Main Banner

वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाडौँ । आज विहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । वीरगञ्ज महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । वीरगञ्जमा पछिल्ला तीन दिनमा तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भैसकेको छ । ५७ जना कोरोना विशेष […]

२०७७ श्रावण १० गते, शनिबार

नेकपाद्वारा राजकुमार चेपाङको हत्यामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले राजकुमार चेपाङको हत्यामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेको छ । जिल्ला इन्चार्ज सार्दुलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गते राप्ती नगरपालिका २ मिलनटोल वस्ने चेपाङ समुदायका बासिन्दाहरु निकुन्ज छेउमा गएको समयमा निकुन्ज प्रशासनले अनाहकमा मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गर्दै उक्त घटनाको छानविन गर्न माग गरेका […]

२०७७ श्रावण ९ गते, शुक्रबार

वीरगञ्जमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं । समुदायमा कोरोना संक्रमण देखिन थालेपछि वीरगञ्ज महानगरमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी हुने भएको छ ।भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको […]

२०७७ श्रावण ९ गते, शुक्रबार

युवतीमाथि एसिड प्रहार गर्ने पक्राउ

काठमाडौं । ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने र प्रहार गर्न लगाउने दुईजना पक्राउ परेका छन् । बिहीबार राति ८ बजेतिरको घटना भएपनि प्रहरीले उनीहरुलाई घटनाको २ घण्टा भित्रै पक्राउ गर्न सफल भएको छ । घरबाट दही किन्न भनेर निस्किएकी कार्की माथि एसिड प्रहार भएको हो । अनुहारमा एसिड परेपछि उनलाई उपचारका लागि […]

२०७७ श्रावण ९ गते, शुक्रबार

विश्वको पहिलो विमान श्रीलंकामा निर्माण भएको दाबी :’रावण’ पहिलो विमानको आविष्कारक !

काठमाडौं । श्रीलंकाको उड्डयन मन्त्रालयले विश्वको पहिलो विमान श्रीलंकामा निर्माण भएको दाबी गरेको छ । श्रीलंकाले पहिलो विमानको आविष्कारक रावण भएको भन्दै अनुसन्धान सुरु गर्न लागेको बताइएको छ । श्रीलंकन सरकारले एक विज्ञापन जारी गर्दै रावणकोबारेमा प्रमाण जुटाउने दस्तावेज सरकारलाई उपलब्ध गराउन आह्वान गरेको छ । विज्ञापनमा रावणले नै पहिलो विमान उडाएको दाबी गर्दै छ […]

२०७७ श्रावण ८ गते, बिहीबार

नेकपाद्वारा सम्पूर्ण राजबन्दीहरुलाई निसर्त रिहा नगरे प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सेती महाकाली ब्युरो इन्चार्ज अाेम प्रकाश पुनसहित विभिन्न जिल्लामा रहेका सम्पूर्ण राजबन्दीहरुलाई सम्मानजनक र निसर्त रिहाइ नगरे अागामी दिनमा निकै ठूलो प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीका सेती महाकाली ब्युरो कार्यालय सचिव छविलालले अाज एक प्रेस विज्ञप्ति जारी गरि यस्तो चेतावनी दिएका हुन् । उनले साउन ६ गते […]

२०७७ श्रावण ८ गते, बिहीबार

नेकपाद्वारा एकीकृत जनक्रान्ति सम्पन्न गरेर पुष्पलालको सपना पूरा गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना एकीकृत जनक्रान्ति सम्पन्न गरेर पूरा गर्ने प्रतिबद्धता जनाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अबसरमा प्रेस बिज्ञप्तिमार्फत सो प्रतिबद्धता जनाएका हुन्। प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले पुष्पलालले २००६ सालमा स्थापना गरेको कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रूपमा […]

२०७७ श्रावण ७ गते, बुधबार

कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ९४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिए ।पछिल्लो २४ घण्टामा २ सय ७ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण […]

२०७७ श्रावण ७ गते, बुधबार

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजबाटै खुल्ने !

काठमाडौं । गए मध्य रातवाट सरकारले लकडाउनको अन्त्य भएको घाेषणा गरेपछि त्रिभुवन विश्वविद्यालयले आज (बुधबार)देखि नै क्याम्पसहरु सञ्चालन हुने बताएको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने बताइएको छ भने नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन […]

२०७७ श्रावण ७ गते, बुधबार

आज मध्यरातबाट ‘लकडाउन’ अन्त्य !

काठमाडौं । कोरोना महामारीका कारण चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिएक हुन् ।मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात […]

२०७७ श्रावण ६ गते, मंगलवार