Main Banner

‘अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खोजिरहेको छ ‘

काठमाडौं ।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खाेजिरहेको ठोकुवा गरेका छन् ।  समाजवादी मोर्चा, नेपालद्वारा शुक्रबार पोखराकाे सभा गृहमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका    हुन् । महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खाेजिरहेको ठोकुवा गर्दै भने -‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रकाे नेपाल सैन्य […]

२०८० भाद्र १६ गते, शनिबार

‘ राष्ट्रिय पुंजीलाई सम्बर्द्धन र संरक्षण गर्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राज्यले राष्ट्रिय पुंजीलाई सम्बर्द्धन र संरक्षण गर्नुपर्ने बताएका छन । उद्योग वाणिज्य संघ पाेखराले शुक्रबार आयाेजना गरेको स्वागत भेटघाट तथा छलफल कार्यक्रममा सम्बाेधन गर्दै उनलेे सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले नेपाली व्यवसायीहरुलाई प्रवर्द्धन नगरेसम्म अर्थतन्त्रको विकास नहुने बताउदै भने -‘ उचित प्रतिस्पर्धात्मक सहयोगात्मक अन्तर्राष्ट्रिय पुजी […]

२०८० भाद्र १६ गते, शनिबार

प्रतिक्रान्ति र साम्राज्यावादीबिरुद्ध लड्न समाजवादी मोर्चा (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले प्रतिक्रान्ति र साम्राज्यावादीबिरुद्ध लड्न समाजवादी मोर्चा गठन भएको बताएका छन्। समाजवादी मोर्चा नेपालद्वारा शुक्रबार कास्कीको पोखरामा सभा गृहमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

२०८० भाद्र १५ गते, शुक्रबार

नेकपाद्वारा एमसीसीविरुद्ध संघर्षको शंखघोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले एमसीसी विरुद्ध चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार विहान पार्टी केन्द्रीय कार्यालय वुद्धनगरमा बसेको स्थायी समितिको वैठकले एमसीसी विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको हो ।जसअनुसार भदौ १९ गते पाल्पा,२०गते रुपन्देही,२१गते नवलपरासी, हेटौडा,नुवाकोट र धादिङमा २३ गते देशभक्त वामपन्थी र एमसीसी परियोजना विरुद्ध रहेका शक्तिहरुसंग अन्तरक्रिया गर्ने कार्याक्रम रहेका […]

२०८० भाद्र १५ गते, शुक्रबार

‘ प्रधानमन्त्री प्रचण्ड एमसिसीविरुद्ध लड्नुहुन्छ भन्ने विश्वास छ’

काडमाडौं ।   नेपाल कम्युनिष्ट पार्टीका महासचिव   विप्लव सीले  प्रधानमन्त्री प्रचण्ड  एमसिसीविरुद्ध     लड्ने  विश्वास व्यक्त गरेका छन्।  समाजवादी मोर्चाले  बिहिबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले  सो कुरा बताएका हुन्।   महासचिव   विप्लव सीले   अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन   जनताको हितमा नरहेको बताउदै  यसको विरुद्धमा प्रधानमन्त्री  प्रचण्ड लड्ने विश्वास व्यक्त  गर्दै भने – ‘एमसिसी जनताको […]

२०८० भाद्र १४ गते, बिहीबार

साम्राज्यवादी हस्तक्षेप कदापी स्वीकार्न सकिदैन (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादी हस्तक्षेप, नियन्त्रण र उपनिवेशवाद स्वीकार गर्न सकिने बताउदै एमसीसीकाे नाममा अमेरिकाले सैन्य मोर्चा खडा गर्न चाहेकोले नेपाल कुनै पनि सैन्य मोर्चामा जान नसक्ने बताएका छन । समाजवादी मोर्चाले बिहीबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले भने,–‘अरु कुरामा […]

२०८० भाद्र १५ गते, शुक्रबार

एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्छ(भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेजको माग गर्दै काठमाडौँमा आयोजना गरेको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले एमसीसी […]

२०८० भाद्र १३ गते, बुधबार

‘एमसीसी कार्यान्वयन गर्न खोजे राष्ट्रिय मुक्ति मोर्चा बनाई प्रतिरोध गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसी जवर्जस्त कार्यान्वयन गर्न खोजे नेपालमा राष्ट्रिय मुक्ति मोर्चाको गठन गरी प्रतिरोध गर्नुपर्ने बताएका छन् ।बुधवार एक सञ्चारमाध्यमसँग कुरा गर्दै प्रवक्ता प्रकाण्डले नेपालमा एमसीसी कार्यान्वयन भए नेपाल, नेपाली नरहने भएकाले त्यस विरुद्ध राष्ट्रिय मुक्ति मोर्चा बनाई प्रतिरोध गर्नु पर्ने बताएका हुन् ।उनले एमसीसीबाट अमेरिकी साम्राज्यवादले नेपाललाई दक्षिण […]

२०८० भाद्र १३ गते, बुधबार

समाजवादी मोर्चाको धनगढी सन्देशसभा स्थगित

काठमाडौं । समाजवादी मोर्चा नेपालको आज धनगढीमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ । आज विहान बालुवाटारमा बसेको मोर्चाको अध्यक्ष मण्डलको बैठकले उक्त कार्यक्रम रोक्ने तर मोर्चा कायम नै रहने सहमति भएको हो । एमसीसी पारित गर्दा भएको ‘व्याख्यात्मक घोषणा’ को विषयमा आजसम्म अमेरिकी सरकार र एमसीसी परियोजनाको कार्यालय मौन बस्नु, जनदबाब बढ्दै गएपछि […]

२०८० भाद्र १३ गते, बुधबार

चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग : भोलि देशब्यापी संयुक्त विरोध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज गर्न जोडदार माग गरेका छन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले आज एक […]

२०८० भाद्र १२ गते, मंगलवार