदुरले सङ्गठन छोडेको भनी फैलाइएको हल्ला सत्य नभएको जनाएका छन । संयोजक थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सङ्गठनबाट अलग रहेको घोषणा गर्ने व्यक्तिहरू […]

२०७८ बैशाख १४ गते, मंगलवार

उपत्यकामा बैशाख १६ देखि लकडाउन !

काठमाडौं । बैशाख १६ देखि उपत्यकामा लकडाउन (निषेधाज्ञा) गरिने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ बैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैशाख १६ गतेदेखि उपत्यकाका तीनवटै जिल्लामा लकडाउन गरिने जानकारी दिएका छन् । कोरोना संक्रमण तीव्र गतिमा बढ्न […]

२०७८ बैशाख १३ गते, सोमबार

उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले जिल्ला प्रशासन कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्ला प्रमुखको बसेको बैठकले तत्काल कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने र अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरेको छ ।काठमाडौंका […]

२०७८ बैशाख १२ गते, आईतवार

लोकतन्त्रको नाममा लुटतन्त्र !

वैशाख ११ गते देशमा लोकतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्ष लागेको छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाउन बाध्य पारेको थियो । २०५२ फागुन १ गतेदेखि जनयुद्धमा होमिएको तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलको संयुक्त आह्वानमा २०६२ चैत २४ गते संयुक्त जनआन्दोलन सुरु भएको थियो […]

२०७८ बैशाख १२ गते, आईतवार