Main Banner

यौन दुर्व्यवहार गर्ने शिक्षक छविरमण गौतमलाई कारबाही गर

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले काभ्रेपलान्चोक पनौती न. पा. २ स्थित कुशादेवी माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउने स्थाई शिक्षक छविरमण गौतमले सोही विद्यालय कक्षा दशमा अध्ययनरत छात्राहरु माथी यौन दुर्व्यवहार गरेको घटनाप्रति घोर निन्दा एवं भत्सना गर्दै दोषी शिक्षकलाई कडा कारबाही गर्न आग्रह गरेको छ । साथै सो संगठनले अन्यथा दोषी शिक्षकलाई कार्वाही गर्नुको […]

२०८० श्रावण १७ गते, बुधबार

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन्। क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ। एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै […]

२०८० श्रावण १६ गते, मंगलवार

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडाैँ । संवैधानिक परिषद्को बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बताइएको छ । बैठकले नयाँ प्रधानन्यायाधिश नियुक्तीको सिफारिस गने बताईएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले […]

२०८० श्रावण १६ गते, मंगलवार

कर्णाली क्षेत्रको मुक्तिका लागि संघर्ष जरुरी

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीसहित चार दलिय समाजवादी मोर्चाले कर्णाली क्षेत्रको मुक्तिका लागि संघर्ष जरुरी भएको बताएको छ। कर्णाली मुक्ति मोर्चाद्वारा सोमबार आयोजित “वर्तमान राजनितिक संकट,समाजवादी माेर्चा र कर्णालीकाे भुमिका बिषयक” अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने अगुवाहरूले सो धारणा व्यक्त गरेका हुन् । उनीहरुले देशमा विद्यमान संकटको निकास र कम्युनिस्ट / वामपन्थीहरुको एकतामा योगदान गर्नुपर्नेमा जोड […]

२०८० श्रावण १६ गते, मंगलवार

‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रम सम्पन्न

काठमाडाैँ । समाजवादी मोर्चा नेपाल सम्बद्ध विद्यार्थी संगठनहरुको आयोजनामा ”समाजवाद र समाजवादी शिक्षाका आधार विषयक बृहत कार्यक्रम ललितपुर स्थित हिमालय इन्जिनियरिङ कलेज च्यासलमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , विशिष्ठ अतिथि पुर्व प्रधानमन्त्री तथा नेकपा ( एकीकृत समाजवादी ) अध्यक्ष माधव कुमार नेपाल , विशिष्ट अतिथि जसपा अध्यक्ष उपेन्द्र यादव […]

२०८० श्रावण १५ गते, सोमबार

राष्ट्र र जनताप्रतिको जिम्मेवारी पुरा गर

यतिबेला राष्ट्र र जनता इतिहासकै संकटग्रस्त अवस्थामा पुगेका छन् । तर, सत्तासीन, प्रतिपक्ष र सत्ताबाहिर रहेका संसद्वादी दल र नेताहरुलाई यसतर्फ कुनै चिन्ता र चासो रहेको देखिँदैन । देशमा महँगी, कालोबजारी, कमिशन, अनियमितता र भ्रष्टाचारले सीमा नाघेको छ । यस विषयमा कुनै पनि संसद्वादी दल र नेताको ध्यान पुग्न सकेको देखिँदैन । बरु उनीहरु कसरी […]

२०८० श्रावण १४ गते, आईतवार

नेकपामा प्रवेश गर्नेको ओइरो

काठमाडाैँ । विभिन्न पार्टी परित्याग गरि सयौ जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार नेकपा रुपन्देहीको आयोजनामा सम्पन्न ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रबाट विभिन्न व्यक्तिहरुले पार्टी प्रवेश गरेका हुन् । योगिकुटीको दरबारलनमा सम्पन्न कार्यक्रममा रुपन्देहीका देबदह ओमसतिया, रोहिणी, सिनपा, बुटवल, सियारी, सैनामैना, कन्चन लगायतका क्षेत्रबाट पार्टी प्रवेश गरेका छन् ।सो […]

२०८० श्रावण १४ गते, आईतवार

एकीकृत जनक्रान्ति पुरा गर्न अन्तराष्ट्रिय विभागको काँधमा ऎतिहासिक जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एबम अन्तर्राष्ट्रिय विभागका इन्चार्ज प्रकाण्ड सी ले एकीकृत जनक्रान्ति पुरा गर्न अन्तराष्ट्रिय विभागको काँधमा ऎतिहासिक जिम्मेवारी भएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा शनिबार बिहान बसेको बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सी ले अन्तर्राष्ट्रिय विभाग पार्टीको महत्वपूर्ण बिभाग भएको उल्लेख […]

२०८० श्रावण १३ गते, शनिबार

समाजवादी मोर्चा नेपालसम्बद्ध विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेट

काठमाडौं। समाजवादी मोर्चा नेपालसम्बद्ध समाजवादी विद्यार्थी मोर्चा नेपालका विद्यार्थी नेताहरूले शनिबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा नेकपा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, नेकपा एस निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवको सहभागिता रहेको थियो । भेटमा मुख्य […]

२०८० श्रावण १३ गते, शनिबार

कान्ति बाल अस्पताललाई ३० लाख क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले कान्ति बाल अस्पताललाई ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ । अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको मुद्दामा रु ३० लाख क्षतिपूर्ति दिन सर्वोच्चले आदेश दिएको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा उक्त क्षतिपूर्ति […]

२०८० श्रावण १२ गते, शुक्रबार